अन्तर्राष्ट्रिय समाचारसमाचार

नासाले शुक्र ग्रहको बादलमा शहर बनाउने

अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र नासाले शुक्र ग्रहको वायुमण्डलको अध्ययनका लागि चाँडै नै सौर्य उर्जा सञ्चालित यान पठाउने योजना रहेको जनाएको छ । सौर्यमण्डलमा पृथ्वी बाहेकका ग्रहहरुमा सबैभन्दा बढि खोज अनुसन्धान भैरहेको ग्रह मंगल हो । मंगल ग्रहमा जीवनको सम्भावना रहेको अनुमानमा वैज्ञानिकहरुले आफ्ना अन्तरीक्ष सम्बन्धि खोज अनुसन्धान केन्द्रित गरिरहेका छन् ।

WVenusHavocf

नासाका वैज्ञानिकहरुले दी हाइ अल्टिच्युड भेनस अप्रेसनल कन्सेप्ट अर्थात् ह्याभोक नामको काल्पनिक अन्तरीक्षयानको डिजाइन गरेका छन् । नासाको प्रणाली विश्लेषण तथा अवधारणा निर्देशनालय अन्तरगतको वैज्ञानिक टोलीले यसको खोजीका लागि शुक्रयानको यस्तो डिजाइन बनाएको हो । हावा भन्दा पनि हलुका उक्त रकेट यसको सल्फ्युरिक अम्लयुक्त बादलमाथि झण्डै ३० दिनसम्म तैरिनेछ । त्यसरी बादलमाथि तैरिएको यानमा बसेका अन्तरीक्षयात्रीहरुले शुक्रग्रहको वायुमण्डका विषयमा विभिन्न तथ्याङ्क संकलन गर्न सक्नेछन् । शुक्र ग्रहको सतहमा मानिस रहन सम्भव छैन, ध्वस्त पारिहाल्छ । तर सतहभन्दा ५० किलोमिटर उचाइमा वादलमाथि भने पृथ्वीको जस्तै अवस्था हुनेछ । त्यहाँको वायुमण्डलीय चाप पृथ्वीकै हाराहारीको हुनेछ भने गुरुत्वाकर्षण केही कम हुनेछ । यस्तो अवस्थामा अन्तरीक्षयात्रीहरु लामो समयसम्म रहन सम्भव हुनेछ जुन शुन्य गुरुत्वाकर्षण भएको जेरो जी क्षेत्रमा रहँदा विभिन्न समस्या उत्पन्न हुन्छन् ।यसको बादलमाथि तापक्रम भने ७५ डिग्री सेल्सियस हुनेछ जुन सामान्य तापक्रम भन्दा निकै उच्च हो तथापि त्यसलाई व्यवस्थापन गर्न सकिनेछ । उक्त उचाइमा वायुमण्डलले शौर्य विकिरणबाट भने सुरक्षा गर्नेछ र त्यहाँको शौर्य विकिरण क्यानडामा बस्नु जस्तै हुनेछ ।

नासाको यो शुक्र अभियानको सुरुवातमा प्रारम्भिक चेकजाँच तथा अनुसन्धानका लागि यसमा रोबोट पठाइनेछ । रोबोटिक प्रोबबाट डाटा प्राप्त भएपछि मानवयुक्त यानले शुक्र ग्रहको आकाशमा तैरिएर ३० दिन बिताउनेछ । त्यसपछिको मिसनमा दुइ सदस्यीय अन्तरीक्षयात्री समूह हरेकले एक वर्ष यसमा बिताउने योजना छ । नासाको अन्तिम उद्धेश्य भनेको शुक्र ग्रहको बादलमा तैरिने सहर बसाएर स्थायी रुपमा मानिसलाई बसाल्ने नै हो । यस्तो तैरिने सहर अचल हुनेछ । तर यसको अनुसन्धानका लागि १ सय ३० मिटर लामो हिलियम ग्यास भरिएको मोबाइल युनिट खटाइनेछ । त्यसको साथमा ३१ मिटर लामो अर्को रोबोटिक यान समेत हुनेछ । मोबाइल यानले सूर्य नजिक हुनुको फाइदा उठाउनेछ । यसको छानोमा १ हजार वर्गमिटरको सोलार प्यानल हुनेछ जसले आवश्यक शौर्यउर्जा उत्पादन गर्नेछ । यस मिसनका लागि तयार पारिएको काल्पनिक यानको डिजाइन गर्ने क्रममा वैज्ञानिकहरुले कतिपय अहिलेसम्मै आविष्कार नभैसकेका र निकट भविष्यमा आविष्कार हुने प्रविधिको समेत प्रयोग हुने बताएका छन् । आगामी १-२ दशकसम्ममा यस्तो यानको निर्माण गर्ने लक्ष्य राखिएको छ ।

नासाले आफ्नो शुक्र मिसनको रिहर्सल समेत पृथ्वीमै गर्दैछ । शुक्र ग्रहको जस्तै प्रतिकुल वातावरणमा कसरी काम गर्ने भन्ने कुराको परीक्षणको तयारी समेत नासाले गर्दैछ । नासाको लांग्ले रिसर्च सेन्टरका क्रिस जोन भन्छन्, ‘अनुसन्धान र मानव वस्ती बसाल्ने दुबै प्रयोजनका लागि गन्तव्यको रुपमा शुक्र ग्रहको महत्व छ तर यो मंगल योजनाकै परिपूरक हो ।’ शुक्र ग्रहको बादलमा एक तैरिएको सहर बसाउने योजना अघि सारेको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!