आयुर्वेदघरेलु उपचार

यस्तो छ दादको अनुभुत उपचार, जानी राखौ

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

दाद (Ringworm) कुनै ब्याक्टेरियाको कारणबाट आउँदैन, यो त ढुसी (Fungus) को सङ्क्रमणबाट आउने रोग हो । छालाको दाद (Tinea Corporis) सामान्यतया Trichophyton Rubrum नामक फङ्गसको सङ्क्रमणको कारणबाट आउने गर्दछ, जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ ।

नेपालमा दादको प्रकोप तीब्र रूपमा फैलिएको छ । दादको उपचारमा प्रयोग हुने अधिकांश औषधीले केही दिन काम गरेपनि पछि पुन: शुरू हुने गरेको छ । आजको लेखमा हामीले दादको सटिक उपचार गर्ने तरिकाबारे प्रकाश पार्ने जमर्को गर्दैछौं ।

प्रकृतिले हामीलाई अनेकौं चमत्कारिक औषधि दिएको छ तर हामीले प्रयोग गर्न सकिरहेका छैनौ । आज बजारमा पाइने कतिपय रसायनिक औषधीले शरीरको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउदै गएको छ । सामान्य उपचार गर्दा गर्दै शरीर कमजोर बनाइदिन्छ र पछि झन्-झन् शक्तिशाली औषधीको प्रयोग गर्नुपर्ने हुन्छ ।

औषधि गर्दा गर्दा थाकी सक्नुभएको छ भने आज मैले अनौठो खालको औषधिको बारेमा पाठकलाई बताउनेछु । यस्ता औषधि प्राय: हामीले गरेका हुदैनौ या यस्ता औषधि बारे अरूलाई बताउन चाहदैनौं । यदि हामीले यस्ता औषधि प्रयोग गरेर लाभ उठाएका छौं भने अरूलाई पनि सेयर गरेर फाइदा उठाउन हामी आग्रह गर्दछौं । सक्दो सेयर गर्न आग्रह गर्दछौं ।

दादको सटिक औषधि यस्तो छ जानौं

१. दादको एरियामा दैनिक गौमूत्र दलि दिनुस क्रमश: यो रोग सदाका लागि समाप्त हुन्छ ।

२. Bacillinum २०० CH हप्तामा एक पटक र ४ हप्तासम्म सेवन गर्ने । पुन: १ महिनापछि १ पटक ४ महिनासम्म खान दिने ।

नोट : हामीले दादका हजारौं रोगी यो बिधिबाट निको बनाउन सफल भएका छौ । दाद Kaposi’s Sarcoma Cancer पनि हुन सक्छ । दादको रोगलाई सामान्य रूपमा हेर्नु हुदैन । कुनैपनि औषधि उपचारबाट ठिक नभए डाक्टरको परामर्शमा उपचार गराउनु हुन हाम्रो अनुरोध छ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

आयुर्वेदिक जडिबुटीबाट रोगको उपचार

गाजा र भाङबाट गरिने आयुर्वेदिक उपचार

टाइफाइड रोगको हर्बल र आयुर्वेदिक उपचार

जस्तोसुकै रक्तस्राप रोक्ने रामबाण होम्योपैथीक औषधि

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!