सूचना प्रविधि

नयाँ स्मार्टफोन किन्दा ध्यान दिनुपर्ने कुराहरु

आजकल बजारमा धेरै ब्राण्ड, फिचर र मूल्यका स्मार्टफोनहरु पाइन्छन् । प्रत्येक महिना दर्जनौ नयाँ मोडलका स्मार्टफोनहरु आइरहेका छन । मानिसहरु पनि आफ्ना आवश्यक्ता अनुसार नयाँ विशेषताका उत्कृष्ट फोनहरु बोक्न लालगित भएका देखिन्छन । त्यसमा ब्राण्ड तथा फिचर अनुसार फरक-फरक किसिमको मूल्य पर्दछ ।

यदि तपाई पनि स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ भने अपरेटिंग सिस्टम, स्टोरेज तथा र्याम, सेक्योरिटी फिचर्स, अडियो वा स्पीकर फिचर, हेडफोन ज्याक वा युएसबी पोर्टको प्रकार हेरेर मात्र किन्नुहोला । स्मार्टफोनको बारेमा राम्ररी नबुझी किनेर पछि चाडै बिग्रेर पछुताउनु पर्ला । कहिलेकहि अरुको लहैलहैमा लागेर वा नबुझेर पनि स्मार्टफोन किन्दा ठगिन सक्नुहुन्छ । त्यसैले नयाँ स्मार्टफोन किन्दा ध्यान दिनुपर्ने अत्यावश्यक कुराहरु निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस्

आइटी. पार्क र यसको अवस्था अन्योल

विद्युतीय शासन।ई-गभर्नेन्स (E-Governance) भनेको के हो ?

विद्युतीय गाउँ/ई-भिलेज (E-Village) भनेको के हो  ?

स्मार्ट स्कूल (Smart School) भनेको के हो ?

अनलाइन कारोवार (OnlineTtransaction) भनेको के हो ?

१. स्मार्टफोनको विशेषताहरु

तपाईले चाहेको फोनका विशेषता र क्षमताका बारेमा जानकार हुँनुहुन्छ भने नचाहेका वा आवश्यक नपरेका विशेषताका लागि ठूलो रकम खरिद गरिरहनु पर्दैन ।

२. स्मार्टफोनको गुणस्तर

प्रायजसो स्मार्टफोनमा धातु वा प्लास्टिकको बडी हुने गर्दछ । साथै फोनमा काँचले ढाकिएको प्यानल पनि हुन्छ । त्यसैले यदि तपाई हातबाट झारेर धेरै मोबाइल फुटाउने समस्या छ भने स्क्रिनमा गोरिल्ला ग्लास प्रोटेक्सन भएको किन्नु धेरै राम्रो हुन्छ । यो किसिमको स्मार्टफोन निकै बलियो हुन्छ ।

३. स्मार्टफोनको डिजाइन

बाजारमा थरी-थरीका डिजाइनमा फोनहरु आएका छन् । तपाई त्यस्तो डिजाइन छान्नुस् जुन तपाईको व्यक्तिगत स्टाइललाई समेत सुहाउँदिलो होस् । योसँग तपाईँले आफ्ना महत्वपूर्ण क्षणहरु विताउँनुहुने भएकाले डिजाइनमा पनि विशेष ध्यान दिनुस् ।

४. स्मार्टफोनको डिस्प्ले

स्मार्टफोन किन्दा दोस्रो ध्यान दिनुपर्ने कुरा भनेको स्मार्टफोनको डिस्प्ले हो । यदि तपाईले सामान्य खालको फोन किन्दै हुनुहुन्छ भने बजारमा अहिले आएको फुल एचडी डिस्प्ले राम्रो हुन्छ । विचार गर्नुस् डिस्प्ले समेत फोनको लुक्कलाई उत्कृष्ट बनाउछ ।

Like & Follow us on Facebook

५. स्मार्टफोनको प्रोसेसर

स्मार्टफोन किन्दा ध्यान दिनुपर्ने तेस्रो कुरा भनेको प्रोसेसर हो । किनभने प्रोसेरको सम्बन्ध एप्सको प्रोसेसिंग स्पीडसँग रहेको हुन्छ । यदि तपाई धेरै मोबाइल फोन चलाउनुहुन्छ भने कम्तीमा स्नापड्रागन ६५२ देखि ८२०वा २१ सम्म किन्दा राम्रो हुन्छ ।

६. स्मार्टफोनको क्यामरा

अहिले युवा-युवतीहरुले मोबाइलफोन किन्दा धेरै ध्यान दिने कुरा भनेको क्यामरा हो । त्यसैले अहिले डब्बल क्यामरा भएको मोबाइल सामान्य जस्तै भएकाले ट्रिपल क्यामरा सेटअप भएको मोबाइल फोन पनि आउन थालेका छन् । त्यसैले ती क्यामराहरुको फिचरको बारेमा राम्ररी बुझेर मात्र किन्नुहोला ।

७. स्मार्टफोनको ब्याट्री

अहिले युवायुवती धेरै सामाजिक सञ्जालमा झुण्डिने भएकाले सबैलाई ब्याट्रीको खपत हुने मोबाइल फोन आवश्यक परेको छ । त्यसैले यदि तपाई धेरै मोबाइल फोन चलाउनुहुन्छ भने ३००० देखि ३५००मिलि मिलि एम्पियर आवर क्षमताको ब्याट्री किन्नुहोस् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!