विज्ञान जिज्ञासास्वास्थ्य

ब्रस गर्दा गिँजाबाट रगत किन आउँछ ?

दाँतको सौन्दर्य मुखको सौन्दर्यसँग जोडिएकाले मानिसहरु मुख सफाइ वा स्वच्छताप्रति पनि बढी सजग भएको पाइन्छ । दाँत र मुखको समस्या निकै ठूला समस्या हुन्, यो मानिसको व्यक्तित्वसँग पनि जोडिएको हुन्छ । व्यक्ति जतिसुकै सुन्दर भए पनि दाँत सुन्दर भएन भएन भने व्यक्तिको सुन्दरतामा केही न केही ह्रास आउँछ । हाँस्दा सफा दाँतहरु देखिन्छन् भने व्यक्तिको मुहारमा अर्कै रंग आउँछ ।

गिँजामा देखिने समस्या फरक फरक हुन्छन् । दाँतमा फोहोर अड्किएर शुरुमा गिँजा सुन्निने हुन्छ । शुरुको अवस्थामा नै वास्ता गरेन भने फोहोर भित्रसम्म पसेर दाँत खियाइदिने, दाँत हल्लिने र दाँत यताउता सर्ने हुन्छ । फोहोरले गर्दा गिँजालाई मात्र होइन, दाँतलाई पनि असर गरिरहेको हुन्छ । त्यसकारण दाँत र मुखसम्बन्धी स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ ।

गिँजा पिंक रंगको हुन्छ । फोहोरले गर्दा पछि गएर गिँजा रातो हुन्छ । गिँजामा समस्या देखिए पछि शुरुको अवस्थामा ब्रस गर्दा रगत देखिन थाल्छ । नरम किसिमले ब्रस गर्दा पनि रगत देखिन थालेमा विशेष ध्यान दिनु जरुरी हुन्छ । रगत देखिँदासमेत ध्यान नदिए फोहोर भित्रसम्म पुगेर हड्डी खिइएर दाँत हल्लिने र अन्त्यमा दाँत नै फाल्नुपर्ने अवस्था पनि आउन सक्छ । गिँजाबाट रगत आउने, सुन्निने, पिप आउने अवस्थामा पनि ध्यान नदिएमा भित्र इन्फेक्सन भैसकेको हुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!