मुख्य समाचार

भोजपुर बजारमा भीषण आगलागी

मंसिर ५, २०७३। भोजपुर बजारमा भीषण आगलागी ! बेलुकी ४: ४५ बजे स्थानीय थिरकुमार पोर्तेलको घरमा विजुली सर्ट भएर सुरु भएको आगलागी अरु घरहरुमा फैलिएको थियो । भोजपुर-१ का सासद तथा पुर्ब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाका अनुसार २० घर जलेर पुरै खरानी भएका छन भने २० घरलाई डोजर लगाएर लडाई क्षति न्युनीकरण गरिएको छ ।

मानविय क्षती नभएपनि पशु चौपाया, सुन पसल, व्यापारिक लत्ताकपडा ,अन्नपात लगायत करोडौंको धनमाल जलेर नष्ट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । एक्कासी फैलिएको आगो प्रहरी, सेना, सशस्त्र प्रहरी, स्थानीयले मिलेर २ घण्टामा नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणका लागि दमकल र डोजर प्रयोग गरिएको थियो ।

खाना पकाउने सिलिन्डर ग्यास, आगजनीका सामाग्रीले गर्दा आगो निभाउन हम्मेहम्मे परेको थियो । आगलागीले गर्दा बजारबासी आतकिंत बनेर भागदौड मच्चिएको थियो । प्रहरीले रात परि सकेकाले विस्तृत जानकारी भोली बिहान आउने जनाएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!