घरेलु उपचारस्वास्थ्य

रुघाखोकीको घरेलु उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

रुघाखोकीको घरेलु उपचार । गरम पानी, सुप, झोलीय पदार्थ आदि प्रर्याप्त मात्रामा लिने गर्नुपर्दछ । आलु, बैगन, गाजर फर्सी, लौका, शिशीको अचार, दही, चिसो, अमिलो तथा गुलियो पदार्थहरुको सेवन गर्नुहुदैन । दुवाको एक सानो टुक्रा पानीमा उमालेर त्यसमा एक चिम्टी नुन हालेर गार्गिलिङ गर्नुपर्छ । यसवाट गलाको दर्द, नाक बन्द, गलामा खिस-खिस आदिमा आराम हुन्छ ।

गरम पानीमा भिक्स हालेर बाफ लिनले पनि श्वास नलीमा टाँसिएर बसेको कफ खुकुलो भएर बाहिर निस्किन्छ र आराम महशुस हुन्छ । तुल्सीको पात, अदुवा, कालो मरिच एवं ल्वाँगको मिश्रण मसाला युक्त चिया-रुघा खोकीमा अत्यन्तै लाभदायक हुन्छ । अलिकति अदुवाको रस-गरम गरेर मन तातो भएपछि अलिकति मह मिसाएर सेवन गर्नाले पनि फाईदा गर्दछ । यसैगरी एक गिलास तातो दुधमा एक चुट्की बेसार एवं सौफको धुलो राखेर पिउनाले पनि आराम मिल्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

खोकी र यसको घरेलु उपचार

खोकी र यसको उपचार

खोकीको घरेलु उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!