खानपानहेल्थ टिप्स

मधुमेह रोगमा के खाने के नखाने ?

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

मधुमेह रोगमा के खाने के नखाने ? मधुमेह, डाइविटिज, चिनी रोग, सुगर जस्ता अनेकौं नामले परिचित यो रोगको मुख्य लक्षण भन्नुनै रगतमा ग्लुकोजको मात्रा बढ्नु हो । आठ दश घण्टाको उपवास पश्चात् लिइएको रगतमा यदि ग्लुकोजको मात्रा १२६ मि.ग्रा. प्रति डेसी लिटर (१०० मि.ली. रगतमा १२६ मि.ग्रा) भन्दा ज्यादा पाइएमा त्यस्ता व्यक्तिलाई मधुमेह रोग लागेको मानिन्छ । सामान्यतया: एउटा स्वस्थ व्यक्तिको रगतमा ८० देखी ११० मि.ग्रा. प्रति डेसीलिटर ग्लुकोज पाइन्छ । यदि ग्ललुकोजको मात्रा यो रेन्ज भन्दा ज्यादा भएमा हाईपर ग्लाइसिमिया भनिन्छ भने कम भएमा हाईपो ग्लाइसिमिया भनिन्छ । चिकित्सकिय परिभाषामा ती सम्पूर्ण रोगको अवस्थाहरुलाई मधुमेहको नामले सम्बोधन गरिन्छ जसले हाईपर ग्लाइसिमियाको साझा लक्षणलाई व्यक्त गर्दछन् । मधुमेह रोगमा के खाने के नखाने ? भन्ने खानेकुराहरु निम्न अनुसार छन् ।

मधुमेह रोगमा के खाने ?

फलफूूल

अमला, भुई अमला, कागती, सुन्तला, मेवा काक्रो, खरबुजा, नास्पाती, बेल, बेलाती, जमुना, फडिर, मौसम, खान सकिन्छ । फल खादां खानासंग नखाएको राम्रो हो् । १५० ग्राम फलफूूल दिनमा तीनदेखि पाँच चोटी खाने बानी बसालौर खानामा पनि भेज-सलाद लिने गरौ । मधुमेहको रोगीलाई भोक ज्यादा लागि रहने हुदां भोक लागेको बेलामा यी फलहरु लिनुपर्छ ।

सागपात

लुडेको साग, लट्टेको साग, बेथेको साग, तोरीको साग, पालुंगोको साग, मेथीको साग, रायोको साग, तितेकरेला, चुच्चे करेला, फर्सिको मुन्टा, कलिलो फर्सि, झिंगनी, रामतोरीया, घिरौला, लौका, भेडे खुर्सानी, सलगम, मुला, हरियो सिमी, बोडी, लसुन, तथा प्याजको पत्ता कडी पत्ता आदि।

अन्न दाल गेडागुडी

रातो चामल, बोक्रासंग पकाएको दाल, गहुंको खस्रो पिठो, दलिया, मकैको च्याख्ला, आटो, फापर, कोदो, सामा कागुनी, वा जौको भात, वा ढिडो । भुटेको मकै, भटमास, चना, अंकुरित गेडागुडी, ओटमिल, कर्नफेल्क्स, ब्राउन ब्रेड ।

जुस

करेला, अमला, पालुंगो, लौका, सलगम, कोभी, बन्दाकोभी, एलियोभेरा (घीउकुमारी) गहँुंको जमराको जुस ।

खानैपर्ने जडिबुुटीहरू

हिमाली सातपाते – बतासे (प्यानक्स जिनसिङ्ग), हर्माल जडी (गलेगा अफिसिनालिस), तीते करेला (मेमोरडीका क्यारेन्सीया), मेथी (ट्रीगोनेल फेनम ग्रेकम), गुुडमार (जिम्नेमा सुुवेष्टा), लसुन (एलिएम सटाइवम), प्याज (एलिएम सेपा), विजयसाल (टेरोकार्पस मार्सुुपियम), घ्युु कुुमारी (एलीयो भेरा), बिलबेरी (वक्सिनिअम मार्टिलस)

खानैपर्ने सूूक्ष्म पोषकतत्वहरू

क्रोमियम, म्याग्नेसियम, जिङ्क (जस्ता), क्यालसियम, पोटासियम, भेनाडाईल सल्फेट, एल– कार्निटीन्, एल– आर्जिनिन्, टउरीन, भिटामिन ई, भिटामिन सी, भिटामिन बी–६ (पेरिडोक्सीन), बायोटीन, ग्लुुटाथायोन, ओमेगा –३, कोईन्जाइम क्यु—१०, लिपोईक एसिड ।

मोटामोटी आहार क्रम

बिहान उठ्ने बित्तिकै (५:३० बजेः) – २ गिलास मनतातो पानी ।

बिहान (६:०० बजे) – ३०० जडिबुटि चिया ।

बिहान (७ :०० बजे) – ३० मी.ली. करेलाको जुुस, मेथी भिजाएको पानी वा मेथी पाउडर ।

बिहान (८:३० बजे) – २ वटा कोदो÷फापर÷ गहुको रोटी वा १५० मी.ली. दलिया, ५० ग्राम अंकुुरित अन्न, १५० मी.ली. छाली काढेको दूूध ।

बिहान (११:०० बजे) – २वटा आटाका पतला रोटी, एक कचौरा मकै वा रातो चामलको भात, १०० ग्राम हरियो सब्जी, एक कचौरा पातलो दाल, १०० मी.ली.छाली निकालेको एकराते दही वा ३०० मि.ली. मोही , ३०० ग्राम सलाद ।

दिउसो २ः०० बजे : – ३०० जडिबुटि चिया ।

दिउसो ४ः०० बजे : – ५० ग्राम उमारेको गेडागुुडी र दुई चिरा कक्रो वा

साझ (७ः०० बजे) : – २ वटा आटाको रोटी, ३०० मी.ली. भेज सुुप (गुुलिया सब्जि छाडेर), ३०० ग्राम सब्जी

राती (१०ः०० बजे) : – २५० मी.ली. दुुध ।

मधुमेह रोगमा के नखाने ?

१. मधुर (गुलियो) – नखानुस

२. अम्ल (अमिलो) – कम खानुस

३. लक्षण (नुनिलो) – कम खानुस

४. कटू (पीरो) – खानुस

५. तित्त (तीतो) – खुब खानुुुस

६. कषाय (टर्रो) – खुब खानुस

७. गुलिया चिज : मिठाई चकलेट , चिनी, मिस्री, सख्खर हालेको खाद्यान्नहरु, आइसक्रिम

८. तेलमा तारेका परिकारहरु : सेल,अर्सा, अनर्सा, पत्रे, कुराउनी, गुदपाक, कसार, पुरी, जुलेबी,स्वारी, बर्फी र अन्य मिठाई आदि

९. मीठो गुलियो फलफूल : केरा, स्याउ, आँप, चुकन्दर, अंगुर, लिची, सरिफा, गाजर, किम्बु, नरिवल, कटहर, भुइंकटहर

१०. कन्दमूल : आलु, पिडालु, सुठुनी, अखी, ओल, तरुल, सिमल–तरुल, गाजर, चुकन्दर आदी

११. नून धेरै हालेको चिनी, धेरै हालेको , मैदाका परिकार

१२. घ्यू वनस्पति घ्यूमा बनेका परिकारहरु

१३. इनर्जी, कार्वोहाइड्रेट र स्विटण्ड ड्रिङ्क

१४. बिस्कुट, चाउचाउ, पाउरोटी र चाइनिज फुड जस्ता परिकार जंक फुड

१५. चिया, कफी, मिल्कसेक, माछा, माुसु, बोसो आदि ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस् 

मधुमेह र यसका लक्षणहरु

यसरी गर्नुहोस आफै ब्लड सुगरको निगरानी

मधुमेह रोगीले खान हुने र खान नहुने खानेकुराहरु

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!