विज्ञान जिज्ञासा

कृमि छिद्र (Wormhole) के हो ?

विज्ञान कथाहरूका परिकल्पनाकारहरू ब्रम्हाण्ड पलभरमै यात्रा गर्न सकिने यन्त्रहरूको विकास गर्नसम्भवभनेर वर्णन गर्न पनि पछि पर्दैनन् । यही मानवको पलभरमा यात्रा गर्ने सपनालाईपूरा गर्ने यन्त्र होकृमि छिद्र अर्थात् वर्म होल (Wormhole) । अहिलेको वैज्ञानिक युगमात्यस्ता कुन गुणहरूले यस्तो अचम्मको यन्त्रको निर्माण सम्भव छ, चर्चा गर्नु उचित होला
सर्वप्रथम हामीले कृमि छिद्रको निर्माणमा सहयोग पु¥याउने अवयवको बारेमा जान्नुआवश्यक छ । एउटा जान्नैपर्ने आधारभूत विषय होकृष्ण छिद्र (Black Hole)ब्ल्याक होल त्यस्तो स्थान हो, जहाँ गुरुत्वाकर्षण शक्ति यति धेरै हुन्छ किपदार्थ प्रवेश गर्नसक्छ तर प्रकाशको किरण पनि त्यसबाट फुत्कन सक्दैनकुनैपनि वस्तुलाई देख्न त्यस वस्तुबाट प्रकाश परावर्तन हुनुपर्छ तर कृष्ण छिद्रबाट कुनै पनिसंकेत फुत्कन नसक्ने भएकाले यो नाङ्गो आँखाले देख्न सम्भव छैन । तिनीहरूलेप्रकृतिमा रहेका देख्न सकिने पदार्थमाथि थोपर्ने असरको मापनको आधारमा ब्ल्याकहोलको अस्तित्व पुष्टि गर्ने गरिन्छअत्यन्तै ठूला ताराहरूको आन्तरिकगुरुत्वाकषर््ाण शक्तिको प्भावले लगातार संकुचनको परिणामस्वरूप सानो अनि बढी घनत्व भएका ब्ल्याक होलको निर्माण हुन्छ
अर्को बुझ्नु पर्ने विषय हो श्वेत छिद्र  (White Hole)श्वेत छिद्रका सम्पूर्ण गुणहरु कृष्णछिद्रको ठ्याक्कै उल्टा हुन्छन् । कृष्ण छिद्रले आफ्नो समीपबाट जाने पदार्थहरुलाई तानेर लिन्छ र कहिल्यै फुत्कन दिदैन तर् श्वेत छिद्रमा कुनै पनि पदार्थ प्रवेश गर्नसक्दैन, यसले आफूतर्फ आइरहेका सम्पूर्ण पदार्थलाई फर्काइदिन्छ । कृमि छिद्र त्यस्तोसैद्धान्तिक रुपमा स्थापित स्थान हो, जसलाई आइस्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्तले स्वीकार गर्छ र ब्रम्हाण्डमा टाढा रहेका दुई वटा क्षेत्रलाई सबैभन्दा छोटो दुरीको रुपमा जोड्ने काम गर्छ । त्यो छोटो दुरीलाई सुरुङ (tunnel)को रुपमा लिइन्छ र यही सुरुङलाई नै कृमि छिद्र  भनिन्छ ।
अतः कृमि छिद्र कुनै पनि स्थानका दुई वटा विन्दुलाई जोड्ने सुरुङ्ग हो । यस्ता विन्दुहरु छुट्टै दुई वटा संसारका हुन सक्छन् अथवा एउटै ब्रम्हाण्डका पनि हुन सक्छन् । यस्तो सूरुङको लागि आवश्यक पर्ने बक्रता निर्माणगर्ने मुख्य भूमिका कृष्ण छिद्र र श्वेत छिद्रले निभाउनेमा वैज्ञानिकहरु विश्वास गर्छन् । उनीहरुका अनुसार दुई वटा ब्ल्याक होल अथवा एउटाब्ल्याक होलसँग श्लेत छिद्रको संयोजनबाट कृमि छिद्रको निर्माण हुन्छ
कृमि छिद्र अर्थात् वर्म होल शब्दको प्रयोग अमेरिकन भौतिकशास्त्री जोन ह्विलर(Wormhole)० ले सन् १९५७ वाट ल्याएका हुन् । वैज्ञानिकहरूले दुई प्रकारका कृमि छिद्रको परिकल्पना गरेका छन् ।
क) लोरेन्जियत कृमि छिद्र (Lorentzian Wormhole)
ख) युक्लिडियन कृमि छिद्र (Educlidean Wormhole)
पहिलो प्रकारको छिद्र सामान्य सापेक्षतावादको सिद्धान्त र सेमिक्लासिकल ग्रेभिटीको आधारमा अध्ययन गरिन्छ भने दोस्रो प्रकारको छिद्र कणिय भौतिकशास्त्रको आधारमा अध्ययन गरिन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!