धर्म-सस्कृति

के मन्त्र तन्त्रद्वारा पनि रोगको उपचार हुनसक्छ ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मन्त्रद्वारा उपचार भन्दा कतिपयलाई आश्चर्य लाग्न सक्छ यो युग भनेको वैज्ञानिक युग हो तर वैज्ञानिक युगसंगै आध्यात्मिक युगलाई पनि आत्मासाथ गर्नुपर्छ । हामीले पूर्वजन्ममा के कस्तो काम गरेका थियौं र आज त्यो भोग्दैछौं भन्ने कुरालाई ध्यानमा राखेर काम गर्न सक्छौ भने हाम्रो जीवन अवश्य सफल हुन सक्छ ।

उपचार गर्दा गर्दा केही फाइदा नभएर मन्त्रद्वारा उपचार गराउदा विरामी निको भएको हुन्छ हामीले त्यो कुरा पनि बुझ्न आवश्यक छ । यहाँ तन्त्र-मन्त्र यन्त्र सवै वैज्ञानिक सिद्धान्तमा आधारित छन् जस्तो हामीलाई लागेको छ । शुद्धतापुर्वक गरेको मन्त्र उपचारले पनि ठूला-ठूला रोग निको भएका घटना हामीले देख्न सक्छौं ।

हाम्रो औषधालयमा सानो बच्चालाई उपचार गर्न ल्याइएको थियो उसलाई औषधि खाना साथ उल्टि हुने गर्दथ्यो मेरो बुबाले औषधिमा आँखा लागेको हुन सक्छ भन्दै फुकी दिनुभयो तत्कालै त्यो बच्लाई औषधि सेवन गराइएको थियो पछि उल्टि भएन यसको मतलब मन्त्रमा पनि शक्ति रहेछ भन्ने कुरा प्रष्ट भयो ।

एकपटकको वास्तविक घटना पाठकलाई पस्कन जादैछु । एकजना बिरामी पेटमा सुल चलेर उचालीने र पछारिने गरेको थियो मलाई बोलाउनु भयो र भन्नु भयो सर थोरै पानी फुकि दिनुस न मैले थोरै पानी बेसार र खरानी राखेर बिज मन्त्रले फुकेर खान दिए उतिबेला बिरामी निको भएको थियो । हामीले औषधि सेवन पुर्ब यो बुझ्न आवश्यक छ कि पुर्ब जन्मको फल त्यो व्यक्तिले भोग्दैछ ।

यहाँ मेरो भनाईलाई गलत नसम्झनु होला पाप र पुन्य दुवै मानिसले भोगेको हुन्छ जसले जस्तो क्रम गर्छ त्यस्तै फल पाएको हुन्छ । धर्म संस्कृति नमान्ने जोसुकै किन नहोस् उ पाखण्डी हो । उसले पाप गर्दै जान्छ त्यो पाप यो जन्ममा नभोगेपनि अर्को जन्ममा अवश्य भोग्छ । जन्मपछि मृत्यु अवस्य हुन्छ र फेरि पुनजन्म पनि हुन सक्छ भन्ने हाम्रो हिन्दु धर्ममा उल्लेख छ । केवल हामीलाई पुर्व जन्मको याद रहदैन ।

हामीले हमेसा आफ्नो लागि मात्र होइन अरूको लागि पनि केही गर्नुपर्छ भन्ने सिद्दान्त मन्त्रले लिएको छ । जब हामीले अरूको लागि सोच्छौं त्यति बेला मनमा शान्ति पाएका हुन्छौं तर स्वार्थमा हामीले अरूको लागी केहि गर्न सक्दैनौं । “सर्वे भवन्तु सुखिन : ‘सर्वे सन्तु निरमाया ।। सर्वे भद्राणि पश्यन्तु मा काशित् दु:खभाग भवेत् ।।। यानी सवैको रोग भागोस् कोही दु:खी नहोउन सवै सुखी होउन भन्ने भवन सवैमा जाग्न आवश्यक छ ।

आज मानव पतनतर्फ लाग्दैछन् के राम्रो के नराम्रो केहि थाहा छैन् । मानिसले गलत गर्दा म मर्नुपर्छ गलत गर्नुहुदैन म सामाजिक प्राणी हु स्वार्थमा दुव्दा यसको नकरात्मक सन्देश जानसक्छ भन्ने कुरा समेत नबुझेको अवस्थामा उसले गलत गर्दै जान्छ र उ पापको भागी हुन थाल्छ । क्रम नगरी खान पाइदैन तर क्रम गर्नुस अरूलाई पिडा दिएर होइन ।

*जुनसुकै रोगको पछि पराभौतिक कारण रहेको हुन् सक्छ । रोग लाग्न र निको हुनमा मनोविज्ञानको ठुलो हात हुन्छ । आजको वैज्ञानिक युग भनेर अरु कारणलाई नजर अन्दाज गर्न मिल्दैन । जापान, अमेरिका जस्ता देश बिकसित देशहरुले पनि नेपालवाट धामी झाक्री लगेर मन्त्र तन्त्रको बारेमा थप खोज, अध्ययन र अनुसन्धान गरिरहेका छन् । अस्पतालमा पनि उपचार गराउनुपर्छ तर नभएमा धामी झाक्रीलाई लगेर झारफुक पनि गराउनुपर्छ । मन्त्र तन्त्रको उदगम स्थल नेपालमा पनि सरकारले यसको विषयमा थप खोज, अध्ययन र अनुसन्धान गर्न जरुरी छ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

के थकाई मन्त्रले ठिक हुन सक्ला ?

पाप नगर मर्ने बेला सास नगएर तड्पनु पर्ला है

गायत्री मन्त्र किन जप्ने ? कुन समयमा जप गर्ने ? जानीराखौं

अनिन्द्राको अचूक औषधि मन्त्रद्वारा लाग्नेछ गहिरो निन्द्रा

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!