ज्योतिषशास्त्र

घरमा यी ४ चिजहरु भुलेर पनि नराख्नुस्, हुन्छ अशुभ

ज्योतिष शास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । अकास्मात हातबाट केही कुरा खस्नुलाई ज्योतिष शास्त्रमा शुभ वा अशुभ लिने गरिन्छ ।

यो पनि पढ्नुहोस् 

ज्योतिषशास्त्रमा राशी भनेको के हो ?

घरमा यी ५ चिजहरु पोखिनुलाई अशुभ मानिन्छ

ज्योतिषशास्त्रका अनुसार कुन राशीको यौन व्यबहार कस्तो हुन्छ ?

ज्योतिषशास्त्र अनुसार मानिसको शरीरका कुन अंग फरफराए के फल ?

श्रीमानको भाग्य चम्काउने युवतीका लक्षणहरु

गालाको रंगबाट थाहा हुन्छ स्त्रीको चरित्र

हामी सबैको चाहना आफ्नो घरमा सुख, शान्ति र धन सम्पत्ती आर्जन होस् भन्ने हुन्छ । त्यसका लागि हामी हाम्रो घरमा धनकी देवी लक्ष्मीको पूजा गर्ने र अन्य देवी-देवताको तस्विरहरु टाँस्ने गर्दछौ । त्यसका साथै जीवनमा सकेसम्म मिहेनत गर्दछौ । तर पनि हामीले परिश्रम गरे अनुसारको फल पाउदैनौ । यसको मुख्य कारण घरमा यस्ता केही नकरात्मक असर पर्ने वस्तुहरु राखेर यस्तो भएको ज्योतिशीशास्त्रीहरु बताउछन् । त्यसैले हामीले यी चिजहरु आफ्नो घरमा देखेमा तुरुन्तै फाल्नुपर्छ । घरमा यी ४ चिजहरु भुलेर पनि नराख्नुस्, अशुभ हुन्छ ।

१. पहिलो चिज भनेको घरमा फुटेको सिसा राख्नु धेरै अशुभ मानिन्छ किनभने यसले घरमा लक्ष्मीको प्रवेश गर्न नदिने र नकरात्मक उर्जा पैदा गर्छ । त्यसैले तुरुन्तै बाहिर लगेर फ्याक्नुस् ।

२. दोस्रो चिज घरमा बिग्रिएको घडी छ भने यसलाई भुलेर पनि नराख्नुस् । यो पनि धार्मिक आस्था अनुसार अशुभ हो ।

Like & Follow us on Facebook

३. तेस्रो चिज घरमा बिग्रिएको र भाँचिएको खाट वा काठको टुक्राहरु राख्नु पनि अशुभ नै हो । यदि यस्तो चिजहरु तपाईको घरमा राखेमा परिवारमा अशान्ति छाउने, आर्थिक समस्या आइपर्ने हुन्छ । त्यसैले विचार गर्नुस् ।

४. चौथो चिज यदि तपाईको घरमा फुटेका तस्विर फ्रेमहरु रहेको छ भने यो पनि अशुभ हो किनभने अहिले पनि हाम्रो समाजमा वा घरमा फुटेको ऐना हेर्नु राम्रो मानिदैन् । यदि तपाईले आफ्नो घरमा यस्तो चिजहरु देखेमा कि मर्मत गर्नुस् । नभए फ्याक्नुपर्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!