धर्म-सस्कृति

ॐ शान्ति

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

लामो स्वरमा ॐ को जाप गर्नुस् । यसले हजुरको अन्तर हृदयमा अनौठो खालको शक्ति पैदा गराउदछ । मनमा अशान्ति छ हजुर शान्तिको खोजमा हुनुहुन्छ भने ॐ को जप गर्नुस्, यसले हजुरलाई शान्ति प्रदान गर्नेछ । एकै स्वरमा भनौ ॐ शान्ति !

ॐ शान्ति भन्दैमा तपाईं कुनै धर्ममा होइन यो त केवल मनको शान्ति पाउन गर्ने योग साधना हो । जसको माध्यमबाट हजुरले चन्चल मनलाई बशमा गर्न सक्नुहुन्छ ।

यो पनि पढ्नुहोस् 

ॐ को अर्थ

के हो ॐ० शब्दको अर्थ ?

ॐ० शब्द उच्चारण गरी प्राणायाम गर्दा स्वास्थ्यमा पुग्ने फाइदाहरु

ॐ० उच्चारण र सृष्टिको अनुकम्पनको सम्वन्ध

ॐ० उच्चारणले कुन-कुन रोगहरु निको हुन्छ ?

कतै जादै हुनुहुन्छ कसैसंग भेट गर्दै हुनुहुन्छ भने ॐ को उचाहरण गर्न नभुल्नु होला । हरेक व्यक्ति नास्तीक हुदै गएको अवस्थामा यदि हामीले ॐ को जप गर्ने प्रेणा दिन्छौं भने उसले मनमा शान्ति प्राप्त भएको महसुस गर्नेछ । ॐ शान्ति !

जब हामी पुजा गर्न पुजा स्थलमा हुन्छौं त्यतिबेला हामीले मनमा शान्ति होस् होइन हामीले माग्ने सवैभन्दा ठूलो बस्तु पैसा हुनेछ । हे लक्ष्मी यति धेरै पैसा देउ जसलाई राख्न अर्को तिजोरी थप्न परोस यहाँ कसैको मनमा शान्ति छैन सबैलाई पैसा चाहिएको छ । तर म त भन्छु पहिले मनलाई शान्त पार्न ॐ शान्तिको जप गर्नुस ।

Like & Follow us on Facebook

मानीसको अन्तर हृदयमा पैसा नै शान्ति हो भन्ने कुराको जग बसेको छ । ॐ को जप गर्ने फुर्सद कसैलाई पनि छैन । कतिपयको ध्यान पैसामा गएको अवस्थामा पनि ॐ लक्ष्मी ॐ लक्ष्मी भन्दै गरेको पाइन्छ । मलाई लाग्छ मर्ने बेलामा समेत मनमा शान्ति नभई मानिस मर्न सक्छ ।

जब मान्छे मर्छ त्यति बेला उसको मनमा शान्ति नभएको अवस्थामा उसको परिवारको सदस्यले ॐ को जाप २१ पटक गरेमा प्रेत योनीबाट तरेर उसले मनलाई शान्तिमा बदल्न सकेको हुन्छ । ॐ मा यस्तो अलौकिक शक्ति छ जस्को माध्यमबाट मनलाई शान्त पार्न सकिनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!