विज्ञान जिज्ञासा

डिजिटल सिग्नेचर (Digital Signature) भनेको के हो ? नेपालमा डिजिटल सिग्नेचरको बारेमा बताउनुहोस् ?

प्रिण्ट गरिएका कागजातमा प्रमाणीकरणका लागि हस्ताक्षरको प्रयोग भए जस्तै समान प्रयोजनका लागि डिजिटल तथा विद्युतीय सामग्रीमा हुने एक किसिमको हस्ताक्षर नै डिजिटल हस्ताक्षर हो । त्यसबाट वास्तविक निवेदकको पहिचान अथवा प्रामाणिकता हुन्छ । तर यस्तो हस्ताक्षरलाई प्रत्यक्ष रूपमा देख्न भने सकिन्न । सूचनामूलक सामग्रीमा डिजिटल हस्ताक्षर गोप्यरूपमा समावेश भएको हुन्छ ।

डिजिटल सिग्नेचर विद्युतीय माध्यमबाट काम कारबाही गर्नको लागि कार्डमा दिइने एउटा पिन कोड हो । जुन कोडले सूचनाहरु सुरक्षित माध्यमबाट आदानप्रदान गर्न सकिन्छ । यसको प्रयोगबाट सूचनाहरु कम्युटरमा मात्रै सुरक्षित किसिमले भरपर्दो गरी आदानप्रदान गर्न सकिन्छ । यसको प्रयोगबाट अनलाइनमा हुने कारोबार भरपर्दो र सुरक्षित हुन्छ। डिजिटल सिग्नेचर प्रयोग गर्नको लागिजोडी साँचो (एउटा सार्वजनिक सांचो र अर्को निजी साँचो) को आवश्यकता पर्दछ ।

ई-कमर्स, ई-कारोबार आदिको इन्टरनेटमा बढ्दो प्रभाव तथा समाजमा यसको सचेतता बढ्दै गएको परिप्रेक्ष्यमा ई-सिग्नेचरको साँचो देखिन्छ । डिजिटल सिग्नेचर भनेको तपाईंको हस्ताक्षरको डिजिटल कपी अथवा स्वरुप होइन, यसले आधुनिक इन्त्रिप्सनको प्रविधिलाई अपनाउँदै पासवर्ड तथा अन्य टुलहरूका सहायताले यसलाई तपाईंकै डिजिटल सिग्नेचर हो भन्ने प्रमाणित गराउनु हो ।

नेपालमा डिजिटल सिग्नेचर

सरकारले डिजिटल हस्ताक्षर (डिजिटल सिग्नेचर)लाई पूर्ण रुपमा लागू गरेको छ । विद्युतीय कारोबार ऐन २०६३ र नियमावली ०६४ जारी भएको लामो समयपछि डिजिटल हस्ताक्षर लागू हुन लागेको हो । विज्ञान तथा प्रविधि मन्त्रालय मातहतमा प्रमाणिकरण नियन्त्रकको कार्यालय रहेको छ । २०६३ सालमा विद्युतिय कारोबार ऐन आएको थियो । प्रमाणिकरण गर्ने निकायका रुपमा डिजिटल सिग्नेचरलाई प्रयोग गर्ने अभियानमा कम्पनी खोलिएको थियो । यसले इ-कारोबारको आधिकारिकता हामीले नै गर्ने हो । कसैले पठाएको इमेलेका आधिकारीकताले हामीले न गर्ने हो । मुख्य कुरा भनेको इ-नेपाल बनाउने अभियानलाई सार्थक बनाउने पहिलो काम भनेको डिजिटल सिग्नेचर कम्पनीले नै गर्छ ।

नेपालमा जति पनि विद्युतीय कारोबार हुन्छ। त्यहाँ डिजिटल हस्ताक्षर अनिवार्य लागू गर्नुपर्ने हुन्छ र यसलाई कानूनी मान्यता समेत प्राप्त हुन्छ । विद्युतीय कारोबारको मेरुदण्ड वा अनिवार्य सर्त भनेकै डिजिटल हस्ताक्षर हो। सूचना प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय विभिन्न किसिमका अपराधसमेत बढिरहेको छ । डिजिटल हस्ताक्षरले यस्ता अपराध नियन्त्रण गर्नसमेत मद्दत हुनेछ । डिजिटल हस्ताक्षरले सूचनाको सुरक्षा, इ-बैंकिङ, एसएमएस बैंकिङजस्ता विद्युतीय कारोबारमा आधारित सेवामा प्रभावकारिता आउने र भरपर्दोसमेत हुनेछ ।

हिजो अनलाइन फारम भर्दा र अनलाइन कारोबार गर्ने क्रममा सम्वन्धीत व्यक्तिले इन्कार गरेको खण्डमा त्यसलाई प्रमाणित गर्ने आधार नभएको अवस्था थियो । सरकारले रेडियन्ट इन्फोटेक नेपाल प्रा.लि. नामक कम्पनीलाई विधुतीय हस्ताक्षर प्रदान गर्नको लागि लाइसेन्स दिएर नियुक्त गरिसकेको छ । क्षमता अभिवृद्धिका निम्ति इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी)सँग सम्झौता भई यस क्षेत्रमा धेरै काम सकेको छ । फस्टाउँदो विद्युतीय कारोबारका लागि मुलुकमा डिजिटल हस्ताक्षर अत्यावश्यक भइसकेको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!