साहित्य-कला

जताततै प्रेम

आजको दिन
यस्तो लगिरहेको छ
पहिलोपटक म महसुस गरिरहेको छु
गुलाफको फुल लिएर
तिमीलाई भेट्ने आतुर भएको छु
आज म पहिलाकै ठाउँमा छु
तिम्रो र मेरो प्रेमको
सामीप्य बढेको थियो
आज जताततै प्रेम देखिरहेको छु
र त म
आज प्रेमिल भएर
तिमीलाई आफ्नो ठानेको छु
हो , त्यसैले आउ एकपल्ट
त्यही पुरानो ठाउँमा
हामी एकअर्कालाई भुलेर
प्रेमको त्यो संसारमा डुब्यौ
जहाँ ,
प्रेमको कुनै सिमा थिएन
स्वार्थमा मिसिएको पनि थिएन
हामी दुबैको गाउँ एउटै
इच्छाहरु पनि एउटै
र, ती रहरहरु एक थिए
थोरै थोरै रोमाञ्चक भएर
अलिकता डर लागेको छ
अनि थोरै लाज लागेको छ
तिमीलाई भेट्ने उत्सुकता बढेको छ
त्यसैले ,
आज म जताततै प्रेम देखिरहेको छु

*अमित संग्रौला झापाको बिर्तामोडमा बसेर कलम चलाउने यूवा साहित्यकार हुन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!