खानपानहेल्थ टिप्स

कुरिलो खानुका फाइदाहरु

कुरिलो एक बहुवर्षीय तरकारी बाली हो । कुरिलो स्वास्थ्यका लागि निकै उपयोगी चिज हो । यो नेपालमा सजिलै उत्पादन गर्न सकिने जडिबुटी पनि हो । यसको सेवनले शरीरलाई निकै फाइदाजनक हुन्छ । कुरिलोको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीसंग सेवन गर्नाले पुरुषहरुको बिर्य बढाउँछ ।आयुर्वेदमा यसलाई बुध्दिबर्धक, अग्नीबर्धक, बात, पित्त, शोक अनि शुक्र दुर्वलता निवारक मानिन्छ ।

खास गरी यसको जरालाई विभिन्न रोगहरुमा अत्यन्त लाभकारी औषधी को रूपमा प्रयोग गरिन्छ । स्त्रीहरुको रक्त प्रदर, स्वेतप्रदर तथा महिनावारी गडबडी र स्तनजन्य रोग र स्त्री पुरुष दुबैमा यौन दुर्बलता हटाउन यसको जरा सुकाएर बनाएको चुर्ण प्रत्येक दिन दुधसंग सेवन गर्नाले अप्रत्यासित लाभ हुन्छ । यसको कलिलो मुन्टा तरकारीको रूपमा खाइन्छ ।

कुरिलोलाई तरकारी बनाएर तथा यसको सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन, प्रोटीनका साथै बिभिन्न पौष्टिक तत्व पाइन्छ । यसलाई विभिन्न रोगहरुमा अत्यन्त लाभकारी औषधीको रूपमा प्रयोग गरिन्छ । कुरिलोको नियमित सेवनले क्यान्सर रोग लाग्नबाट बचाउँछ साथै क्यान्सर रोगीका लागि फाइदाजनक हुन्छ ।

यो पनि पढ्नुहोस्

गुन्द्रुक खानुका फाइदाहरु

फर्सीको मुन्टा खानुका फाइदाहरू

हरियो खुर्सानी खानुका फाइदाहरू

भेण्टा खानुका फाइदाहरू

गोलभेडाका फाइदाहरू

चना र यसका फाइदाहरू

गहुको जमरा र यसको सेवनका फाइदाहरू

अङ्कुरित गेडागुडी खाँदा स्वास्थ्यमा हुने फाइदाहरू

फाइदाहरु

१. पुरुषहरुको बिर्य बढाउँछ

कुरिलो स्वास्थ्यका लागि निकै उपयोगी चिज हो । यसको सेवनले शरीरलाई निकै फाइदाजनक हुन्छ । कुरिलोको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीसंग सेवन गर्नाले पुरुषहरुको बिर्य बढाउँछ ।

२. स्त्री रोगमा

यसको सेवनले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, महिलाहरुको स्तनमा दुधको मात्रा बढाउने, दुर्बलता हटाउन, स्वेतप्रदर तथा महिनावारी गडबडीमा उपयोगी हुन्छ ।

३. प्रशस्त पौष्टिक तत्व

कुरिलोलाई तरकारी बनाएर तथा यसको सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन, प्रोटीनका साथै बिभिन्न पौष्टिक तत्व पाइन्छ ।

Like & Follow us on Facebook

४. विभिन्न रोगहरुमा लाभकारी

यसलाई विभिन्न रोगहरुमा अत्यन्त लाभकारी औषधीको रूपमा प्रयोग गरिन्छ ।

५. क्यान्सर रोग लाग्नबाट बचाउँछ

कुरिलोको नियमित सेवनले क्यान्सर रोग लाग्नबाट बचाउँछ साथै क्यान्सर रोगीका लागि फाइदाजनक हुन्छ ।

६. शरीर दुखेमा

कुरिलोलाई तरकारी बनाएर तथा यसको सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ ।

७. पेटको रोगमा

कुरिलाका जरा जडिबुटि औषधिका लागि धेरै रोग निको पार्न बहुउपयोगी मानिन्छ । यसले मानिसको पेटको जुका, चुर्ना परेकोमा, आँउ (रगतमासी) हुदाँ, पेट दुख्ने अनि ढाडिने भएमा तत्कालै सन्चो गर्दछ ।

८. विभिन्न रोगमा

पेटमा बायो हुदा, रुघाखोकीले घाटी समातेमा,ज्वरो आएमा, पखाला भएको महिलालाई र गाई भैसिको घर फर्कने (भण्डार, पाठेघर निस्कने) भएमा कुरिलो अति हितकारी हुुने भएकाले उपयोगी हुन्छ । यसको सेवन गर्नु लाभदायक हुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!