खानपान

भुटेको मकै खानुका फाइदाहरु

भुटेको मकै गाउँघरतिर खाने सजिलो र सहज खाजा हो । गाउँघरतिर भुटेको मकै खाने निकै प्रचलन छ । अहिले शहरियाको जिब्रो पनि भुटेको मकैमा लोभिएको छ । भुटेको मकै स्वादिष्ट त हुन्छ नै स्वास्थ्यमा पनि विशेष फाइदा गर्छ । दात हुनेको लागि भुटेको मकै खानु सजिलो हुन्छ तर वृद्ध बुढाबुढीहरुले भने भुटेको मकै पिसेर सातुको रुपमा खाने गर्दछन ।

फिल्म हल वा रेष्टुराँमा खाइने पपकर्न पनि भुटेको मकै नै हो । तर, गाउँघरको रैथाने मकै र फिल्म हलमा खाइने पपकर्न केहि भिन्न छन् । बाहिरको पपकर्न भन्दा घरमै भुटेको मकै स्वस्थकर हुने विशेषज्ञहरु बताउँछन् । मकैमा धेरै तेल वा घिउ प्रयोग गर्न नहुने उनीहरुको सल्लाह छ । मकैमा लसुन र मरिचको धुलो हालेर खाँदा मुटु बलियो हुने पनि विशेषज्ञहरुको राय छ ।

यो पनि पढ्नुहोस् 

क्यान्सर रोकथाममा मकै

मकैको खोयावाट घरेलु दन्त मंजन बनाउने तरिका  

दाँत र मानव स्वास्थ्यको सम्वन्ध

गर्मी मौसममा के खाने ?

मकै भरपुर पौष्टिकतत्व भएको र स्वास्थ्यका लागि अति नै फाइदाकारी हामीले खाँदै आएको खाद्यान्न हो । मकैले हाम्रो कपाल र छालालाई पनि धेरै फाईदा पुर्‍याउँछ । मकैमा विशेषगरी भिटामिन, खनिज र फाइबर पाइन्छ । भुटेको मकै खानु स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । भुटेको मकै खानुका फाइदाहरु निम्न अनुसार छन् ।

फाइदाहरु

१. पाचन प्रणाली राम्रो बनाउछ

भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ । यसले पाचन प्रणालीमा सुधार गर्छ । भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको कहिल्यै समस्या हुदैन् ।

२. हड्डीलाई मजबुत बनाउँछ

भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रर्याप्त हुने भएकोले शरिरमा हड्डीलाई मजबुत बनाउँछ । भविष्यमा ओस्टेपोरोसिस, एथ्रिटिस र ओयस्ट्रोआथ्रिसिसबाट पनि यसले बचाउँछ ।

३. धेरै पोषकतत्व पाईन्छ

भुटेको मकैमा धेरै मात्रामा फाइबर, पोलिफेनोलिक कम्पाउन्ड, एन्टिअक्सिडेन्ट, भिटामिन बी कम्प्लेक्स, म्यागनिज र म्यागनेसियम जस्ता प्रभावशाली तत्वहरु पाइन्छन् ।

४. क्यान्सरबाट बचाउँछ

भुटेको मकैमा धेरै मात्रामा पोलिफेनोलिक यौगिक हुन्छ जुन सबेभन्दा शक्तिशाली एन्टिअक्सिडेन्ट हो । यसको शरीरमा निकै आवश्यकता पर्छ । एन्टिअक्सिडेन्टले क्यान्सर पैदा गर्ने फ्रि रेडिकल्सबाट मुक्ति दिलाउँछ ।

५. शरिरमा रगतको सन्तुलन राख्छ

यसमा आईरन, भिटामिन बी १२, फोलिक एसिडको मात्र प्रर्याप्त हुन्छ । यसले शरिरमा रगत अभावको समस्याबाट जोगाई कम्जोरी हुनबाट बचाउँछ ।

६. रक्तचाप नियन्त्रण गर्छ

भुटेको मकैमा भिटामिन सी, केरोटिनाईड, बायोफ््लेविनाईड हुन्छ जसले रक्त प्रबाहलाई तीब्र बनार्ई रक्तचाप नियन्त्रण गर्छ ।

७. बुढ्यौली रोक्छ

भुटेको मकै खानाले बुढेसकाल लागेसँग अनुहारमा आउने चाउरी, अन्धोपन, मांशपेशीहरुको कमजोरी, कपाल झर्ने समस्या आदि सबै दुर हुन्छन् । यसले स्वास्थ राख्छ ।

Like & Follow us on Facebook

८. कोलस्ट्रोल कम गर्छ

भुटेको मकैमा प्रशस्त फाइबर हुन्छ जसले अत्यधिक कोलस्ट्रोललाई घटाएर रगतका धमनीहरुलाई फराकिलो बनाउँछ । यसबाट हार्ट अट्याकको सम्भावना कम हुन्छ ।

९. पिसाव र मृगौला रोगमा उपयोगी हुन्छ

भुटेको मकैलाई तातो पानीमा केही बेर उमाल्नुहोस । यस पानीलाई छानेर मिश्रि मिसाएर खाँदा पिसाब पोलेको वा मृगौला कम्जोरीको समस्या समाधान हुन्छ ।

१०. शरिरलाई उर्जा दिन्छ

भुटेको मकैमा कार्बोाइड्रेडको मात्र पर्याप्त हुने भएकोले यसले शरिरलाई पर्याप्त उर्जा दिन्छ ।

११. दाँतको मजबुत बनाउछ

भुटेको मकै खाँदा दाँतको व्यायायम गराउँछ । मकै खादा दात सफा गर्ने र बलियो बनाउछ ।

१२. मोटोपना घटाउँछ

भुटेको मकैमा केवल ३० क्यालोरी मात्रै प्राप्त हुन्छ जुन आलूको चिप्सको समान मात्राभन्दा लगभग ५ गुणा कम हो । यसभित्र रहने तेल पनि शरीरका लागि फाइदाजनक हुन्छ ।

१३. आइरनको मात्रा प्रचुर हुन्छ

एक वयस्क पुरुषलाई प्रतिदिन ८ एमजी आइरन र वयस्क महिलालाई प्रतिदिन १९ एमजी आइरनको आवश्यकता पर्छ । २८ ग्राम पप कर्नमा लगभग ०.९ मिलीग्राम आइरनको मात्रा हुन्छ । भुटेको मकै पर्याप्त खाने हो भने आइरनको गोली खाइरहनु पर्दैन ।

१४. मधुमेहका रोगीलाई लाभकारी हुन्छ

भुटेको मकैमा फाइबर हुन्छ जसले शरीरभित्र ब्लड सुगरमा राम्रो प्रभाव पार्छ । जब शरीरमा पर्याप्त फाइबर हुन्छ, यसले ब्लड सुगर र इन्सुलिनको स्तरलाई नियमित गर्छ । त्यसैले मधुमेहका रोगीहरुलाई भुटेको मकै खाने सल्लाह दिइन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!