जीवन-दर्शन

आत्मविश्वासको फल

स्वेट मार्डेन। सभ्यताको आश्चर्यजनक विकासको इतिहास उनीहरुको अनगिन्ती ज्ञात अज्ञात प्रयत्नको फल हो । जसले अनेक समस्याहरुसँग लडेर मनुस्यलाई ढुङे युगबाट निकालेर आजको रकेट्को युगसम्म लिएर आएको छ । यिनै कर्मठ मानिसहरुले जे कष्ट गरेको छ जे समस्या भोगेको छ , के हामीले त्यस्को कल्पना मात्र गर्न सक्छौ ? आत्मविश्वासको फल मिठो हुन्छ ।

कति कष्ट गरेर उनीहरुले हामीलाई त्यो जङली ढुङे युगबाट अहिलेको कम्प्युटरको युगसम्म ल्याइ पुर्‍याएको होला । यदि यी कर्मठ मानिसहरु आफ्नो मुक साधना नलागेको भए के आजको मनुस्यको यो रुप हुन्थ्यो त ?

सफलता घर बसेर पाइदैन । सफलता पाउनको लागि दृढ आत्म विश्वासको आवश्यकता पर्दछ । प्रकृति स्वयमले हामीलाई यो कुराको शिक्षा दिन्छ कि सफलताको रहस्य के हो ? कुनै रुखलाई उम्रिन पहिले बिउ छर्न आवश्यक छ , त्यसैगरी सफलता पाउनको लागि पहिला त्यस्को बिउ छर्न आवश्यक छ ।

हाम्रो सम्पूर्ण ज्ञान, योग्यता यदि हामीमा आत्मबिश्वास छैन भने सबै ब्यर्थ हो, आत्मविश्वासको अभावमा त्यो योग्यता र ज्ञानले कहिले साथ पाइदैन ।यो कुरालाई अवस्य मनन गर्नु आवश्यक छ कि चोरी भएको धन पाउन सकिन्छ । कठिन कठिन रोगको उपचार सम्भव हुन्छ तर आफ्नो आत्मविश्वास हरायो भने त्यो पाइने छैन । आत्मविश्वास नै सफलताको सबैभन्दा ठुलो शक्ति हो ।

संसार आँफै बदलिने होइन त्यसलाई बदल्नु पर्छ । जब हामी त्यसलाई बदल्ने कोशिस गर्छौ तब न यो सम्भव हुन्छ । यदी मानिसमा आत्मविश्वासरुपी शक्ति छ भने जे पनि गर्न सक्छ । संसारमा यस्तो कुनै काम छैन जो मानिसले गर्न सक्दैन । मानिसले सबै गर्न सक्छ त्यसको यथेस्ट प्रमाणहरु हाम्रो सामु छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!