अन्तर्राष्ट्रिय समाचारसमाचार

सन् २०२० सम्ममा कम्प्युटर डाटाका लागि ठाउँ नपुग्ने वैज्ञानिकको चेतावनी

सन् २०२० अबको ६ वर्षपछी मै विश्वमा कम्प्युटर डाटाका लागि ठाउँ अभाव भएर कम्प्युटर बेकामे हुने जोखिम बढेको एक डाटा स्टोरेज कम्पनीले चेतावनी दिएको छ । डाटा स्टोरेज कम्पनी सिगेटका अनुसार विश्वमा कम्प्युटर डाटा स्टोरेज क्षमतामा ६ डेटाबाइटले कमी भैसकेको छ । यो भनेको सन् २०१३ मा उत्पादित कम्प्युटर डाटा भन्दा दोब्बर हो । कम्पनीको ब्राण्डेड प्रडक्टका उपाध्यक्ष मार्क व्हिटबाइका अनुसार विश्वमा कम्प्युटरको माग अति नै उच्च भएको तर उद्योगहरुले त्यसलाई धान्न नसक्ने अवस्था रहेको बताए।

hard-disk

कम्पनीको यो चेतावनी कम्प्युटर प्रयोगकर्ताका लागि आफ्नो कम्प्युटरको हार्ड ड्राइभलाई खाली गर्दै लैजान र थप स्पेश नकिन्ने उपायको खोजी गर्नका लागि अपिलको रुपमा रहेको डेलीमेलले लेखेको छ । टेक राडारसँगको अन्तरवार्तामा मार्कले डाटालाई अहिलेसम्म कहिल्यैपनि महत्व नदिइएको भन्दै पछिल्लो समयमा विश्वभरको व्यवसायमा मूल्यवान, उत्खनन, मोडेलिङ तथा व्यवस्थापनका लागि लागि कठीन रहेको पेट्रोलियम पदार्थ जत्तिकै महत्वपूर्ण सम्पत्ति बनेको दाबी गरे । आसन्न कम्प्युटर डाटा संकटलाई ‘डाटा क्षमता अन्तर’ को संज्ञा दिँदै उनले अघिल्लो वर्ष साढे ३ जेटाबाइट डाटा उत्पादन भएको र सन् २०२० सम्ममा त्यो वाषिर्क ४४ डेटाबाइटले बढ्ने बताए । एक जेटाबाइट भनेको ३२ जिबी क्षमताका ३४ अर्ब ३५ करोड ९७ लाख ३८ हजार ३ सय ६८ वटा स्मार्टफोनको स्टोरेज क्षमता बराबर हो । डाटा स्टोरेज संकटका लागि हार्ड ड्राइभ उत्पादनकर्तालाई दोषी देखाउँदै उनले कम स्पेशमा बढि डाटा संचय गर्नसक्ने क्षमताका प्रडक्ट उत्पादनमा ध्यान नदिइएको बताए । साथै उनले स्पेस वृद्धि गर्ने प्रविधिको विकाश गर्नका लागि सि गेटले हिट एसिस्टेड म्याग्नेटिक रेकर्डिङ एचएएमआर प्रविधिको परीक्षण गर्न लागेको जानकारी समेत थिए । यो प्रविधि अनुसार स्टोरेज डिभाइसलाई लेजरको सहायताले तताएर त्यसमा चुम्बकीय रुपमा डाटा संचय गरिन्छ । अहिलेका स्टोरेज डिभाइसमा प्रतिइन्च केही सय गिगाबाइट क्षमता रहेकोमा यो प्रविधिको प्रयोगबाट ५० टेराबाइट स्टोरेज क्षमता पूराउन सकिने बताइएको छ । एजेन्सी

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!