टिप्स

शरीरको कुन अंगमा भएको कोठीले के संकेत गर्छ ?

मानिसको शरीरको कुनै न कुनै भागमा कोठी हुने हुन्छ । कोठी धेरै किसिमको हुन्छ । कतिलाई त कौतुहुल्ता पनि होला कुन ठाउँको कोठीले के अर्थ राख्छ ? शरीरका विभन्न अंग र त्यसको लक्षणका आधारमा व्यक्तिको चरित्र जान्न सकिने कुरा चर्चामा आइरहन्छ । हिन्दू धर्ममा आधारित समुद्रशास्त्रमा यसबारे वर्णन गरिएको छ। कोठीलाई चिकित्सकीय भाषामा छाला सम्बन्धी समस्याको रुपमा हेरिए पनि धर्मशास्त्रहरुले भने यसको विशेष अर्थ रहने विश्वास गरेका छन् । शरीरमा भएका कोठीहरुले मानिसको भाग्यको संकेत गर्ने विश्वास लिइन्छ ।

(क) आँखा

१. जसको आँखाको सिधा तल कोठी हुन्छ उनीहरु कामूक हुन्छन् । यस्ता ब्यक्ति प्रेममा भावुक बन्छन् । यिनीहरु सहयोगी पनि हुन्छन् ।

२. दायाँ आँखाको कुनामा कोठी भएमा यस्ता ब्यक्ति भावुक हुन्छन् । यस्ता ब्यक्ति अलि डाहाढे स्वभावका हुन्छन्

३. जुन ब्यक्तिको आँखाको तल नाकको छेउँमा कोठी हुन्छ त्यस्ता ब्यक्ति अलिक रहस्यमय हुन्छन् । यिनीहरुलाई बुझ्न कठिन हुन्छ ।

४. बायाँ आँखाको परेलोमा कोठी भएमा त्यस्ता ब्यक्तिको दिमाग तेज हुन्छ यस्ता ब्यक्ति कुटनीतिक ब्यवहार गर्न जान्ने हुन्छन् ।

५. जसको देव्रे आँखामा कोठी हुन्छ यस्ता ब्यक्ति झगडा गर्न तम्सिने र प्रेम पाउन अपराध समेत गर्ने स्वभावका हुन्छन् ।

६. दाइने आँखामा कोठी भएमा यस्ता ब्यक्तिले आफ्नी स्त्री पार्टनरलाई अत्याधिक प्रेम गर्छन् । तर बायाँ आँखामा कोठी भएमा स्त्रीसँग झगडा हुन्छ । दाम्पत्य जीवन पनि सुखद् हुँदैन ।

(ख) हात,खुट्टा र औंला

७. औंलामा कोठी भएको ब्यक्ति कार्यकुशल, व्यवहारकुशल र न्यायप्रिय हुन्छन् ।

८. चोर औंलामा कोठी हुने ब्यक्तिक विद्वान गुणबान र धनवान हुन्छन् । तर यिनीहरुका शत्रु भने धेरै हुन्छन् ।

९. माझी औंलामा कोठी भएमा त्यस्ता ब्यक्ति सुखी हुन्छन् र त्यस्ता ब्यक्तिको शान्तिपूर्ण जीवन हुन्छ ।

१०. कान्छी औंलामा कोठी हुने ब्यक्ति दुःखी हुन्छन् ।

११.  दायाँ हातमा कोठी हुने ब्यक्ति झगडालु हुन्छन् ।

१२. दाहिने खुट्टामा कोठी हुने ब्यक्ति बुद्धीमान हुन्छन् तर खर्चालु स्वभाव हुन्छ् ।

(ग) नाक

१३. यदि कुनै ब्यक्तिको कोठी नाकको फेँदमा छ भने यस्ता ब्यक्ति कल्पनाशील हुन्छन् । यस्ता ब्यक्तिको काम गर्ने शैली रचनात्मक हुन्छ ।

१४. नाकको बायाँ पट्टी कोठी भएमा यस्ता ब्यक्ति कलात्मक हुन्छन् । यस्ता ब्यक्तिको प्रेम सम्बन्ध प्रगाढ हुन्छ भने चामत्कारिक काम पनि गर्छन् ।

१५. नाकमा कोठी हुने ब्यक्तिले यात्रा धेरै गर्छन् ।

(घ) गाला

१६. बायाँ गालामा कोठी हुने ब्यक्तिको बौद्धिक क्षमता उच्च हुन्छ । जीवन भने एकनाशको हुन्छ ।

१७. दायाँ गालामा कोठी हुने ब्यक्ति कामुक हुन्छन् । यिनीहरु प्रेमी वा पार्टनरसँग झगडा गरिरहन्छन् ।

१८. दायाँ गालामा कोठी हुने ब्यक्ति धनी हुन्छन् । यस्ता ब्यक्तिलाई पैतृक सम्पति पनि मिल्छ । तर बायाँ गालमा कोठी हुँदा भने खर्चालु हुन्छन् ।

(ङ)  ओंठ 

१९.  बायाँ ओंठमा कोठी हुने ब्यक्ति बढी कामुक हुन्छन् । कामुकताकै कारण यस्ता ब्यक्तिलले जीवनमा समस्या पनि झेल्नु पर्ने हुन्छ ।

२०. दायाँ ओंठमा कोठी भएमा त्यस्ता ब्यक्तिको स्वभाव मौलिक हुन्छ । यिनीहरुको कल्पना शक्ति उत्तम हुन्छ ।

२१. ओंठमा कोठी हुने ब्यक्तिको सोंच केवल काम बासनामा केन्द्रित हुन्छ । कानमा कोठी हुने ब्यक्ति अल्पायुका हुन्छन् ।

(च) चिउँडो, गर्धन, हत्केला र छाती

२२. जसको चिउँडोमा कोठी हुन्छ त्यस्ता ब्यक्ति अलि परंपरावादी सोंचका हुन्छन् ।

२३. गर्धनमा कोठी हुने ब्यक्तिलाई बढि आराम चाहिन्छ र आराम पनि मिल्छ ।

२४. दाहिने हत्केलामा कोठी हुने ब्यक्ति बलबान हुन्छन् । बायाँ हत्केलामा कोठी हुने ब्यक्तिको स्त्रीसँगको प्रेम बढी र बलियो हुन्छ ।

२५. दायाँ छातीमा कोठी हुने ब्यक्ति स्त्रीसँग नजिकिन्छन् । पत्निलाई पनि अधिक प्रेम गर्छन् । बायाँ छातीमा कोठी हुने ब्यक्तिको भने कसै न कसैसँग झवडा भैरहन्छ ।

यो पनि पढ्नुहोस्

हाँस्ने तरिकावाट नै थाहा हुन्छ तपाईको स्वभाव

दाँत हेरेर सजिलै थाहा पाउन सकिन्छ मानिसको स्वभाव र भाग्य

खुट्टाको औलाको आकारबाट थाहा पाउनुस् मानिसको स्वभाव

कुन महिनामा जन्मेका केटी मान्छेको स्वभाव कस्तो ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!