आयुर्वेद

टाइफाइड रोगको हर्बल र आयुर्वेदिक उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

टाइफाइडलाई नेपालीमा आन्तरिक ज्वरो वा म्यादी जरो (ज्वरो) पनि भनिन्छ । यो ज्वरो साल्मोनेला टाइफी प्रजातिको ब्याक्टेरियाको सङ्क्रमणका कारणले आउने गर्दछ । सङ्क्रमणको छदेखि तीस दिनपछि देखिने यसका लक्षणहरू मन्ददेखि गम्भीर प्रकृतिका हुने गर्दछन् ।

यो रोगको प्रमुख लक्षण कमजोरी हुने, पेट दुख्ने, कब्जियत हुने तथा टाउको दुख्ने जस्ता लक्षणहरू पनि देखिने गर्दछ । सामान्यतया यस्तो बेलामा पखाला लाग्दैन र बान्ता भएपनि कुनै गम्भीर लक्षण देखिँदैन । यदि टाइफाइडको बेलैमा उपचार गरिएन भने यसका लक्षणहरू केही हप्ता वा महिनौसम्म पनि देखिन सक्छन् ।

मानिसलाई कुनै लक्षणहरू नदेखाइकन पनि यो रोग शरीरमा धारण गर्न सक्छन् । यस्तो बेलामा पनि उनीहरूबाट अन्य मानिसहरूमा टाइफाइड सर्न सक्छ । टाइफाइड पाराटाइफाइड ज्वरोसँग आउने आन्द्रा सम्बन्धि रोग हो ।

टाइफाइड सामान्यतया रोगीको दिसाबाट प्रदुषित खाना तथा पानीको माध्यमबाट सर्ने गर्दछ । व्यक्तिगत तथा वातावरणीय सरसफाइको अभावसँगै यसको सङ्क्रमणको जोखिम बढ्ने गर्दछ । टाइफाइडको प्रमुख कारण साल्मोनोला टाइफी नामको ब्याक्टेरिया हो । यो ब्याक्टेरिया मानिसको आन्द्रा तथा रगतमा बसेर बढ्ने गर्दछ ।

यसका लक्षणहरू अन्य धेरै सङ्क्रामक रोगहरूका लक्षणहरूसँग मिल्ने खालका हुन्छन् । नाम सुन्दा उस्तै लागे पनि टाइफस अर्कै प्रकारको रोग हो । यो रोगबाट बच्न सफा खानेपानीको व्यवस्था, सरसफाइ र साबुन पानीले राम्रोसँग हातधुने जस्ता कुराहरूमा ध्यान दिनु जरुरी हुन्छ ।

टाइफाइडका केही रोगीहरूको छालामा गुलाबी रङ्गको दाग देखापर्ने गर्दछ । गम्भीर खालको टाइफाइड लागेको बेलामा बिरामीहरू दिग्भ्रमित हुने गरेको पनि पाइन्छ । यदि टाइफाइडको बेलैमा उपचार गरिएन भने यसका लक्षणहरू केही हप्ता वा महिनौंसम्म पनि देखिन सक्छन् ।

टाइफाइडबाट बच्न के गर्ने ?

टाइफाइडको रोगबाट बच्न सफा खानेपानीको व्यवस्था हुनुपर्छ । सरसफाइ र साबुन पानीले राम्रोसँग हातधुनेजस्ता कुराहरूमा ध्यान दिनु जरुरी हुन्छ । यदि कसैलाई टाइफाइड लागेको छ भने उसको सङ्क्रमण हटेको स्पष्ट रूपमा प्रमाणित नभइञ्जेलसम्म लसपस नगर्ने जुठो खाना र एउटै विस्तारामा न सुताउने र अन्य मानिसको लागि खाना तयार पार्ने काम दिनु हुँदैन ।

टाइफाइडको उपचार

१. टाइफाइडलाई नेपाली भाषामा कुफत भन्दछन् । यो रोग लागेको थाहा हुनासाथ नवरस, आनन्द भैरव रस ,पन्च बक्र एक एक गोली मिलाएर पिस्ने र घोड्ताप्रेसंग खल गरेर दिनमा ३,४ पटक खान दिएमा यो रोग निको हुन्छ ।

२. टाइफाइडको रोगमा तुलसी बहुउपयोगी औषधि मानिएको छ । तुलसी राखेको गरम पानी ज्वरो आयको वेला ज्वरो उतार्न मद्दत गर्दछ ।

३. तुलसी अदुवा र कालो मरिजको धुलो थोरै पानीमा राखेर पकाउने र मनतातो विरामीलाई चिया जस्तै गरि खान दिने ठिक हुन्छ ।

नोट : टाइफाइडको उपचार स्वास्थ्य संस्था स्वास्थ्य क्लिनिकमा गएर डाक्टरको परामर्श लिएर उपचार गर्ने गराउने काम गर्नु पर्दछ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

ग्याष्ट्रिकको घरेलु उपचार

रुघाखोकीको घरेलु उपचार

कब्जियतको घरेलु उपचार

दमको घरेलु उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!