विज्ञान

नासाद्वारा चन्द्रमाका लागि शक्तिशाली रकेट प्रक्षेपण

एजेन्सी । अमेरिकी स्पेस एजेन्सी नासाले चन्द्रमातर्फ पठाउने हालसम्मको सबैभन्दा शक्तिशाली रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । यो प्रक्षेपणतोस्रो पटकको कोसिसमा सफल हुन भएको हो ।

यसअघि अगस्ट र सेप्टेम्बरमा यसको प्रक्षेपण रोकिएको थियो । यो नासाको आर्टेमिस मिसनको हिस्सा हो जसअन्तर्गत ५० वर्षपछि एक पटक पुन मानिसलाई चन्द्रमामा पठाउने तयारी भइरहेको छ ।

यो रकेटको पहिलो मिसन हो जसमा कुनै अन्तरिक्ष यात्री सवार हुने छैनन् । तर यदि यो मिसन सफल रह्यो भने भविष्यमा यो रकेटमाफर्त् अन्तरिक्ष यात्री मिसनमा जान सक्नेछन् । यदि सबैकुरा ठिक भएमा सन् २०२४ देखि मानिसले फेरि चन्द्रमामा पाइला राख्न सक्नेछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!