विज्ञान जिज्ञासा

फिङ्गर प्रिन्ट सेन्सर र पिन पासवर्डमा कुन बढी सुरक्षित?

आजकल आउने स्मार्टफोनमा सेक्युरिटी लक गर्न पिन, प्याटर्न लक, पासवर्ड,फिङ्गर प्रिन्ट सेन्सरका साथै अन्य विकल्प पनि हुन्छन् । धेरै प्रयोगकर्ता पासवर्डकोरुपमा पिन प्रयोग गर्छन् । साथै अहिलेका स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सर हुन्छ । पासवर्डका रुपमा पिन र फिङ्गप्रिन्टका फाइदा पनि छन् र बेफाइदा पनि । स्मार्टफोनमा सेक्युरिटी लकका लागि पिनको प्रयोग गरिएपछि थाहा पाउन निकै गाह्रो हुन्छ । तर प्रयोगकर्ताले कुन फोन प्रयोग गरिरहेको छ भन्ने विषयमा पनि भरपर्छ । ब्ल्याकबेरी र आईफोनमा १० पटक गलत पिन राखिएको खण्डमा फोन लक हुन्छ। तर एन्ड्रोइड फोनमा यस्तो फिचर हुँदैन ।

सेक्युरिटी विज्ञका अनुसार एन्ड्रोइड फोनमा यसका अलावा अन्यसेक्युरिटी फिचर नभएमा फोनको पावसर्ड थाहा पाउन सकिन्छ । यस्तोस्थितिमा एन्ड्रोइड डिभाइसमा भएको डाटा इन्क्रिप्ट गर्नु जरुरी छ । यसो गर्नाले डिभाइस अफ गरेर अन गर्दा एक छुट्टै पासवर्ड राख्नु पर्ने हुन्छ । डिभाइसको डाटा सुरक्षित गर्न र कुनै अन्य व्यक्तिबाट फोन बचाउने योतरिका उपयुक्त हुनसक्छ।अहिले बजारमा फिङ्गर प्रिन्ट फिचर भएका फोन उपलब्ध छन् । प्रयोगकर्ता यसलाई सबैभन्दा सजिलो र सुरक्षित तरिका मान्छन् । तर सेक्युरिटी विज्ञका अनुसार फिङ्गरप्रिन्ट सुरक्षित छैन । कुनै पनि ह्याकरले सजिलैसँग फिङ्गरप्रिन्ट लक तोड्न सक्छ । ह्याकरले ‘ह्याक्सडे’ नामक ब्लगमा यसबारे उल्लेख गरेका छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!