स्वास्थ्य

महिनाबारी गडवड र यसको प्राकृतिक उपचार

जीवनको कुनै न कुनै कालखण्डमा हरेक महिलाले महिनाबारीसंग जोडिएको समस्याहरुको सामना गरेकै हुनपर्छ । पछिल्लो समयमा आएर यो समस्याले आम समस्याको रुपधारण गर्दा जादाँ जनस्वास्थ्यलाई ठूलो प्रभाव पारेको छ । महिनाबारी हुनुपर्ने समयभन्दा अघि नै भईदिने वा समयभन्दा पछाडी हुने, महिनाबारी सुरु हुनपुर्व नै पेट दुख्ने, बेचैनी बढ्ने, मूड गडवड हुने, तनाव चिन्ता भय, उदाशिनताको लक्षणहरु देखिने, कम्मर दुख्ने, महिनाबारीमा धेरै रगत बग्ने वा कम बग्ने, महिनावारी कष्टप्रद हुने जस्ता समस्या आम समस्या हुन । जीवनकालमा यदाकदा यस्ता समस्या आए खासै आतिनु पर्दैन तर यी समस्याहरु लामा समयसम्म रहिरहे अनेकौ स्वास्थ्य सम्बन्धी समस्याहरु निम्तिन सक्दछ । महिनाबारी सम्बन्धि समस्यालाई हामीले कहिलेपनि नजर अन्दाज गर्नुहुदैन र यस समस्याको उपचार गर्दा सकभर प्राकृतिक उपचार विधिलाई अपनाउनुपर्दछ ।

यो पनि पढ्नुहोस्  

प्राकृतिक उपचार र यसको महत्व

मोतियाविन्दु र यसको उपचार

खोकी (Cough) र यसको उपचार

मधुमेह (Blood Sugar) र यसको उपचार

हाइपोटेन्सन र यसको उपचार

ग्यास्टिकको कारण र घरेलु उपचार

१. ज्वानोको प्रयोग

महिनाबारी सम्बन्धित समस्याभएकाहरुले एक चम्चा ज्वानोलाई ३ घण्टा सम्म १ गीलास पानीमा भीजाएर साझ, विहान दिनको २ चोटी पानी पिउनु पर्दछ । ज्वानोमा विद्यमान एण्टीअक्सिडेण्ट द्रब्यहरुले पाठेघर र कटी क्षेत्रको रक्त सञ्चार बढाइदिने हुँदा महिना बारी सुचारुहुन मद्दत गर्दछ ।

२. मेवाको प्रयोग

महिनाबारी गडवड भएकाहरुले काचो मेवाको जुस खानु सवैभन्दा उत्तम हो । मेवाको चोपमा/दुधमा विद्यमान प्यापीन नामक तत्वले एस्ट्रोजन हाम्रोनको स्तर बढाई दिन्छ र महिनाबारी ठिकगर्न मद्दत गर्दछ । पाकेको मेवाको फल एवं रसको दैनीक सेवन गरे यो रोगमा राम्रो गर्दछ । तर महिना बारी भएको वेला यो विधि अपनाउनु हुदैन । यसै गरि गर्भवस्थाको कारणले महिनावारी नभएको भए गर्भवती भए नभएको निक्र्यौल गरेर मात्र यो विधि अपनाउनुहोला किनकि गर्भवस्थामा मेवाको सेवन ले गर्भपात हुन सक्छ ।

३. अदुवाको प्रयोग

१ चम्चा अदुवाको रसलाई १ चम्चा मह सँग मिलाएर पानीमा घोली विहान बेलुका पिउनाले महिनाबारी को गडवडीमा ठूलो राहत पु~याउदछ । अदुवामा विद्यमान तत्वहरुले पाठेघरको मांशपेशीको अनियन्त्रीत ऐठन एवं रक्त श्रावलाई नियन्त्रण गर्दछ । अदुवा उण्ण–धर्मी भएकाले दुखाई कम गर्न र योनी प्रदर कम गर्न मद्दत गर्दछ । अदुवाको पानीलाई उमालेर पिउदा पनि दुखाइ कम हुन्छ ।

Like & Follow us on Facebook

४. फर्सीको विऊ

फर्सीको विऊलाई हल्का भूटेर आधा आधा चम्मच विहान बेलुका खाने गर्दा अनियमित एवं कष्टकर महिना बारी मा ठूलो राहत पुर्याउदछ । फर्सीको बीऊमा प्रसस्त मात्रामा जीङ्ग धातु छ । यस धातुले शरीरमा टेष्टेष्टोरोेन हार्माेनको स्तर बढाउन मद्दत गर्दछ र महिनाबारीलाई नियमित गराउदछ ।

५. कालो तिल

कालो तीलमा लिगनिन नामक तत्व विद्यमान छ । यो तत्वले हर्मोन र पाठेघरको तत्वको सम्पर्कलाई मजवुत बनाउदछ । यसका अलावा तीलले पाठेघर र कटी प्रदेशको रक्त सञ्चारलाई पनि सूचारु राख्छ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!