विज्ञान जिज्ञासा

फिङ्गरप्रिन्ट सेन्सर (Fingerprint Sensor) ले स्मार्टफोनमा कसरी काम गर्छ ?

केहि समय मोबाइलका गोप्य दस्तावेज र डाटालाई सुरक्षित गर्न पिनकोड, पासवर्ड र प्याटन प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो । तर अब भने त्यो बाध्यताको अन्तय भएको छ । आजकल आउने प्राय: नयाँ स्मार्टफोनमा सेक्युरिटी लक गर्न फिङ्गरप्रिन्टसेन्सर आउने गर्छ । अति नै सुरक्षित मानिएको फिङ्गरप्रिन्ट सेन्सरको प्रयोग गरि मोबाइल लक गर्ने नयाँ युगको प्रारम्भ भएको छ । अब मोबाइल प्रयोगकर्ताले आफ्नो औठा छाप (फिङ्गरपिन्ट) बाट मोबाइल फोन अनलक गर्न सक्नेछन ।यो एमदमै सहज प्रक्रिया मानिएको छ जसका कारण अब प्रयोगकर्ताहरु पासवर्ड र पिन याद गरिराख्न पर्ने झन्झटबाट समेत मुक्त भएका छन ।

एप्पलमा फिङ्गरप्रिन्टसँग सम्वन्धित सफ्टवेयरलाई टच आइडी भनिन्छ । आइफोनको होम बटनमा फिङ्गरप्रिन्ट सेन्सर रहेको हुन्छ । यो लेजरले काटिएको निलमबाट बनेको हुन्छ जसमा स्क्रयाच लाग्दैन । स्क्रायाच लागेको खण्डमा फिङ्गगरप्रिन्ट स्क्यानरले राम्ररी काम गर्न सक्दैन । त्यसैगरी सामसुङ्गमा पनि फिङ्गरप्रिन्ट स्क्यानर होम बटनमा नै समाबेस गरिएको हुन्छ भने अन्य स्माटफोनहरुमा यसलाई स्मार्टफोनको पछाडीपट्टी राखिएको हुन्छ जुन कुनै मेटालिक रिङ्ग जस्तो देखिन्छ ।

ती सेन्सरहरुले क्यापासिटिभ टचको प्रयोग गर्छ जसले प्रयोगकर्ताको फिङ्गरप्रिन्ट डिटेक्ट गर्ने काम गर्दछ । जसका कारण फिङ्गरप्रिन्टको डिजिटल इमेज क्यापचर गर्दछ। फिङ्गरप्रिन्ट सेन्सरको प्रयोग गरेर प्रयोगकर्ताले एक सेकेन्ड भन्दा कम समयमा आफ्नो मोबाइल अनलक गर्न सक्नेछन भने आफ्ना गोप्य दस्ताबेजहरु पनि सहजै लक एवम् अनलक गर्न सक्ने छन । आफ्नो व्यक्तिगत जानकारीहरु गोप्य राख्न यस प्रविधिलाई प्रभावकारी मानिएको छ । फिङ्गप्रिन्ट सेन्सर प्रविधि सहज र सुरक्षित मानिएको प्रविधि हो । मोबाइल खरिदकर्ताहरुको फिङ्गरप्रिन्ट सेन्सर प्रतिको क्रेजलाई मध्यनजर गरि फिङ्गरप्रिन्ट सेन्सरयुक्त बजेट स्मार्टफोनहरुको विकासमा मोबाइल विकासकर्ताहरुको ठूलो हिस्सा त्यसतर्फ अग्रसर भएको देखिन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!