जीवन-दर्शन

मनको सँकल्प

– स्वेट मार्डेन । आफ्नो जीवनमा सफलता प्राप्त गर्ने व्यक्ति कुनै विशेष या दैवी शक्ति लिएर आएको हुँदैन । ऊ पनि तपाईं हामी जस्तै नै हो । आखिर सफलताको रहस्य के हो ? उनीहरु सफल किन हुन्छन र तपाईं हामी किन असफल ? यदि तपाईं इमान्दार भएर उनीहरुको र आफ्नो जीवन दाजेर हेर्नु भयो भने अवस्य थाहा लाग्नेछ कि रहस्य के हो ? मनको सँकल्पले सफलतातर्फ उन्मुख गराउछ ।

सफल मानिसहरुलाई देखेर हामी उनीहरुप्रति इर्श्याको नजरले हेर्न थाल्छौ  । ऊप्रति आस्चर्य प्रकट गर्न थाल्छौ  । त्यस व्यक्तिको जीवनलाई नजिकबाट हेर्न सक्दैनौ कि जसको कारण त्यो मान्छे यति सफल छ । सफलताको रहस्य केवल उसलाई मात्र थाहा छ जो त्यो व्यक्तिले प्राप्त गरिसकेको छ । उसलाई थाहा छ कति कठिन परिश्रम र संघर्षको कारण उसले यो सफलता प्राप्त गरेको छ ।

धेरै जसो मानिसलाई यो भ्रम छ कि कुनै व्यक्तिको सफलताको पछाडि उसको पारिवारिक वातावरण, प्रशिक्षण, शिक्षादीक्षा र सम्पत्तिको महत्व हुने गर्छ । मानिसलाई यो भ्रम छ कि नेताको छोरा नेता, साहुको छोरा साहु र धनी बाबुको छोरा धनी नै हुन्छ तर वास्तविकता यो होइन । केही हदसम्म यो कुरालाई मान्न सकिन्छ तर उसमा गुण र सामर्थ्य छैन भने उसले के गर्न सक्छ ?

सफलता प्राप्त गर्नुमा सबभन्दा महत्वपूर्ण योगदान मनको रहन्छ । जबसम्म मनले सँकल्प लिदैन कि म के गर्न सक्छु गरेरै छोड्छु, केही गर्न सकिदैन । मनमा बलियो र दृढ सँकल्पको साथ साथै सधैं सुविचार राख्न पनि जरुरी छ । सुविचारले नै मानिसको जीवन स्वस्थ र व्यक्तित्वशाली बनाएर राख्छ । केही समयको लागि तपाईंले यसो गरेर हेर्नुस् तपाईंले अवस्य महसुस गर्नु हुनेछ कि तपाईंको स्वास्थ्य र व्यक्तित्व चम्किन थालेको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!