सूचना प्रविधि

मोबाइलको ब्याट्रीको चार्ज धेरै समयसम्म टिकाउन अपनाउँनुस् यी उपायहरु

मोबाइलको ब्याट्रीको चार्ज धेरै समयसम्म टिकाउन अपनाउँनुस् यी उपायहरु ! मोबाइलमा धेरै समय ब्याट्री नटिकेर हैरानु हुनु भएकै होला ।धेरै जसो स्मार्टफोनको प्रयोगकर्ताहरु ब्याट्री नटिक्ने समस्याले गर्दा हैरानीमा हुन्छन ।  आजकल मोबाईलमा घडि, क्यामरा, रेडियो, एफएम, क्याल्कुलेटर लगायतका कामहरु हुन्छ । तपाईले चलाउनुभएको मोबाइलमा यी कुरा ध्यान दिनुभयो भने मोबाईलको ब्याट्री धेरै समयसम्म टिकाउन सकिन्छ ।

मितब्यीतता हुनुहोस्

सकेसम्म मोबाइलमा छोटो कुराकानी गर्नुहोस् । यो तरिका तपाईको मोबाइलको ब्याट्रिको आयु स्वास्थ्यका लागि मात्र होइन तपाईको स्वास्थ्यलाई पनि लाभदायक हुन्छ । मोबाइलमा ब्याट्री कम छ र छिटै चार्ज गर्ने सम्भाबना छैन भने म्युजिक प्लेयर, क्यामरा, इन्टरनेट जस्ता अनावश्यक फिचर नचलाउने ।

फेसबुकको  नोटिफिकेशन तथा अरु नोटिफिकेशन बन्द  गर्दा पनि  केही मात्रामा ब्याट्री बचत हुन्छ । व्याकग्राउण्डमा चलिरहेका अनावश्यक एप्सलाई हटाउदा वा बन्द गर्दा पनि ब्याट्री लामो समय सम्म टिक्छ ।  काम सकिएपछि वाइफाइ, ब्लुटुथ, थ्रि जी, जिपिआरएस लगायत एप्लिकेशन बन्द गर्ने ।

) रातभर चार्जिङ नगर्नुहोस

दिनभरी मोबाईल चलाइन्छ । ब्यस्त जिन्दगी भोली विहानै कतै दौडनु पर्ने हुनसक्छ । त्यसैले हामी धेरैले राती सुत्नेबेलामा मोबाईल चार्जमा राखेर सुत्छौ । रातभरी चार्जमा छाड्दिन्छौ । तपाईको यस्तो बानी छ भने आजैबाट छाड्दिनुहोस् । यसले ब्याट्री सबैभन्दा चाँडै बिगार्छ । यसो गर्दा शक्ति निरन्तर ब्याट्रीमा जान्छ र आयु कम हुन्छ जसले गर्दा ब्याट्री नटिक्ने समस्या देखा पर्छ ।

) जिपिएस लगातार अन नगर्नुस

ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) लगातार अन गरेर राख्दा ब्याट्री निकै तातो हुने गर्छ । लगातार अनलाइन रहिरहँदा ब्याट्री डिस्चार्ज हुने गर्छ । यी दुई कारणले ब्याट्रीमा नराम्रो असर पर्छ ।

) धेरै भाइब्रेसन मोडमा नराख्नुस

धेरै जसोले मोबाइल लाई साइलेन्समा राख्नका लागि भाइब्रेसन मोडमा लैजान्छन् । लगातार भाइब्रेसनमा राखेर चलाइने फोनको ब्याट्री चाँडै डिस्चार्ज हुने गर्छ ।  भाइब्रेटरलाई अफ गर्दा र रिङको भोलुम सुन्न सकिने गरी सानो बनाउँदा पनि केही हदसम्म ब्याट्री जोगिन्छ । यदी फोन उठाउनु नपर्ने अवस्था जस्तो सुत्दा, मिटिङमा, गाडीमा रहँदा, फिल्म फोन अफ गर्न वा भाइब्रेटर अफ गरेर राख्नुहोस । ब्याट्रीको आयु कम हुने एक प्रमुख कारण यो पनि हो  ।

५) मोबाइलमा ब्राइटनेस कम गर्नुहोस

मोबाइलमा ब्राइटनेस कम गर्नुहोस र चाहिएको बेला मात्र बढाउनुहोस । यस्तै मोबाइलको डिस्प्ले ब्याकलाइटलाई कम समयको बनाउने जस्तै ५ देखि १० सेकेन्ड । यसले गर्दा मोबाइलको स्क्रिन नचलेका बेला आँफै चाँडै निभ्छ र ब्याट्री बचाउँछ ।

६) पटकपटक चार्जिङ नगर्नुहोस

हामी धेरैको मोबाईल लत भैसकेको छ । लोड्सेडिङको समस्या भनेको बेलामा चार्ज गर्न नपाइने होकी भन्ने चिन्ताले थोरै चार्ज कम हुने बित्तिकै चार्जमा हाल्छौ । यदि तपाईले पनि यस्तो गर्ने गर्नु भएको छ भने सावधान हुनुहोस् । पटक–पटक यस्तो गर्दा ब्याट्री बिग्रदै जान्छ र आयु कम हुन्छ ।

७) लाइभ वालपेपर  बन्द गर्नुहोस्

तपाईले यदि आफ्नो मोबाइलमा लाइभ वालपेपर  राख्नु भएको छ भने त्यसलाई बन्द गर्नुहोस् । लाइभ वालपेपर राम्रो त हुन्छ तर यसले पनि मोबाइलको धेरै ब्याट्री खान्छ ।  सकेसम्म कालो वालपेपर राखे राम्रो, किनकी यसले मोबाइलको कम पिक्सेल प्रयोग गर्ने भएकोले ब्याट्री पनि धेरै खर्च हुँदैन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!