स्वास्थ्य

पारकिन्सन रोगको प्राकृतिक उपचार

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

पारकिन्सन रोगको प्राकृतिक उपचारहरु । विश्वविख्यात बक्सर मोहमद अली, प्यालेस्टाईन राजनीतिज्ञ यासेर आराफात, जर्मन तानाशाह एडोल्फ हिटलर, चाइनीज शासक मोओत्सेतुङ्ग र पोप जोनपाल द्वितीय जस्ता विश्व विख्यात व्यक्तित्वहरूको सक्रिय जीवनमा पूर्ण विराम लगाउन सफल “पारकिन्सन रोग” (Parkinson’s Disease) स्नायुहरूको क्षयको कारणले हुने रोग हो । बेलायती चिकित्सक जेम्स पारकिन्सन द्वारा सन् १८१७ मा गरिएको खोजलाई सम्मान गर्दै यसरोगलाई “पारकिन्सन रोग्” भनिएको हो । पारकिन्सन रोगद्वारा विश्वभर लगभग ६० लाख मानिसहरु प्रभावित भएकाले रोगलाई विशेष महत्वका साथ सम्बोधन गर्न हरेक बर्ष ११ अप्रिलका दिन विश्व पारकिन्सन रोग दिवश पनि मनाइन्छ । “यूरोपिय पारकिन्सन रोग संगठनको” आब्हानमा यो रोगका बारेमा जनचेतना जगाउन र वृहत जागरुकता निर्माण गर्ने अभिप्रायले प्रत्येक वर्ष जस्तै यो बर्ष पनि ११ अप्रिल २०१३ का दिन यो दिवश मनाइयो ।

आजका मितिसम्म यो रोगको उपचार पत्ता लागिसकेको छैन । यो रोग लागेकाहरुले विशेषतः व्यक्तिगत हेरचाहमा ध्यान पुर्याउनुपर्ने हुन्छ । खास गरी हिड्दा डुल्दा शररीक सन्तुलन बिग्रन गई लड्ने तथा चोटपटक लाग्नका साथै अन्य दुर्घटना हुन सक्ने खतरा रहन्छ । रोग लागेका व्यक्तिहरुले कहिल्यै पनि हरेस खानुहुँदैन । उच्च मनोवलका साथ रोगको प्रतिकार गर्न सके सहज जीवन जीउन मद्दत मिल्दछ । रोगको निदान चाँडै हुन सके रोगीलाई विभिन्न मेडिकल, सर्जिकल तथा पुर्नस्थापनीय (रिह्याब्लिटेशन) जस्ता उपचार विधिहरुद्वारा केही राहत पुर्याउन सकिन्छ । विशेषतः रोगका लक्षणहरुलाई समन गर्नका लागि लेभोडोपा, कार्विडोपा र अन्य लक्षण सामक औषधीहरु तथा प्यालिडोक्टोमी, थैलामेक्टोनी र डिप–बे्रन–स्टिमुलेसन जस्ता सर्जीकल विधिहरुको प्रयोग प्रचलीत छन । “स्टेम–सेल” सम्बन्धि खोज तथा अनुसन्धानहरु पनि यो रोगका लागी आशाका किरण भएर उदाएका छन् ।

परन्तु यी विधिहरुको प्रयोग गरेकाहरुमा पनि रोग पूर्णरुपमा निको हुन नसकेकाले रोगीलाई पूर्नस्थापनिय तथा प्राकृतिक उपचार विधिहरु विशेष महत्वका साथ दिने गरिएको छ । यो रोग लागेका व्यक्तिहरुले नियमित रुपमा अंग व्यायम रिढ व्यायम सिथिलिकरण व्यायम, प्रातभ्रमण जस्ता व्यायम विधिहरुको प्रयोग नियमित रुपमा गर्नु पर्दछ । मांशपेसीको कडकता कम गर्नका लागि स्ट्रेचिङ्ग, सम्पूर्ण शरीरको मालिस डिलक्स हाइड्रो मालिस, फोहोरा स्नान, स्पाइनल स्प्रे जस्ता विधिहरुसमेत लाभकारी छ । त्यसै गरी सिरोधारा, उष्णपादस्नान, मृतिकास्नान, (मड वाथ) एनिमा, वैट शिट प्याक, जस्ता विधिहरुले पनि ठूलो फाइदा पुर्याउछ । तनाव कम गर्नका लागी योग आसन, योग निद्रा, माइन्ड साउन्ड रेसोनेन्ट टेक्निक (MSRT), प्राणिक इनरजाईजीङ्ग टेक्निक (PET), सेल्फ मेनेजमेन्ट अफ एक्सेसिभ टेन्सन (SMET), जेकब्सन प्रोग्रेसिभ मसल्स् रिल्याक्सेसन टेक्निक (JPMRT) डिप रिल्याक्सेसन् टेक्निक (DRT), क्विक रिल्याक्सेसन टेक्निक (QRT), ईन्स्टेन्ट रिल्याक्सेसन् टेक्निक (IRT) जस्ता बिश्रामका विधिहरु उपयोगी छन् । यो रोगकका रोगीहरुले खानपीनमा पनि विशेष ध्यान दिनु पर्ने हुन्छ । खानामा भिटामिन डी, ई, बी, र सी पाईने तत्वहरुको विशेष समायोजन होस । कागती पानी वा नरिवलको पानीले पनि यो रोगमा फाईदा पुर्याउँछ । यो रोग भएकाहरुले दिमागलाई लठ्याउने खाद्य तथा पेयहरुको सेवन गर्नुहुदैन ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस्

मुटु रोग र यसको उपचार

ग्याष्ट्रिकको घरेलु उपचार

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!