जीवन-दर्शन

सफलता सम्वन्धी महापुरुषहरुका कथनहरु

सफलता सम्वन्धी महापुरुषहरुका कथनहरु तल प्रस्तुत गरिएको छ ।

मानिसले गर्न नसक्ने काम केही छैन तर गर्नलाई मानिसलाई साहसको आवश्यकता पर्छ । – कार्लाईल

तिमी आँफै आफ्नो जीवन बनाउन र बिगार्न सक्छौ , सोच र गर । – अल्वा एडिसन

मर्नु भन्दा अगाडि केही गरेर देखाऊ । – अरस्तु

आफ्नो भलाई चाहन्छौ भने केही काम गर , अल्छीपना त्याग तिमीले सबै पाउने छौ । – टिंगसन

जसले आफ्नो समय बरबाद गर्‍यो उसले यो बुझे हुन्छ कि उसको एउटा पनि इच्छा पूरा हुँदैन , उसको जीवन सदा दु:खमय बित्नेछ । त्यसैले समयलाई चिन । – ब्रर्टेण्ड रसेल

आफ्नो जीवनका यी शत्रुहरुलाई चिन : १) अल्छीपना, २) चिन्ता, ३) अरुको भर र ४) समयको दुरुपयोग । यी ४ शत्रुमाथि विजय पाउने कोशिस गर, तिमीले जे चाहन्छौ त्यो पाउनेछौ । – सँत पितर

इच्छा के हो ? तपाईंको कार्य क्षमताको परीक्षा हो । – स्टेनबैक

मैले जे चाहे त्यो पाएँ । तर त्यसको लागि मैले के के गर्नु पर्‍यो त्यो केवल मलाई मात्र थाहा छ , मेरो जीवन यसको प्रमाण हो । – रुजवेल्ट

उठ, तिमी के चाहन्छौ ? म तिमीलाई सबै दिन्छु तर पहिला आफुले आँफैलाई चिन । – अरस्तु

अरे मानिस , आफ्नो एक सेकेण्ड समय पनि खेर नफाल, सावधान तँलाई पछुताउनु पर्ला । केही गर्नुछ भने समयको सदुपयोग गर । – रिचर्ड जानसन

पागल हो ऊ जो आफुलाई भाग्यमानी हुँ भन्छ । – जर्ज वर्नार्ड शा

प्रसिद्दी प्रत्येक मानिसले प्राप्त गर्न सक्छ तर दुइ प्रकारको बाटो छन  ।  एउटा बाटो राम्रो काम गरेर अर्को नराम्रो काम गरेर । राम्रो काम गरेर प्रसिद्दी धेरै तपस्या गरेर पनि ढिलो मात्र पाईन्छ भने नराम्रो काम गरेर रातारात । अब यो तपाईंको आफ्नो निर्णय हो कि प्रसिद्दी कसरी पाउने ? – सैमुअल वोन

दिनहीन जीवन कायरले मात्र जिउने गर्छ , के तपाईं कायर हो ? – माइकल फराडे

हामी आफ्नो भाग्यको बिधाता आफु स्वयम हौ । – अरस्तु

स्वस्थ मानिसले नै जीवनमा प्रगति गर्न सक्छ । – डाक्टर हार्मोन

तिमीले आफ्नो खुट्टामा आँफै बन्चरो हान्छौ जब आफ्नो समय बरबाद गर्छौ र पछि तिमीलाई पश्चाताप हुन्छ । त्यसैले अहिले नै होसियार हुनु । – अरस्तु

स्वास्थ्य छ त सबै छ स्वास्थ्य छैन त केही छैन । – लाँगफेलो

जे भयो भई सक्यो त्यसलाई भुलीदिनु , काम गर अझै समय छ । – एड्गर एलन पो

के भाग्य ईश्वरको हातमा छ ? होइन यो त अल्छिहरुको नारा हो । नत्र सबै कर्मठ व्यक्तिहरुको भाग्य सधैं उज्ज्वल किन हुन्छ ? – वर्डसवर्थ

दु:ख के सुख के सबै तिम्रै हातमा छ । – शेक्सपियर

मनको भावनाको दशाको नाम नै सुख र दु:ख हो । – ईबने बतुता

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!