जीवन-दर्शन

विश्वासको चमत्कार

– स्वेट मार्डेन । मह बनाउने माहुरीसँग जो पनि परिचित छन । सबैलाई यो राम्रो सँग थाहा छ कि माहुरीले कसरी तिल तिल गरेर मह जम्मा पार्छ । माहुरीले कहीबाट एकै चोटी मधुको भन्डार पाएको हुँदैन । उसको चाकामा भरिएको मह उसको मेहनतको परिणाम हो । त्यसैगरी तपाईंले पनि तिल तिल गरेर सफलताको मह जम्मा गर्नु छ । कसैले तपाईंलाई सफलता तपाईंको हातमा दिन आउने छैन ।

मह बनाउने माहुरीले झै परिश्रम गर्नेबारे सोच्नुस् । सफलताले तपाईंको कदम अवस्य चुम्नेछ । परिश्रम कसरी र कति गर्ने त्यो तपाईं आफुमा भर पर्छ । जति धेरै परिश्रम त्यति धेरै सफलता हात पर्ने निश्चित छ । परिश्रमको साथ साथमा आफुमा आफ्नो परिश्रमप्रति विश्वास हुनु पनि जरुरी छ । विश्वासको आफ्नै महत्व छ ।

विश्वास एउटा चमत्कारको नाउ हो । जब विश्वास गहिरोसँग आफ्नो मनमा बस्छ तब अवस्य फलदायी नतिजा निस्किन्छ । जबसम्म आफुमा विश्वास हुँदैन हामी केही गर्न सक्दैनौ । पहिला आफुमा विश्वास गर्न सिकौ अनि मनमा प्रसन्नता लिएर परिश्रम गरौ । प्रसन्नता ईश्वरले दिएको एक उच्चकोटिको बरदान हो । यसले मानिसलाई अतिरिक्त शक्ति प्रदान गर्छ । प्रसन्नतालाई जब विश्वासको सहारा मिल्छ तब एउटा नयाँ शक्तिको उत्पति हुन्छ ।

विश्वास एक प्रकारले राम बाण जस्तै हो । अटुट विश्वास जीवनको हरेक इच्छा पूरा गर्न मदतगार साबित हुन्छ । विश्वास एक चमत्कारी भावना हो । यदि आफुलाई विश्वास छ कि अमुक कार्य भएरै छाड्छ त्यो काम प्रयत्न गरेमा अवस्य पूरा हुन्छ । विश्वासले मानिसलाई बल दिन्छ, शक्ति दिन्छ, काम गर्ने क्षमता दिन्छ । यदि आफुलाई विश्वास छैन त्यो काम हुन्छ कि हुँदैन भनेर भने उक्त काम गर्ने इच्छा हुँदैन प्रयत्न गरिदैन र त्यो काम कहिले पूरा हुँदैन । त्यसैले आफुले आफुलाई विश्वास गर्ने बानी बसालौ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!