राजनीतिराष्ट्रिय समाचार

शंकर भण्डारी वन तथा भूसंरक्षण मन्त्रीमा नियुक्त

 

काठमाडौं, २०७३ भदौ १० । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र न.१ बाट निर्वाचित सांसद शंकर भण्डारी वन तथा भूसंरक्षण मन्त्रालयको जिम्मेवारीका साथ मन्त्रीमण्डलमा सामेल हुनु भएको छ । दुई पटक कांग्रेसको केन्द्रीय सदस्य भईसकेका भण्डारी विद्यालयदेखि नै नेविसंघको राजनीतिमा आवद्ध भएपनि २०३६ को विद्यार्थी आन्दोलनदेखि सक्रिय विद्यार्थी राजनीतिमा होमिनु भएको थियो ।

उहाँले २०४२ सालको सत्याग्रह र २०४६ सालको आन्दोलनमा पनि सक्रिय भूमिका निभाउनु भएको थियो । २०४९ सालमा त्रिचन्द्र कलेज स्ववियू सभापति र २०५४ मा तरुणदल केन्द्रिय सदस्य हुनु भएको थियो । निडर तथा सहयोगी स्वभावका शंकर भण्डारी कार्यकर्ता र सर्वसाधारणका माँझ देशभरी  नै लोकप्रिय नेताको रुपमा स्थापित भईसक्नु भएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!