स्वास्थ्य

पिसाबको रंग हेरेर थाहा पाउनुस् आफ्नो स्वास्थ्यको जानकारी

शरीरमा रहेका विकारहरू निकाल्ने प्राकृतिक तरिका हो पिसाबमोचन । यसको सामान्य रंग फिक्का पहेंलो वा अलिकति गाढा पहेंलो हुनसक्छ । पिसाबको रंग हेरेर तपाईंले आफ्नो स्वास्थ्य स्थितिका बारेमा थाहा पाउनुहुन्छ :

१. फिक्का पहेंलो पिसाब

फिक्का पहेंलो पिसाबको रंग फिक्का पहेंलो छ भने तपाईंको स्वास्थ्य ठीक छ भन्ने संकेत हो । तपाईंको शरीरले राम्रो काम गरिरहेको छ । पहेंलो शरीरमा पानीको मात्राको कमी भयो भने पिसाबको रंग पहेंलो हुन पुग्छ । टन्न पानी पिउनुभयो भने यो समस्याबाट मुक्ति पाइन्छ ।

२. गाढा पहेंलो पिसाब

गाढा पहेंलो औषधीको अत्यधिक सेवनले पिसाबको रंग गाढा पहेंलो हुन्छ । कलेजोको समस्या भयो भने पनि पिसाब पहेंलो हुन्छ । तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्छ ।

३. दूधजस्तो सेतो पिसाब

तपाईंको पिसाब दूधजस्तो सेतो छ भने युरिन इन्फेक्सन वा पत्थरी भएको हुनसक्छ । तत्कालै चिकित्सकसँग परामर्श लिइहाल्नुस् ।

४. रातो वा गुलाफी पिसाब

रातो वा गुलाफी कहिलेकाहीँ रातो रंगको खानेकुरा वा फलफूल खाँदा पनि पिसाब रातो हुन्छ । तर यी कुरा नखाइकनै तपाईंको पिसाब रातो छ भने रगत आएको हुनसक्छ । यस्तोमा चिकित्सकलाई देखाइहाल्नुपर्छ ।

५. सुन्तला रंग पिसाब

सुन्तला रंग पिसाबको समस्यालाई रोक्नका लागि लिइएको औषधीले पनि पिसाबको सुन्तला रंग हुन्छ ।तपाईं पिसाबको रंगमा आएको परिवर्तनको कारण थाहा पाइरहनुभएको छैन भने चिकित्सकको सल्लाह लिनुहोला ।

यो पनि पढ्नुहोस् 

पिसाब चुहिने समस्याको उपचार

पिसाब चुहिने समस्याको निदान

पिसाब चुहिने अवस्थाको प्रकार

किन पिसाब रोक्न सकिँदैन ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!