स्वास्थ्य

बच्चाहरुको अण्डकोष सुन्निएको नि:शुल्क उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

बच्चाहरुको अण्डकोष सुन्निएको नि:शुल्क उपचार ! स-साना बच्चाहरुमा आज यो समस्या अत्यधिक देखिएको छ । हामीले विगत लामो समयदेखि यो रोगको उपचार गर्दै आएका छौं । कुनै पनि बच्चामा यस्तो समस्या देखिएमा डराउनुपर्दैन हामीलाई प्राकृतिकले यस्तो जडिबुटी दिएको छ जसलाई हामी बुटिको रूपमा बान्दछौं । यो रोग केहि महिनामा हराएर जान्छ ।

तर बाधेको बुटि हराएमा पुन: हुने हुनाले दोहराउनुपर्ने देखिन्छ । हामीले यस्ता जडिबुटी चमत्कार गर्दै आएका छौं । यो जडिबुटी हामीले अरूलाई पनि चिनाएका थियौं तर उहाँहरू सफल हुन सक्नु भएन यो ईश्वर भगवानको लिला अपरम्पार छ । मेरो जिजुबुबा हजुरबुबा र बुबाले गर्दै आएको परम्परा धान्न मैले पनि यो सेवा लामो समयदेखि नि:शुल्क दिदै आएको छु । यो सेवा लिन ९.३० भित्र आइसक्नु र्ने हुन्छ । विशेष जानकारी चाहिएमा फोन गर्न सक्नुहुन्छ ।

यो उपचार हाम्रो जिजु बुबालाई सपनामा जोगीले दिएको भन्ने कुरा हाम्रो बुबाले भन्नुभएको थियो आज मेरो बुबा हुनुहुन्न तर मैले यो सेवा नि:शुल्क गरी रहेको छु । जडिबुटीको समय हुन्छ जस्तै बाल्यकाल, युवा अवस्था र बृद्ध अवस्था हामीले जडिबुटी यदि बृद्ध अवस्थाको ल्याउछौं वा बाला अवस्थाको ल्याउछौं भने पनि औषधिले काम गर्दैन । पुर्ण युवा अवस्थाको प्रयोग गर्छौं भने पक्कै निको हुन्छ ।

अर्को रोचक प्रसङ्ग जडिबुटीबारे भन्न मनलाग्यो बुटि बाधेको केहि दिनमा महिनावारी भएको बाहिरको महिलाले छुन्छिन भने यो बुटि गायब हुन्छ । यदि यो बुटि हराएमा पुन बाध्नुपर्ने हुन्छ । हराएको बुटि प्राय: भेटिएको जानकारी हामीलाई छैन । मैले जनकल्याणको लागि यो बुटि बाद्ने गर्दछु ।

मैले नि:शुल्क उपचारबारे प्रचार गर्न खोज्दा २८ दिन फेसबुकबाट बाहिर रहनु परेको थियो । आज पाठकको हितमा यो बुटिबारे जानकारी पस्कन लागेको छु । यो उपचार अति नै चमत्कारयुक्त भएकाले आफ्नो छरछिमेकमा यदि बच्चामा देख्नु भएमा सहयोग गरी पुन्य कमाउन सक्नुहुन्छ । सक्दो सेयर गरेर नपुगेका साथीहरूलाई जानकारी दिनुहुनेछ भन्ने हाम्रो अनुरोध छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

औषधीको रुपमा मरिचको प्रयोग

औषधीको रुपमा कागतीको प्रयोग

औषधीको रुपमा अदुवाको प्रयोग

डा. राम बहादुर बोहराद्वारा जनहितमा जारी सूचना ! थप जानकारीको लागि तलको सुचनामा सम्पर्क गर्नुहोस् ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!