जीवन-दर्शन

जीवन के हो ?

जीवन के हो ? जीवनको अर्थ के हो? कसरी जीवनमा उद्देश्य, पूर्णता, र सन्तुष्टि, पाउन सकिन्छ? कसरी कुनै अन्तिम अर्न्तनिहित प्राप्त गर्न सकिन्छ? धेरै मानिसहरुले यस्ता प्रश्नहरुको बारे सोच्न कहिल्यै छोड्दैनन्। कतिको विचार अनुसार जीवन भनेको संघर्ष हो, संघर्ष गर्दै बिताउनु नै जीवन हो, त संघर्षमा कहिले हाँस्नु पर्छ त कहिले रूनु, जीवन एकनास पनि छैन कहिले घाम त कहिले पानी इत्यादी भन्ने गर्दछन् । कोही भन्छन् जीवन भनेको खानु पीउनु र मोजमस्ती गर्नु नै जीवन हो इत्यादी, इत्यादी भनेर व्याख्या गर्ने गर्छन् ।

के तपार्इंको विचारमा जीवन भनेको यस्तै नै हो त? कतिको भनाइ यस विषयमा यही नै हो भनेर व्याख्या गर्नु गाह्रो छ भन्दछन्, धेरै विद्वानहरूले यसका लागि धेरै समय खर्च गरेका छन्, तर जीवन यही नै हो भन्न धेरै गाह्रो छ । जीवनका धेरै परिभाषा हुन सक्छ्न तर जैविक रुपमा कुनै पनि प्राणिको जन्म देखि मृत्युका बीचको अवधि नैं जीवन कहलाउँछ। तर हाम्रो जन्म के हाम्रो इच्छाबाट हुन्छ? 

जीवन के हो ?

जीवन एक गोरेटो हो ।
ठाउँ हेरेर टेक्नु पर्छ ।
जीवन एक सफर हो ।
धेरै टाढा सम्म हिड्नु पर्छ ।
जीवन एक मोड हो।
हेरेक मोड्मा मोड्नु पर्छ।
जीवन एक सगर हो ।
मोति निकल्न सक्नु पर्छ।

जीवन एक मरुभुमि हो ।
धेरै सण्घर्श गर्नु पर्छ ।
जीवन एक रहर हो ।
आफ्नो तरिकले जिउनु पर्छ।
जीवन एक फुल हो ।
समयमा बस्न लिनु पर्छ।
जीवन एक दोबटो हो ।
सहि बाटो हेरेर हिड्नु पर्छ ।।।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!