स्वास्थ्य

घुर्ने समस्याको लक्षणहरू र यसको उपचार

घुर्ने समस्याको लक्षणहरू र यसको उपचार । घुर्ने समस्याका कारणले दिक्क भएर पति-पत्नी बीचको सम्बन्ध पनि टुट्न सक्छ भन्ने सुन्दा अचम्म लाग्ला तर यसमा खासै अचम्म मान्नुपर्दैन । अमेरीका र बेलायत जस्ता विकसित मुलुकमा पछिल्लो समयमा बढ्दै गएको सम्बन्ध विच्छेदको कारण पत्ता लगाउन गरिएको सर्वेक्षणले घुर्ने समस्यालाई सम्बन्ध विच्छेदको प्रमुख कारणको रुपमा देखाएपछि चिकित्सा क्षेत्रका मात्र हैन सामाजिक समस्याका लागि लागि पर्नेहरू पनि जुर्मुराएका छन् । पश्चिमा मुलुकहरूमा आर्थिक समस्या र जीवनसाथीको दुव्र्यवहार पश्चात घुर्ने समस्याबाट उत्पन्न असहजता सम्बन्धविच्छेदको तेस्रो मुख्य कारण हो ।

एउटा अनौपचारिक सर्वेक्षणले दर्शाय अनुरुप विश्वको जनसंख्याको ५० प्रतिशत हिस्सा घुर्ने समस्याबाट ग्रस्त छ भने २५ प्रतिशत हिस्सा सँगै सुन्नेको निन्द्रा कचमच्याउने गरी ठूलो आवाजका साथ घुर्ने गर्दछन् । झण्डै ३२ करोड जनसंख्या भएको संयुुक्त राज्य अमेरीकामा ९ करोड र साढे ६ करोड जनसंख्या भएको बेलायतमा डेढ करोड जनसंख्या घुर्ने समस्याबाट ग्रस्त छ । पश्चिमी देशहरूमा २४ प्रतिशत दम्पतीहरू जीवन साथीको घुराईकै कारणले छुट्टा–छुट्टै कोठामा सुत्ने गर्छन् भने घुर्ने समस्याबाट ग्रस्त भएका १० प्रतिशत दम्पतीहरू छोडपत्र दिने चरण सम्म आइपुग्छन् । यो समस्याबाट विश्वका आधा आवादी पिडित भएपनि ५१–६२ प्रतिशत जनसंख्या यो समस्याको प्रत्यक्ष अप्रत्यक्ष रुपमा चेपुवामा परेको छ ।

लक्षणहरू

घुर्ने समस्याको श्वास लिदा कर्णकट कम्पनका साथै कर्कस ध्वनी निस्कनु हो । तर अधिकांश रोगीहरूलाई आफू घुर्छु भनेर थाहै हुदैन तर सँगै सुतेकाहरूले भनेपछि मात्र थाहा पाउने गर्छन् । तर व्यक्तिका अन्य लक्षणहरू हेरेर पनि घुर्दै घुर्दैन भनेर थाहा पाउन सकिन्छ घुर्ने व्यक्ति प्रयसः दिनमा झप्की लिईरहेको पाईन्छ । यसका अलावा काममा एकाग्र हुन नसक्नु, टाउको भारी भए जस्तो हुनु, शक्तिहिन मलिन र तन्द्रा ग्रस्त देखिनु, हाई हाई काढी रहेको भेटीनु , चिड्चिडालु हुनु, सामाजिक सम्बन्ध कायम राख्न असफल भटिनु , गार्हो हुनु , लापरबाहियुक्त क्रियाकलापमा संलग्न हुनु, सुतेको बेला एैठन हुनु , छाती दुख्नु । टाउको दुख्नु आदि घुर्ने समस्याले ग्रस्त भएको हरूमा भई रहन्छ । गलमा खसखस ,मुटु हल्लीने वा ढुकढुक गरको थाहा पाउने इख लिने , वैरत्व राख्ने , सनक्क सन्किने ,मलिन हुने हुन्छ ।

परिक्षण तथा निदानका उपायहरू

१. निन्द्राको अध्ययन

पोलिसोम्नो गा्रम भन्ने मेसिनको सहायताले व्यक्तिको सुत्ने तरिकाको बारेमा अध्ययन गरेर घुर्ने समस्याका विभिन्न आयामका बारेमा जाकारी लिन सामान्य अवस्थमा सुत्न लगाइन्छ र मेसिनको सहायताले निद्राको आवृति गहिराइ मष्तिष्कको गतिविधि मुटुको चाल श्वसको गति र आवृति, मांशपेशीको विद्युतिय गतिविधि पसिनाको उत्सर्जनता आदि विषयमा साथसाथै घुर्ने प्रक्रियाका बारेमा समेत अध्ययन गरिन्छ । रगतमा अक्सिजन तथा कार्वनडाइअक्साइड को स्तर हृदय, मांसपेशी र मष्तिष्कका्े विद्युतिय गतिविधि , निद्रामा दाह्राकिट्ने बर्वराउने, हातखुट्टा फाल्ने ,निद्रामा उठेर हिंड्ने श्वास रोकिने, एैठन हुने ,आदि क्रियाका बारेमा पनि अध्ययन गर्ने गरिन्छ । यदि एक घण्टामा २५ पल्ट भन्दा ज्यादा श्वास रोकिएको पाइएमा यसलाई अत्यन्त जोखिमयुक्त समस्या मानिन्छ ।

२. नाक, कान, घाँटीको परिक्षण

नाक कान घाँटी तालू तथा मुखको विशेस परिक्षणगरी नाकको एलर्जी , इन्फेक्सन ,नाकको मासु पलाएको , हड्डी बाङ्एिको , टन्सिल बढेको , श्वासयन्त्रको इन्फेक्सन आदि समस्याको जाँच गरी उपरोक्त कारणहरूले घुर्ने समस्या उत्पन्न् भएको हा होइन निक्र्योल गर्ने ।

३.फङ्सनल एम. आर. आइ.

एम.आर.आइ गरेर कुन काम गर्दा मस्तिष्कको कुन भाग सम्लग्न रहेको छ वा मसितष्कमा अक्सिजनको मात्रा र रक्त प्रवाह कसरि भईरहेको छ ? बोल्ने,सोच्ने,योजना गर्ने जस्ता महत्वपूर्ण कार्यहरू मस्तिष्कको कुन भागसंग सम्बन्धित छन, साधारण, रोगले ग्रस्त र घाइते मस्तिष्कले कसरी काम गर्छ भन्ने तथ्यहरू फङ्सनल एम.आर.आइद्वारा पत्ता लगाउने गरिन्छ । घुर्ने समस्याले ग्रस्त ब्याक्ति घुर्दा मस्तिष्कको कुन केन्द्र सक्रिय छ जस्ता तथ्यहरू यो जाँच विधिबाट पत्ता लगाउन सकिन्छ ।

उपचार

घुर्ने समस्याबाट मुक्ति पाउनकालागी विभिन्न किसिमका उपचार पद्धतिहरू अपनाउन सकिन्छ । उपचार पद्धतिहरूको चएन रो्गको प्रकृति र गम्भिरता हेरेर गर्नु पर्ने हुन्छ । योग तथा प्रकृतिक चिकित्सा, जडिबुटि चिकित्सा, शाल्य (सर्जरी) चिकित्सा र आधुनिक औषधोपचार जस्ता उपचार पद्धतिहरू प्रचलित छन् ।

१. घुर्ने समस्या रोक्ने यन्त्रहरू (एन्टिस्नोरिङ्ग डिभाईसेस)

कन्टीन्युअस् पजेटीभ एअरवे प्रेशर (सी.पी.ए.पी.)

यो एक किसिमको मुखुण्डो जस्तो नाक र मुख दुवैलाई ढाकी श्वाशन मार्गमा लगातार सकारात्मक दवाव उत्पन्न गराई निदाएको बेलामा घाँटी बम तन्तु तथा श्वास नली खुम्चिन नदिई घुर्न रोक्ने यन्त्र हो । विशेषतः अवस्ट्रिक्टिभ–स्लिप–एप्निया का कारणले घुर्र्ने हरूका लागि यो यन्त्रको सुझाव दिईन्छ । यो । यन्त्रको प्रयोग विधि सिकेर आफैंले खोल्ने तथा लगाउने गर्न सकिन्छ । घुर्ने समस्याका कारणले दिनानुदिन (दैनिक) विग्रिएकाहरूका लागी यो यन्त्रको विशेष प्रयोजन छ ।

म्यान्डिबुलार एडभान्स डिभाईस

यो मुख भित्रै लगाउने यन्त्र हो । चिउँडोको हड्डी छोटो भएर घुर्ने हरूका लागी चिकित्सकहरू विशेषतः यो यन्त्रको सल्लाह दिन्छन् । यो यन्त्र व्यक्तिको चिउडाको हड्डीको नापको हुन्छ । सुत्दा यो यन्त्रलाई मुखमा लगाएर सुत्नाले श्वाशन मार्गमा कुनै अवरोध उत्पन्न हुन दिंदैन तर चिउँडाको हड्डी सँग तालमेल मिलाएर लगाउनु पर्ने भएकाले यो विधि कष्टकर पनि छ ।

२. शल्य चिकित्सा

यदि घुर्ने समस्याको कारण नाक, कान र घाँटीका समस्या अंग तथा तन्तुहरूको संरचनात्मक विकृतता हो भने यस्तो अवस्थामा शल्यचिकित्सकको मद्दत लिनुपर्ने हुन्छ । विशेषतः असामान्य रूपमा टन्सिल बढेको, तालु र तालुको त्यान्द्रोको विकृति (ओभ्युल), श्वास–यन्त्र र गलाको शोथ, नाकको हड्डी बाङ्गिएको, घ्राण–रन्द्रमा मासु पलाएको वा गलाको ट्यूमर जस्ता कारणले घर्ने समस्या उत्पन्न भएको भए शल्य चिकित्साको सहायताले यसलाई निर्मूल पार्न सकिन्छ । शल्य चिकित्सामा ओभ्यूलो–प्यालेटो – फेरेङ्ग्जोप्लाष्टि, टन्सीलेक्टोमी, एडिनेक्टोमी, थर्मल एब्लेशन, बाइपोलर कौटरी एब्लेशन, लेजर र रेडियो फ्रिक्वेन्सि एब्लेशन जस्ता प्रक्रियाहरू जेनियो ग्लुुसस तथा हायोइड हड्डीको एडभान्समेन्ट जस्ता विधिहरू कष्टमफिट ओरल एप्लिएन्स र इरिटेटियम चिजहरू राखेर घाँटीका तन्तुहरू लत्रन नदिने शाल्य विधिहरू विशेषतः प्रचलनमा छन् ।

३. प्राकृतिक उपचार

घुर्ने समस्याबाट बच्न तथा मुक्ति पाउन प्राकृतिक उपचारको विशेष महत्व छ । विशेषतः व्यस्ततामा र भागदौडले भरीएको जीवन जीउनेहरू यो रोगको शिकार हुने हुँदा प्राकृतिक उपचारको र जीवनशैली परिवर्तनको विशेष महत्व छ । यो रोग बाट बच्न र उन्मुक्ति पाउन निम्न लिखित प्राकृतिक उपचारका सुत्रहरू उपयोगी छन् ।

(१) तौल ज्यादा भएकाहरूमा यो रोगको शिकार हुने हुँदा शारीरिक तौललाई नियन्त्रीत राख्न विशेष जरुरी छ ।

(२) उत्तानो परेर सुत्दा जिब्रो तथा कोमल तालू पछाडि धकेलिन गई श्वाशन मार्ग अवरुद्ध हुन पुग्छ । तसर्थ घुर्ने समस्याबाट ग्रस्तहरूले उत्तानो परेर सुत्नुको साटो घोप्टो वा कोल्टो परेर सुत्नुपर्ने हुन्छ ।

(३) साँझ चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानीले निद्राको चक्रलाई सुचारु राख्न मद्दत गर्छ । यसका अलावा सयन र जागरणको निश्चित समय भएमा निद्रा कचमचिँदैन र घुर्ने समस्याले यति सताउँदैन ।

(४) चुस्त पुष्ट र स्वस्थ जीवन जिउनाले मांशपेशीहरूको तान कमजोर हुन पाउँदैन फलतः गलाका मांशपेशी तथा कोमल तन्तुहरू लत्रन गई हुने घुराईबाट बचाउँछ ।

(५) अग्लो सिरानी हालेर सुत्दा पनि घुर्ने समस्यामा फाइदा पुर्याउँछ ।

(६) नुहाइ सकेपछि र सुत्न भन्दा पहिले नाकमा दुई तीन थोपा तोरीको तेल हाल्दापनि यो समस्यामा फाइदा पुग्छ ।

(७) एक्सटर युनिभर्सिटीका शोधकर्ताहरूको अनुशार प्रतिदिन २० मिनेट गीत गाउने अभ्यासले गला गाला तथा नाकको मांशपेशी तथा कोमल तन्तहरूको व्यायम हुनगई घुर्ने समस्या कम गर्न मद्दत गर्छ ।

(८) मदिरा, निद्राको गोली, ट्र्याङ्कुलाइजर तथा मशल रिलेक्सेन्ट औषधिहरूको सेवन हत्तपत्त नगरौं ।

(९) सुत्नभन्दा दुई घण्टा पहिले भोजन गरौँ ता कि आमाशयको भोजन आन्द्रामा गई छाती तथा श्वाशनलीमा अतिरिक्त दवाब नदियोस् ।

(१०) धुम्रपान त्यागौ

(११) दूध तथा दूधका परिकारको सेवनमा कटौती गरौ ।

(१२) तनाव व्यवस्थापन गरौ ।

४. योग चिकित्सा

घुर्ने समस्याबाट मुक्ति पाउन आसन, प्राणयम, क्रिया, बन्ध, मुद्रा तथा ध्यान जस्ता योगीक चिकित्सा विधिहरूको उपयोग लाभदायक छ । खासगरी अनुलोमविलोम, उज्जयी, कपालभाँती, बाम तथा दक्षिण भस्त्रीका जस्ता श्वाशन विधि जल,सुत्र तथा घृतनेति, कुञ्जल क्रिया, जल–कपालभाँती, वस्त्र– धौती, दण्ड–धौती जस्ता शोधनविधि नुनपानीको गारगलीङ्घ, जलन्धर बन्ध खेचरी मुद्रा,भ्रमरोच्चार क्रिया, प्रणवोच्चार क्रिया र आनापान क्रिया जस्ता योगोपचारमा अपनाइने विशेष विधिहरूको प्रयोगले यो रोगमा ठूलो फाईदा पुर्याउदछ । यसका अलावा निर्देशित विश्राम (गाईडेड रिल्याक्शेसन) विधिहरूले पनि यो समस्यामा पनि फाइदा पुयाउँछ । सिंहासन, मत्स्यासन , उष्टाशन, र सर्वाङ्घसान, जस्ता आसनविधिहरूपनि यो समस्याका लागि गुणकारी छन् ।
यदि जिब्रो मोटो भएर यो समस्या उत्पन्न भएको भए जिब्रो–दोहन क्रियाद्वारा पातलो बनाई यस समस्याबाट उन्मुक्ति पाउन सकिन्छ । ग्रीवाशत्ति विकास क्रिया उज्जयी श्वास र ॐ कार जप जस्ता क्रिया विधिहरूपनि विशेष लाभकारी छन् ।

५. व्यायम चिकित्सा

दाह्रा किट्ने अभ्यास

घाँटीका मांशपेशीहरूलाई समेत संकुचन गरेर १०–१० पटक दाह्रा किट्नाले गलाका मांशपेशीहरू मजबुत हुनगई घुर्ने समस्या न्युनिरण गर्न मद्दत पुग्छ ।

चुइगम चपाउने वा चपाए जस्तो गर्ने

मुखमा चुइगम राखेर चपाई राख्नाले वा नराखिकन चपाए जस्तो गर्ने अभ्यास

गालामा हावा भरेर छोड्दा नाकबाट छोड्ने अभ्यास

जीब्रोलाई सकेसम्म बाहिर निकालेर दायाँ बायाँ हल्लाउने तथा मोड्ने अभ्यास

जीब्रो मोडेर तालु छुने अभ्यास

लामो कृतिम हाइ काढ्ने अभ्यास

घाँटीको आइसो मेट्रीक एक्सरसाइज

६. औषधोपचार

डीकन्जेसन ड्रप तथा स्थानीय कर्टीकोस्टेरोइड स्प्रे जस्ता दवाईहरू

७. घरेलु उपचार

विशेषतः गलाको न्यूटल प्याक, गारगलीङ्घ क्रिया, हात्केला, पैताला तथा स्थानीय बिन्दुहरूको अकुप्रेशर, फेसियल स्टीम जस्ता उपचारहरूले पनि यो समस्याबाट मुक्ति दिलाउन मद्दत पुयाउँछ । ड्डकान्छी औंलाको नङ भन्दाभित्र पट्टीको भागमा दबाउनाले पनि यस समस्यामा फाइदा पुग्छ ।

८. जडीबुटी चिकित्सा

तोरी तील तथा नौनी घ्यू पगालेर सुत्नुभन्दा अगाडी २–३ थोपा नाकमा हाल्ने वा ब्रम्ही तेल हाल्नाले फाइदा पु¥याउँछ । सुत्नु भन्दा अगाडी अलैँची वा सुकुमेलको पाउडर एक गिलास पानीमा हालेर पिउने गरौ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस् 

घुर्ने समस्याको कारणहरू र यसले निम्त्याउने जोखिमहरू

यसरी गर्नुहोस आफै ब्लड सुगरको निगरानी

मधुमेह रोगीले खान हुने र खान नहुने खानेकुराहरु

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!