खानपान

लौकाको जुसका फाइदाहरु

लौका विश्वका प्रायः सबै ठाउँमा हुने तरकारी हो । लौका मानव स्वास्थ्यलाई निकै फाईदाजनक छ । मानिसहरुले लौका भन्ने बितिकै तरकारी मात्र हुन्छ भन्ने सम्झिन्छन् तर लौकाको तरकारी मात्र नभई जुस बनाएर पनि खान सकिन्छ । जसले गर्मी मौसममा शरीरलाई धेरै फाईदा पुर्याउछ । यसका साथै लौका औषधि पनि हो । लौकामा पित्त, कफनासक, रुचिनासक गुण छ । लौकाको जुस ज्वरो, खोकी, मुटुको विकार, गर्भाशय सम्वन्धी सबै रोगको लागि लाभदायक हुने गरेको छ ।

यो पनि पढ्नुहोस् 

घ्युकुमारीको जुसका फाईदाहरु

क्यान्सर रोगीले खानैपर्ने जुसहरु

जान्नुहोस् ! कुन रोगले सताउँदा कुन जुस खाने ?

ग्रीन-टी पिउनुका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

असुरो प्रयोगबाट हुने फाइदाहरु

१. रक्तबिकार

रक्त विकारमा आधा गिलास लौकाको जुुसमा थोरै मिश्री मिलाएर बिहान बेलुका पिउनाले रगतको विकार कम हुदै जान्छ । लौकाको जुस पिउदा यसले शरीर भित्रको टक्शीनलाइ बाहिर निकाल्ने काम गर्छ र शरीरको भित्री भाग सफा राख्ने काम गर्छ ।

२. दाँतको दुःखाई

दातको दुःखाईको समस्या भएमा १ सय ग्राम लौकाको गुदी र २५ ग्राम पिसेको लसुन १ लिटर पानीमा उमाल्ने । आधा नहुञ्जेल यसलाई उमालिरहने । त्यसपछि यसलाई जाली कपडाले छान्ने। छानेको पानीले कुल्ला गर्ने। दिनमा २-३ पटक यसो गर्नाले दाँतको दुःखाई कम हुन्छ ।

३. मुटुको रोग

मुटु रोगीले लौकाको तरकारीका साथसाथै १०/२० मि.ली. लौकाको जुस दिनहुा बिहान पिउनाले फाइदा गर्छ ।

४. पिलो

पिलो भएको व्यक्तिले दैनिक १५/३० मि.ली. लौकाको जुसमा थोरै मिश्री घोलेर २/३ पटक पिउनाले फाइदा गर्दछ।

५. मुत्र नलीको जलन

मुत्र सम्बन्धि रोगमा लौकाको रस निकालेर एक चिम्टि सिधे नुन र कागतीको रस मिलाएर दैनिक बिहान पिउनाले मुत्रनली खुलेर आउछ र मुत्रनलीको दुःखाई हट्छ । यदी तपाइलाई पिसाब फेर्दा पोल्ने वा दुख्ने हुने गर्दछ भने लौकाको जुस सेवन गर्नुहोस् । पिसाबमा एसिडको मात्रा बडी भएकाले पिसाब फेर्दा समस्या आउने गर्दछ ।

६. अनिन्द्रा

लौकाको रसमा थोरै तिलको तेल मिलाउने। सुत्नुभन्दा पहिला टाउकोमा राम्रोसाग मालिस गर्ने। केहि दिनपछि राम्रोसाग निन्द्रा लाग्न थाल्छ।

७. रक्तश्राप

रक्तश्रापमा पनि लौका लाभदायक छ। शरीरको कुनै भागमा रगत बगिरहेको अवस्थामा लौकालाई ताछेर ताछेको बोक्रा पिसेर त्यस ठााउमा लगाउने र पट्ट बााध्ने। यसले बगेको रगत रोकिन्छ। यसका साथै लौकाको रस पनि पिउने।

८. ज्वरो, पित्त र बाथ

ज्वरो आएको बेला २० मि.ली. लौकाको रसमा थोरै मिश्री मिलाएर सेवन गर्दा लाभ हुन्छ । यसले बात, पित्तको समस्यामा पनि लाभ पुग्छ ।

९. गर्भाशय सम्बन्धि समस्या

गर्भाशय सम्बन्धि समस्यामा लौकाको रस निकै लाभदायक मानिन्छ। पटक पटक गर्भपतन हुने महिलाहरुले लौकाको रस तथा तरकारीका रुपमा अवश्य खान आवश्यक हुन्छ । यसले गर्भाशय मजवुत भई गर्भपतन हुने समस्याबाट छुटकारा दिलाउन मद्दत गर्छ ।

Like & Follow us on Facebook

१०. कब्जियत

लौकाको जुसमा पाउने फाइबरले पाचन प्रणालीलाई दुरुस्त बनाउने काम गर्दछ । यसको नियमित सेवनले कब्जियतका बिरामीलाई आराम दिने गर्दछ ।

११. तौल घटाउन मद्दत

लौकाको जुसमा क्यालोरी र चिल्लो बराबर हुँदैन जसमा हुने फाइबरले भोकलाई कम गर्छ जसले गर्दा मोटाउने सम्भावना कम हुन्छ । लौकाको जुसमा क्यालोरी र चिल्लो पदार्थ नगन्य मात्रामा हुन्छ । यदि तौल घटाउने सोचमा काही व्यक्ति छन् भने उनीहरूका लागि जूस उत्तम उपाय सावित हुनेछ । यसमा पाइने फाइबरले भोक कम लाग्छ र शरीरको चिल्लो पदार्थ पनि काट्छ ।

१२. शरिरमा पानीको सन्तुलन कायम

लौकामा ९७ प्रतिशत पानी रहेको हुन्छ । लौकामा पर्याप्त मात्रामा पानीको मात्रा हुन्छ । तपाई बाहिर जान लाग्नुभएको छ भने एक गिलास लौकाको जुस पिएर निस्कुनहोस् । दिनभर तपाईको शरिरमा पानीको अभाव हुने छैन ।

१३. चाँयाबाट मुक्ति

चाँयाले हैरान बनाएको छ भने तपाई लौकाको रसमा अमलाको रस मिलाएर कपालमा लगाउनुहोस् । तपाईलाई चाँयाले सताउन छोड्छ ।

१४. शक्तिको लागि

यदी तपाई बिहानै उठेर काम गर्नु हुन्छ भने लौकाको जुस खाने गर्नुहोस् यसले फाइदा पुर्याउँछ । लौकामा कार्बोहाइड्रेट बडी मात्रामा पाइने गर्दछ जसले मांसपेसीहरुको काम गर्ने क्षमता बडाउँछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!