खानपान

किसमिस खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज मैले किसमिसको प्रयोगबाट के कस्तो फाइदाहरु उठाउन सकिन्छ भन्नेबारे प्रकाश पार्ने जमर्को गर्दैछु । किसमिस भनेको अंगुरलाई सुकाएर बनाएको हुन्छ । यसका फाइदाबारे चर्चा गर्ने हो भने मानव स्वास्थ्यमा ठूलो भुमिका यसले निभाउन सक्ने देखिएको छ ।

किसमिस ड्राई फ्रूट्स अन्तर्गत पर्दछ । यसमा सवै प्रकारको गुण विद्यमान छ जो ताजा अंगुरबाट हामीले प्राप्त गर्दछौं । किशमिशमा आयरन, कैल्शियम, फाइबर, पोटैशियम, मैग्नीशियम, एंटीऑक्सीडेंट प्रयाप्त मात्रामा पाइन्छ । यसको सेवनले पाचन क्रियालाई सुधार्दै इम्यून सिस्टमलाई समेत बलियो बनाउदै जान्छ ।

किसमिस खानुका फाइदाहरु

१. रगतको कमिमा राम्रो फाइदा गर्दछ । रगतको कमी भएकाहरूले नियमित यसको सेवन गर्नुपर्छ । किसमिसमा भिटामिन बी र आयरनको राम्रो स्रोत मानीएको छ ।

२.किसमिस फाइबरको राम्रो स्रोत भएकाले खाना पचाउन समेत राम्रो भुमिका खेल्दछ । फाइबरको अर्को महत्वपूर्ण काम भनेको कब्जीयत हटाउनु हो ।

३.किसमिसको सेवन दैनिक गर्नाले पेटमा जम्मा भएको फोहर फाल्न समेत राम्रो भुमिका खेल्दछ । सवैभन्दा महत्वपूर्ण कुरा भनेको पेटमा जम्मा भएको बिषलाई यसले हटाउने काम गर्दछ ।

४. किसमिसमा प्रशस्त क्यालशियम पाइने भएकाले गर्भवतीलाई राम्रो फाइदा गर्दछ । यसमा क्याल्शियम र आयरन हुनाले गर्भवतीले किसमिस खानुहोस् भन्ने हाम्रो राय छ । शरिरमा आवश्यक भिटामिनका कमीका कारण हुने सम्पुर्ण रोगमा यो उपयोगी छ । शरीरमा क्याल्शियमको आपुति गर्नु परेमा दैनिक किसमिस खानु उत्तम मानिएको छ ।

५. सुन्दा अचम्म लाग्न सक्छ नियमित किसमिस खानेहरूलाई क्यान्सर हुदैन भनेको छ । किसमिसमा पाइने एक प्रकारको कैटेचिन नामको एंटीऑक्सीडेंट पाइने हुनाले (Free Radicals) लाई समेत बचाउने काम गर्दछ । किसमिसको सेवनले पेटको क्यान्सर ट्यूमरलाई समेत रोक्दछ ।

६. किसमिसमा प्रशस्त भिटामिन बीको समूह (बी१, बी2, बी3, बी4, बी5, बी6, बी7 और बी12) प्रशस्त पाइने भएकाले नियमित किशमिशको सेवन गर्नुहोस् यसले आवश्यक क्यालोरी पुरा गर्दछ ।

७. किसमिसको प्रयोग आँखाको लागि राम्रो फाइदा गर्दछ । किसमिसमा पोलिफेनोलिक फाइटोन्यूट्रिएंट्स नामक तव्त प्रचुर मात्रामा पाइने भएकाले यसबाट प्राप्त एंटीऑक्सीडेंटले आँखाको ज्योति बढाउन राम्रो भुमिका खेल्दछ ।

८. उच्च रक्तचापका रोगीले नियमित किसमिसको सेवन गर्नु राम्रो फाइदा छ । एउटा रिपोर्ट अनुसार किसमिसको सेवनले उच्च रक्तचापलाई बढ्न समेत रोक्ने काम गर्दछ ।

९. किसमिसको नियमित सेवन गर्नाले शरीरलाई चाहिने आवश्यक क्यालोरी पुरा गरी अनेक रोगबाट बचाउन सक्नेछ ।

१०. किसमिसमा एंटीबैक्टीरियल गुण हुने भएकाले ज्वरो आयको बेला किसमिसले राम्रो फाइदा गर्दछ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

कस्तो चिया पिउनु ठिक र कस्तो बेठिक ?

मानव स्वास्थ्यको लागि काफल खानुका फाइदाहरु

हरियो तरकारीसंग च्याउ खानुका फाइदाहरू

स्वास्थ्य जीवनको लागि कर्कलाको साग खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!