स्वास्थ्य

थाइराइड के हो ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आजकल यो रोग जो कसैलाई हुने गरेको पाइन्छ । पुरूषको तुलनामा महिलालाई बढी हुने गरेको यो रोगले माहामारीको रूप लिएको छ । यस्तो समस्या बढी गरेर पहाडी जिल्लाहरूमा देखिने रोग आजकाल तराई बेल्टमा पनि फैलिएको छ । यो रोग खासगरी आयोडिनको कमिको कारणले हुने गरेको छ । थाइराइड आफैमा रोग नभएर एउटा ग्रन्थी हो । थाइराइड ग्रन्थीले थाइरोक्सिन टी–३ र ट्रइआयोडी टी–४ हर्मोन उत्पादन गर्छ । यो घाटीको अगाडिको भागमा देखिन्छ ।

थाइराइडको मुख्य काम शरीरका मेटोबोलिज्म नियन्त्रण गर्नु हो । तर, जब थाइराइड ग्रन्थीको प्रणलीमा अवरोध सिर्जना हुन्छ, तब शरीरमा विभिन्न समस्या सिर्जना हुन्छ र हर्मोनमा गडबडी देखिन्छ । त्यतिबेला थाइराइडले सताउने गर्छ । समयमा नै यो रोगको पहिचान गरी उपचार गरेमा यो रोगबाट सहजै बच्न सकिन्छ । तर, लापर्बाही गरेर समयमा नै निदान खोज्न नसकिए यसले ठूलो समस्या निम्त्याउन सक्छ । लापर्बाही गर्दा थाइराइड भएका व्यक्ति बेहोस भई मृत्युको मुखमा समेत पर्न सक्छन् ।

यो पनि पढ्नुहोस्

 थाइराईडको आयुर्वेदिक उपचार

प्राकृतिक उपचार र यसको महत्व

मोतियाविन्दु र यसको उपचार

खोकी (Cough) र यसको उपचार

मधुमेह (Blood Sugar) र यसको उपचार

ग्यास्टिकको कारण र घरेलु उपचार

थाइराइड भएकाहरूले के खाने के नखाने भन्ने विषयमा सबैको ध्यान पुग्न आवश्यक छ । सागपात, तरकारी, फलफूल, बेरीहरू, अंगुर, केरा, ब्राउन राइस, आयोडिनयुक्त नुनको सेवन गर्ने, अण्डा, ओखर, बदाम खाने, नौनी, ओट्स, तिल, एपोकाडो, माछा, माछाको तेल, आलसको तेल, ओलिभको तेल सेवन गर्ने बानी बसाल्न आवश्यक छ ।

यो रोग लागेकाहरूलाई कस्तो लक्षण देखिने हुन्छ भन्ने कुरा जान्न आवश्यक छ । थाइराइड हुनेहरूलाई खाना कम रुच्ने, शरीर मोटाउँदै जाने, उमेर अनुसार उचाइ र दिमाग भने विकास नहुने, गर्भ तुहिने, गर्भ नबस्ने, कपाल झर्ने तथा शरीर आलस्य हुने, महिनावारी अनियमित हुने, छाला तथा अनुहार फुस्रो देखिने हुन्छ ।

Like & Follow us on Facebook

यस्तो लक्षण देखिनासाथ आफ्नो डाक्टरको सल्लाहमा थाइराइड चेक गरेर औषधि सेवन गर्नु नै सवैभन्दा उत्तम उपाय मान्नुपर्छ । सानो लापरबाहीले ठूलो समस्या निम्तन सक्छ । यस्ता रोग कतिपय अवस्थामा नछुट्टिनुको कारण थुप्रै समस्या आइलाग्न सक्ने हुनाले समयमा आफ्नो रोग जचाउने बानी बसाल्नुहोस् भन्ने हाम्रो आग्रह छ ।

नोट : आयोडिनयुक्त नुन खरिद गरि सकेपछि बिर्को बन्द डब्डामा राख्ने र आयोडिनको कमि भएकाहरूले मात्र आयोडिनको सेवन गराउने । थाइराइड बढेको पाइएमा डाक्टरको सल्लाहमा उपचार सुरु गर्ने ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!