चिकित्सा विज्ञान

एन्टीबायोटिक्स एमोक्सिसिलिन र यसको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

एमोक्सिसिलिन (जी-मोक्स) ५०० मि.ग्राम, पेनिसिलिन एन्टीबायोटिक्स औषधिको श्रेणी अन्तर्गत पर्दछ । यो औषधिको प्रयोग फोक्सो, छाला,कानको रोग, पिनास, पिसाबको सक्रमण, निमोनिया, ब्रोंकाइटिस, गोनोरिया जस्ता रोगको उपचारमा यो औषधि उपयोगी छ ।

एमोक्सिसिलिन (जी-मोक्स) ५०० मि.ग्राम औषधिसंग एंटीबायोटिक क्लेरिथ्रोमाइसिन मिश्रण गरेर सेवन गराएमा पेटको अल्सरमा समेत राम्रो फाइदा गर्दछ । कुनै पनि पेनिसिलिन ग्रुपको औषधि सेवन गराउदा हुन सक्ने एलर्जीमा यो औषधि चलाउनु हुदैन प्रतिक्रिया देखाउन सक्छ ।

एमोक्सिसिलिन गुरूपको औषधि चलाउदा पखला लाग्न सक्छ । यस्ता औषधि चलाउदा मेट्रोनाइडाजोल ४०० मि.ग्रामको औषधि साथै चलाउनाले यो समस्या हल हुन सक्छ । कुनै पनि एण्टिबायोटिक औषधि चलाउदा डाक्टरको परामर्शमा चलाउनु पर्दछ वा अनुभवी व्यक्तिको रेखदेखमा चलाउने बानी बसाल्नु राम्रो हो ।

यो पनि पढ्नुहोस्  

औषधि डोपान-डीएसआर (Dopan-DSR) र यसको प्रयोग

प्रोप्रानोलोल मिनिल (Propranolol Minil) र यसको प्रयोग

निमेसुलाइड टेब्लेट (Nimesulide Tablet) र यसको प्रयोग

कैल्केरिया फ्लोरिका (Calcarea Fluorica) र यसको प्रयोग

नीम (Azadirachta Indica) र यसको प्रयोग

बर्वेरिस वुलगेरिस (Berberis Vulgaris ) Mother Tincture र यसको प्रयोग

राबेप्रा (Rabeprazole Sodium 20 MG Capsule) र यसको प्रयोग

उपयोगी औषधि साइलीशिया (Silicea) र यसको प्रयोग

अस्थालीन इनहेलर (Asthalin Inhaler) र यसको प्रयोग

एमोक्सिसिलिनको प्रयोग

१. कानको संक्रमण

कानको संक्रमण (ओटिटिस मीडिया) (Ear Infection (Otitis Media) मा प्रयोग गर्दा कान पाक्ने रोग निको हुन्छ ।

२. नाकको संक्रमण (Nose Infection)

एमोक्सीसिलिन ५०० मि.ग्रामको कैप्सूल बैक्टीरियाको नाकको संक्रमणमा राम्रो फाइदा गर्दछ ।

३. गलाको संक्रमण ( Throat infection)

एमोक्सीसिलिन 500 एमजी कैप्सूल गलाको संक्रमणमा राम्रो फाइदा गर्दछ ।

४. स्वास प्रश्वासको संक्रमण (Lower Respiratory Tract Infection)

स्वास प्रश्वासको संक्रमणमा एमोक्सीसिलिन ५०० मि.ग्रामको कैप्सूलको उपयोगले राम्रो फाइदा गर्दछ ।

५. छाला सम्वन्धित रोगको संक्रमण (Skin Infection)

एमोक्सीसिलिन ५०० मि.ग्राम कैप्सूल स्ट्रेप्टोकोकी र बैक्टीरियाको कारणले भएको छाला सम्बन्धित रोगको संक्रमणमा पनि उपयोगी छ ।

Like & Follow us on Facebook

६. Urinary tract infection

एमोक्सीसिलिन ५००मि.मि.कैप्सूल मूत्र ट्यूब, मूत्राशय (सिस्टिटिस) र किडनी (पाइलोनेफ्राइटिस) संक्रमणको उपचारमा पनि उपयोगी छ ।

७. गोनोरिया सम्वन्धित संक्रमण

गोनोरिया सम्वन्धित संक्रमण (Gonorrhea and associated infections) धातु रोगमा समेत उपयोगी छ ।

८. Typhoid Fever

एमोक्सीसिलिन ५०० मि.ग्रामको कैप्सूल (जी.मोक्स ) टाइफाइड र पैराटॉफाइड ज्वरोमा पनि उपयोगी छ ।

९. पेटको अल्सर (Stomach Ulcers)

एमोक्सीसिलिन ५००मि.ग्रामको कैप्सूलको उपयोग हेलिकोबैक्टर पाइलोरीको कारणले पेटमा अल्सरको उपचारमा राम्रो फाइदा गर्दछ ।

१०. चिकित्सकीय एबसेस (Dental Abscess)

एमोक्सीसिलिन ५०० मि.ग्राम कैप्सूल गीजा र दाँतको संक्रमणको उपचारमा राम्रो फाइदा गर्दछ ।

मात्रा : ८ घण्टाको फरकमा दिन सकिन्छ । कुनै पनि रोगको उपचार गर्नुपुर्व डाक्टरको परामर्श अवश्य लिनुहोला ।

*जुनसुकै औषधीको सेवन गर्नुपूर्व डाक्टरको परामर्श लिन जरुरी छ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!