धर्म-सस्कृति

सनातन धर्म संस्कृतिको अवमुल्यन गर्नेले एकपटक सोच्ने कि ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सनातन धर्म संस्कृतिको अवमुल्यन गर्नेले एकपटक सोच्ने कि ! भगवान शिव भन्नुहुन्छ सैतानले सैतानियत देखाउनाले आज मानिस मन्द बुद्धिका हुदैछन् भन्नु भएको छ । पाप र पुन्य केहो भन्ने कुरा नबुझ्नाले मानिस गलत माथि गलत गर्दै गएको छ । जब-जब धर्म संस्कृतिको व्यापार मानिस गर्न थाल्छन् त्यति बेला सैतान हावी भएको हुन्छ । दिमागरूपी इन्जनमा केवल पैसा नै ठूलो भन्नेहरुको तागत बढ्दै जानाले नेपाल पवित्र भूमिमा सैतानी पन्जा हावी भएको हुन्छ ।

के गलत के सहि भन्ने कुरा बुझ्न नसक्नु नै दु:खद हो यसैको प्रतिफल आज नेपाली जनताले भोक्दैछन् । कर्म गरेर कमाएको सम्पत्तिमा भन्दा गलत तरिकाले जोडेको सम्पत्तिमा डर बढी हुने हुनाले गलतमाथि गलत गर्दै जान थाल्दछ । गलत गर्ने व्यक्तिको आन्तरिक मनमा एक प्रकारको डरले डेरा जनाएको हुन्छ ।

डर र त्रासकै कारण उ दिनप्रती दिन रोगको दलदलमा फस्दै जान थाल्दछ । यसको उपचार भनेको शिवको आराधना एकमात्र विकल्प रहन्छ । म बाँच्दासम्म मेरो सम्पत्ति हो तर मरेपछि के हुन सक्छ भन्ने कुरा दिमागबाट फाल्ने काममा शिवको ध्यान गर्नाले मात्र सबैको कल्याण हुन सक्नेछ । गलतले हानी र सहिले फल शिवको आराधनाबाट मात्र सम्भव छ ।

*यो लेखकको निजी नितान्त विचार हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

धर्म संस्कृति किन आवश्यक छ ?

धर्म संस्कृति र यसको महत्व

धर्मको आस्था जगाउ र बलियो बनाउँ

हिन्दू धर्म संस्कृतिमा सबैको कल्याण

धर्मको रक्षा गर्नु सबैको नैतिक दायित्व

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!