विज्ञान जिज्ञासा

सार्वजनिक साँचो (Public Key Infrastructure-PKI) भनेको के हो ?

विद्युतीय हस्ताक्षर Public Key Infrastructure (PKI method)  मार्फत बनाइएको हुन्छ । यसअनुसार विद्युतीय हस्ताक्षरमा एउटा सार्वजनिक साँचो (public key )  र अर्को निजी साँचो (private key)  हुन्छ । सार्वजनिक साँचो अरुलाई पनि थाहा हुनसक्छ । तर, निजी साँचो आफूबाहेक कसैलाई पनि थाहा दिनुहुन्न । कुनै पनि सूचना पठाउँदा प्राप्तकर्ताको सार्वजनिक साँचोद्वारा विद्युतीय हस्ताक्षर गरी पठाइएको छ भने प्राप्तकर्ता कै निजी साँचोबाट मात्र त्यो सूचना खुल्छ, अन्यथा खुल्दैन । यसरी सूचना प्रवाह गर्दा विद्युतीय माध्यमद्वारा गरिने कारोबारमा आधिकारिकता, गोपनीयता रहने साथै आफूले गरेको कारोबारलाई नकार्न नसकिने हुन्छ । डिजिटल सिग्नेचरको सन्देशले स्रोतलाई आधिकारिकता प्रदान गर्छ ।

डिजिटल हस्ताक्षरको निजी साँचो (private key) सम्वन्धीत व्यक्तिसँग गोप्य रूपमा रहने हुँदा हस्ताक्षरित सन्देश सम्वन्धीत व्यक्तिबाटै प्राप्त भएको हो भन्ने प्रमाणित हुन्छ । प्रेषकको आधिकारिकताको अत्यधिक महत्त्व रहने क्षेत्रहरू जस्तै, आर्थिक क्षेत्रहरूमा यसको महत्त्व अत्यधिक रहन्छ । डिजिटल सिग्नेचरको प्रयोगले प्रेषित सन्देशलाई प्रापकले प्राप्त गर्नुभन्दा अगाडि नै परिवर्तन गर्न सकिने सम्भावनालाई निषेध गर्छ । डिजिटल सर्टिफिकेटको सृजना, व्यवस्थापन, वितरण, प्रयोग, भण्डारण र खारेज गर्न आवश्यक हार्डवेयर, सफ्टवेयर, जनशक्ति, नीति र प्रक्रियाहरूलाई समग्र रुपमा Public Key Infrastructure (PKI) भनिन्छ । यो सार्वजनिक साँचोलाई प्रमाणीकरण गर्ने आधिकारिक निकाय वा संस्थाद्वारा सम्वन्धीत प्रयोगकर्तासँग आबद्ध गर्ने व्यवस्था हो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!