खानपान

स्वास्थ्यको लागि पिप्पली खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पीप्पलीलाई (Long Pepper) भन्दछन् । यसको फाइदाबारे अधिकांशलाई थाहा नहुन सक्छ । आज मैले यसका फाइदाहरु र बेफाइदाहरुबारे प्रकाश पार्नेछु । हाम्रो बारमा यो लहराको रूपमा फलेको हुन्छ । कतिपयले यसलाई प्रयोग गरेका हुन सक्छन् । स्वादमा मरौठी टाइपको परपराउने हुन्छ ।

पिप्पलीका थुप्रै फाइदाहरू छन् । यदि हामीले यसलाई सहि तरिकाले प्रयोग गर्न सकेमा राम्रो फाइदा उठाउन सकिनेछ । पिप्पली जडिबुटी अन्तर्गत पर्दछ । यो नेपालमा प्रशस्त पाइने जडिबुटीमध्ये एक हो । यसलाई लेटिनमा Piper Longum, Linn भन्दछन् ।

स्वास्थ्यको लागि पिप्पली खानुका फाइदाहरु

१. पिप्पलीको प्रयोगबाट शरिरमा भएको फैटी एसिड हटाएर मोटोपना कम गराउन राम्रो भुमिका खेल्दछ । मोटोपनाबाट आफुलाई बचाउन चाहना भएमा पिप्पलीलाई महसंग मिलाएर नियमित सेवन गर्नु पर्दछ ।

२. पिप्पलीको उपयोग दैनिक गर्नाले रूघाखोकी र ज्वरो निको हुन्छ । यस्ता समस्या देखिएमा पिप्पली प्रयोग गरेर लाभ उठाउन सक्नु हुनेछ ।

३. पिप्पलीको प्रयोग मधुमेहमा गर्नाले रगतमा ग्लुकोजको मात्रा कम गराउन राम्रो भुमिका खेल्दछ ।

४. सानो पिप्पलीको सेवन गर्नाले दमको रोगमा समेत राम्रो फाइदा गर्दछ । दमको रोगको औषधिको रूपमा नभई पूरकको रूपमा यसलाई प्रयोग गरिन्छ ।

५. पिप्पलीको चूर्को प्रयोगले सामान्य ज्वरो रूघाको समस्या देखिएमा राम्रो फाइदा गर्दछ । पिप्पली हमेसा महसंग लिनाले राम्रो फाइदा गर्दछ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

गाईको दूधको महत्व र फाइदाहरु

स्वास्थ्यको लागि इमली खानुका फाइदाहरु

ताजा र हरियो सागसब्जी खानुका फाइदाहरु

यस्ता छन् भट्मास खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!