ज्योतिषशास्त्र

अकस्मात हातबाट यी चीजहरु झर्नुलाई अशुभ मानिन्छ

ज्योतिष शास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । अकास्मात हातबाट केही कुरा खस्नुलाई ज्योतिष शास्त्रमा शुभ वा अशुभ लिने गरिन्छ।

अकास्मात हातबाट केही कुराहरु खस्नुलाई ज्योतिष शास्त्रमा अशुभ लिने गरिन्छ । कहिलेकाँही हातबाट खाद्यन्न चिजहरु खस्दा दूध उम्लेर जाँदा हामी वेवास्ता गर्छौ । तर यी संकेत कहिले शुभ संकेत गर्छ भने कहिले अशुभ संकेत गर्छ । दूधलाई चन्द्रमासँग जोडेर हेरिन्छ । खाद्यन्न वस्तुहरु खस्नुलाई देवी लक्ष्मी रुष्ट हुनुको संकेत गरिन्छ । ज्योतिष शास्त्रका अनुसार अकस्मात हातबाट यी चीजहरु झर्नुलाई अशुभ मानिन्छ ।

यो पनि पढ्नुहोस् 

घरमा यी ५ चिजहरु पोखिनुलाई अशुभ मानिन्छ

ज्योतिषशास्त्रमा राशी भनेको के हो ?

ज्योतिषशास्त्रका अनुसार कुन राशीको यौन व्यबहार कस्तो हुन्छ ?

ज्योतिषशास्त्र अनुसार मानिसको शरीरका कुन अंग फरफराए के फल ?

श्रीमानको भाग्य चम्काउने युवतीका लक्षणहरु

गालाको रंगबाट थाहा हुन्छ स्त्रीको चरित्र

१. धार्मक धारणा अनुसार दूध वा यसबाट बेनेका पदार्थ हातबाट खस्नुले परिवारमा वितिय संकट आउँछ ।

२. दैनिक जीवनमा प्रयोग हुने नुनको पनि एक महत्वपूर्ण स्थान रहेको छ । पुजा पाठ र अपमान हटाउनको लागि नुनको प्रयोग गरिन्छ । तर अन्य केही ठाउँमा नुनलाई विवादको सूचकको रुपमा लिइन्छ । हातबाट नुन खस्छ भने शुक्र र चन्द्रमाको कमजोर हुने संकेत हो ।

३. यदि तपाईको हातबाट मरिच झर्छ भने तपाई नजिकको नातेदारबाट टाढिदै हुुनुहुन्छ भन्ने संकेत गर्छ ।

४. यदि अनजानमा मकै झर्छ भने त्यसलाई टिपेर ढोगेर जानी जानी गरेको हैनु भनेर माफी माग्नुपर्छ ।

Like & Follow us on Facebook

५. यदि घरमा पुजा गर्न राखिएको पुजाको थाली झर्छ भने यसबाट पुजा स्वीकार्य नभएको मानिन्छ । यसले भविष्यमा नराम्रो विपति आउने संकेत गर्छ ।

६. पुजाको बेलामा दियो निभ्नु पनि अशुभ हो । यस्तो बेलामा भगवानको प्राथना गर्नुपर्छ ।

७. यदि तपाईको हातबाट लगाउन लागेको सिन्दुर खस्छ भने श्रीमानलाई कुनै आपत्ति आउने रर श्रीमान दुर्घटनामा पर्न सक्ने हुन्छ । यसलाई धन व्यापार नोक्सानको संकेत पनि हो ।

८. यदि छेउमा राखिएको पानीको गिलास हातले लागेर ढल्छ भने तपाईलाई कुनै रोगले सताउनेछ ।

९. तर घर बाहिर जाने समयमा कपडा लगाउने बेला पैसा झर्छ र तपाईले त्यो पैसा देख्नु भयो भने शुभ मानिन्छ । तपाईले आँटेको काम पुरा हुन्छ । यसबाट धन प्राप्त हुने योग बन्नेछ । यदि कोही सँगको लेनदेनमा पैसा झर्छ भने त्यसलाई पनि शुभ मानिन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!