विज्ञान जिज्ञासा

सिन्दुर किन लगाइन्छ ?

हिन्दू परम्परा र मान्यता अनुसार हरेक विवाहिता महिलाले आफ्नो सिउँदोमा सिन्दुर लगाउने गर्दछन । महिला विवाहित कि अविवाहित भन्ने छुट्याउने पहिचान पनि हो सिन्दुर । यसलाई महिलाले सौभाग्यको प्रतीकको रुपमा आफ्नो टाउकोमा धारण गर्ने गर्दछन् । कपाललाई दुईतिर फर्काएर सिउँदो बनाएर आफ्नो पतिको सौभाग्य र सम्मानको रुपमा यो हरेक विवाहित महिलाले लगाउनैपर्ने बाध्यता जस्तै छ हिन्दू संस्कारमा ।

विवाहिता महिला सिउँदोमा यो लगाउँदा आफूलाई गौरवान्वित ठान्दछन् । महिलाले सिउँदोमा लगाउने यो उनीहरुको सधैँ सौभाग्य बनाइ राख्ने मान्यता छ । हिन्दू एक प्राचीन मान्यता अनुसार देवी पार्वतीले आफ्नो पति महादेवको सम्मानको खातिर आफ्नो जीवन आहुती दिएकि थिइन् । जसले गर्दा सिन्दुर देवी पार्वतीको प्रतीक मानिन्छ । यसैले भनिन्छ जो महिला आफ्नो सिँउदोमा यो लगाउँछिन् देवी पार्वतीको हात उसको शीरमा सँधैभरी रहन्छ र देवी पार्वती हरेक समय उनको पतिको रक्षा गर्छिन् । 

ज्योतिषशास्त्रका अनुसार मेष राशिको स्थान शीरमा हुन्छ । मङ्गल मेष राशिको स्वामी ग्रह हो किनकी मङ्गल ग्रहको रङ रातो हुन्छ । रातो रङलाई शुभ मानिन्छ । साथै यसलाई सौभाग्यको सङ्केतको रुपमा पनि मानिन्छ ।  यसैले सिन्दुर शीरमा लगाउनु अत्यन्तै शुभ हुन्छ । 

यो पनि पढ्नुहोस् 

साउन महिनामा काँचका हरियो चुरा लगाउने वैज्ञानिक कारण के ?

मंगलसुत्र लगाउनाको वैज्ञानिक कारण के ?

खुट्टामा औठी लगाउनुको वैज्ञानिक कारण के ?

पाउजु पहिरिनुको वैज्ञानिक कारण के ?

कानमा पहिरिने बाली र झुम्काको वैज्ञानिक कारण के ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!