स्वास्थ्य

घुर्ने समस्याको कारणहरू र यसले निम्त्याउने जोखिमहरू

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

घुर्ने समस्याको कारणहरू र यसले निम्त्याउने जोखिमहरू । श्वास नलीको आंशिक अवरुद्धताका कारणले श्वासन क्रियाको दौरान कर्णकटु आवाजका साथ उत्पन्न कर्कश कम्पन लाई घुर्ने समस्या भनिन्छ । घुर्ने समस्यालाई गहिरो निन्द्राको द्योतक मानिएतापनि यथार्थ यसको ठीक विपरित छ । वास्तवमा निन्द्रामा घुर्ने मान्छे आफू त ठीक सँग सुतिरहेको हुदैन नै, सँगै सुत्नेको पनि निन्द्रा पनि कचमच्याई रहेको हुन्छ । तथ्य यत्तिमा मात्र सिमित रहँदैैन, घुर्ने समस्याले आक्रन्त भएकाहरू वैयक्तिक, पारिवारिक, सामाजकि र आरोग्यता का अनेकौ समस्याहरूको जालमा परिरहेका हुन्छन् । फलतः दैनिक जीवनमा अनेकौंं समस्याका साथसाथै असाध्य रोगहरूको जालमा परिन सकिन्छ ।

घुर्ने समस्याको कारणहरू

यो रोगको मुख्य कारण भनेको श्वास नलीको माथिल्लो भाग विविध कारणवश अवरोध हुनु हो । विशेषत जिब्रोको पश्च भाग, मूल, तालु, तालुको त्यान्द्रो गालाको मांशपेशी र श्वास जसमध्ये यी परिस्थितिहरूको मुख्य भूमिका रहन्छ ।

१. घाँटीका मांशपेशीहरूको दुर्बलता जुन सुतेको बेलामा झन लत्रीन गई श्वासन मार्ग अवरुद्ध गर्न पुग्छ ।

२. उत्तानो परेर सुत्ने,जीब्रो पछाडि तिर सर्ने र कोमल तालु र तालुको त्यान्द्रोले श्वास नलीमा अवरोध उत्पन्न गर्दा घुर्ने समस्या उत्पन्न हुन्छ ।

३. चिउडोको हड्डी सामान्य भन्दा छोटो भए पनि सुत्दाखेरी जिब्रो र कोमल तालुले श्वासमार्ग अवरोध गरी घुर्ने समस्या उत्पन्न गराउँछ ।

४. नाककोे हड्डी बाङ्गीनु वा नाकमा मासु पलाउनाले पनि नाकबाट श्वास लिन गा¥हो भई मुखबाट श्वास लिन पर्दा घुर्न समस्या उत्पन्न हुन्छ ।

५. छोटो घाँटी भएकाहरू सुत्दाखेरी श्वास मार्ग अवरुद्ध भई घुर्ने गर्दछन् ।

६. मदिरा तथा मांशपेशीको तान सिथिल गर्ने अन्य औषधीहरूको सेवनले पनि यो समस्या उत्पन्न हुन्छ ।

७. अवट्रक्टीव स्लिप एप्निया नामक रोगले पनि घुर्ने समस्या निम्त्याउँछ ।

८.स्नायुहरूको क्षय हँुदा घाँटीको मांशपेशीहरूको तान कमजोर हुनगई यो समस्या उत्पन्न हुन्छ ।

१०.गला वरपरका तन्तुहरूको ट्युमरका कारणले पनि घुर्ने समस्या जन्माउँछ ।

घुर्ने समस्याले गर्दा हुने जोखिमहरू

अधिकांश जनमानसले यस समस्यालाई खासै समस्या मान्दैनन् तर मामुली मानिएको यो रोगका जटिलताहरू जसमध्ये निम्न लिखित रोगहरूलाई घुर्ने समस्याको पनि उपज मानिएको छ ।

१. उच्च रक्तचाप

निदाएको बेलामा घुर्दा निद्रा कचमचिने र श्वासशन क्रिया गडबड हुने हँदा घुर्न समस्याले ग्रस्तहरू उच्च रक्तचापको जोेखिममा पर्न सक्छन् ।

२. स्लिप एप्निया

निदाएको समयमा श्वास आपसेआप १० देखी ४० सेकेण्ड सम्म रोकिएर निसास्सिने रोगलाई स्लिप एप्निया भनिन्छ । घुर्ने समस्याले गर्दा श्वाश नलीहरू बन्द हुनगई यो अवस्थामा आएमा उसलाई अवस्ट्रक्टीभ स्लिप एप्निया भनिन्छ । स्लिप एप्निया आफैंमा अनेकौं रोग हरूको जननी हो ।

३. हार्ट एट्याक ( हृदयघात )

धेरै जसो घुर्ने रोगबाट पिडित हुनेहरू हृदयघात भई निद्रामै मरेको धेरै केशहरू रिपोर्ट भएका छन् । शरीरमा प्राणवायु, अक्सिजनको एथेष्ट मात्रा पुग्न नपाउँदा हृदयलाई दवाव पर्न गई हृदयघात हुने खतरा ज्यादा रहन्छ ।

४. मस्तिष्क घात

हृदय घात जस्तै घुर्नेहरूमा मस्तिष्क घातको समस्या पनि देखा पर्ने गई घुराइका कारणले मस्तिष्कलाई रगत आपुर्ती गर्ने, बोसो जम्न जाने मेकानिजम शुरुभई नसाभित्रै रगत जमेको थेग्लाले नशाथुनिदिंदा थुनिएको भागभन्दा अगाडिको स्नायु तन्तुहरू मर्न जाँदा देखापरेको समस्यालाई मस्तिष्क घात भनिन्छ ।

५. मानसिक तथा मनोवैज्ञानिक समस्या

घुर्ने समस्या बाट ग्रस्तहुनेहरू चिड्चिडे स्वभावका , डाह तथा आहरिस गनर्,े छिट्टै रिसाउने, उपलब्धि बाट सन्तोष लिन नसक्ने, चाँडै निराश भई हाल्ने र चन्चले स्वभावका हुन्छन् ।

६. मानसीक चन्चलता

यो रोगबाट ग्रस्त भएकाहरूमा एकाग्र हुन नसक्ने, लय, ध्यान, स्मृति तथा कल्पनाशिलता मा क्षिणता देखापर्छ । सिक्ने प्रोसेसमा व्यवधानहरू पर्दछ ।

७. झर्को–फर्को गर्ने हाइपर एक्टीभ र एग्रेसीभ बानी

जसले सामाजिक समरसता बनाइराख्न कठिन समरसता बनाइराख्न कठिन पर्छ ।

८.हरमोन हरूको गडबडी

घुर्ने बानी भएकाहरू लाई पर्याप्त अक्सिजन नपुग्ने र ठीकसँग निदाउन नपाउने हुँदा हरमोन हरूको शारिरीक स्तर तलमाथी हुन जान्छ ।

९. गहिरो प्रेम तथा काम सम्बन्ध बनाऊन असक्षम हुनु

फलतः दाम्पत्य जीवनमै कठिनाई आई सम्बन्ध विच्छेदसम्म हुनसक्छ ।

१०. तौल बढ्ने

हरमोनहरू तलमाथि हुदा र मेटाबोलिक गडबडी हुदाँ तौल बढ्छ ।

११. थकाई तथा आलस्यता

निद्रा पुराहुन नपाउँदा दिउँसो निद्राले सताउँछ । यसका साथसाथै जीउ गल्ने अल्छी लाग्ने अमिलो पिरो मन पर्ने आदि कुराले सताउँछ ।

१२. फोक्सो तथा श्वास नलीको घरी घरी संक्रमण भई रहनु ।

१३. चाया पोतो तथा सौन्दर्य सम्बन्धी समस्या देखा पर्नु
१४. अपच अजीर्ण, अम्लपित्त आँत्र प्रदाह र कब्जीयत जस्ता समस्याहरूले सताउनु ।

१५. घुर्ने समस्याबाट पिडितहरूलाई सडक परिवहन तथा यातायात दुर्घटनामा ज्यादा पर्दछन् ।

१६. जीवन साथीको निद्रा कच्मच्याई दिएको हुनाले सम्बन्धमा दरार आउँछ र छोडपत्रसम्म दिने अवस्था उत्पन्न हुनसक्छ ।

१७. हङ्गेरीका वैज्ञानिकहरूले १२ हजार भन्दा धेरै रोगीहरूको इन्टरभ्यू लिएर घुर्ने समस्याबाट पिडितहरू ज्यादा उच्च रक्तचाप, हृदयघात, स्ट्रोक प्यारालाइसिसको सिकार भएको निष्कर्ष निकालेका छन् ।

१८. मुटु हल्लीने समस्या

१९. राता रक्तकोषहरूको संख्यामा वृद्धि

२०. अल्सर तथा एसिडिटि

२१ं. अचानक मृत्यु

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस् 

मधुमेह र यसका लक्षणहरु

यसरी गर्नुहोस आफै ब्लड सुगरको निगरानी

मधुमेह रोगीले खान हुने र खान नहुने खानेकुराहरु

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!