घरेलु उपचार

पखला लाग्नुको कारण र यसको तान्त्रीक उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पखला लाग्नुको मुख्य कारण फोहर र विषाक्तता हो । जताततै वा जहाँ पायो त्यहीँ फोहर वा दुर्गन्धित फोहर पदार्थहरु मिल्काउँदा, फोहर वस्तुको प्रयोग गर्दा त्यसबाट पखाला लाग्न सक्छ । आज मैले पटक-पटक पखला लाग्ने समस्या भएकाहरूको लागि मैले तान्त्रीक तन्त्र र मन्त्रबाट उपचार गर्ने विधि दिन गईरहेको छु ।

सडेगलेका वस्तुहरु प्रयोग गर्नु, आवश्यकता भन्दा बढी खानु अनावश्यक चिल्लो एवं विकृत खानपानहरु धेरै खानु, राम्ररी सफा नगरेको वा फोहर एवं बासी खानेकुरा खानु, प्रदूषित पानी पिउनु तथा भोजनको मिश्रण गुण विपरित धेरै कुरा मिसाएर एकैपटक खानु जस्ता अनेकौँ खानपान सम्बन्धी बेनियम एवं अस्वस्थ्य अवस्थाहले गर्दा प्रायः पखाला लाग्दछ ।

दिशा गरेपछि साबुन पानीले हात नधोइकन वा विभिन्न काम गरेपछि हात राम्ररी सफा नगरीकन खाना खाने व्यक्तिहरुलाई पनि पखाला लाग्न सक्छ । नङ नकाट्ने र त्यसलाई फोहर राख्ने गर्दा पनि कुनै चिज खाँदा त्यसबाट पेटमा कृमि/परजीवि/किटाणु/विषाणुहरु विकारको रुपमा प्रवेश गरी पखाला लाग्ने हुन सक्छ ।

अहिले खानपान राम्रै खाइएको भएपनि पहिले पेटभित्र भएको विकार र जुका, अमीबा, जिआर्डिया आदि परजीवि, किटाणुहरुले संक्रमित गरेको अवस्था छ भने पखाला लाग्न सक्छ । यसबेला पेट दुख्ने, खाना नरुच्ने, वाकवाकी लाग्ने, आउँ पर्ने, रगतमासी पर्ने र वान्ता हुने जस्ता लक्षणहरु पनि उत्पन्न हुन सक्छन् ।

कसैलाई पाचन सम्बन्धी कमजोरी अर्थात् अपचको समस्या छ भने पनि सामान्य खानेकुरा खाँदा पनि पखाला चल्ने हुन्छ । पित्त थैलीमा पत्थरी वा पित्ताशयको शोथ, कलेजोको कुनै समस्या वा ठूलो आन्द्रामा शोथ वा व्रण जन्य शोथ भएमा पनि पखाला लाग्न सक्छ ।

उपचार गर्ने तरिका

सेतो कोरा कागज लिनुहोस् र चौकोण धर्का तान्नुहोस् एक साइडमा विरामीको नाम लेख्नुहोस र ७ दाना मरिच विचमा र चार टुक्रा सिधेनुन चार कुनामा राखेर ७ पटकसम्म ॐ अश्विनी नमो नम: भन्दै फुक्ने र कागजसंगै पिसेर ३ गोली बनाएर दिनमा ३ पटक खाने पखला रोक्दछ ।

ॐ अश्विनी नमो नम:

नोट : यो उपचार खानपिनमा विगार परेर लागेको पखला निको हुन्छ । यो औषधि खाँदा पनि पखला नरोकिएको खण्डमा डाक्टरको परामर्श लिएर उपचार गर्न सक्नु हुनेछ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

के थकाई मन्त्रले ठिक हुन सक्ला ?

पाप नगर मर्ने बेला सास नगएर तड्पनु पर्ला है

गायत्री मन्त्र किन जप्ने ? कुन समयमा जप गर्ने ? जानीराखौं

अनिन्द्राको अचूक औषधि मन्त्रद्वारा लाग्नेछ गहिरो निन्द्रा

के मन्त्र तन्त्रद्वारा पनि रोगको उपचार हुनसक्छ ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!