धर्म-सस्कृति

गायत्री मन्त्रको अर्थ र महत्व

गायत्री मन्त्र हिन्दू धर्मको सर्वाधिक महत्त्वपूर्ण मन्त्र हो । हिन्दु धर्मका प्राय: सबै मन्त्रहरु शक्तिशाली मानिन्छन् तर सबै मन्त्रहरुमध्ये गायत्री मन्त्रलाई वेदको सर्वश्रेष्ठ मन्त्रको रुपमा मानिदै आएको छ । २४ शब्दबाट बनेको भगवान सूर्यको स्तुतिमा गाइने यस मन्त्र चार वेदबाट आएको हो । हामी धर्मशास्त्रमा विश्वास हुने हिन्दुहरु प्राय: बिहान गायत्री मन्त्र जप्ने गर्छौ तर हामी धेरैलाई गायत्री मन्त्र के हो भन्ने थाहा भएपनि यसको अर्थ र महत्व थाहा नहुन सक्छ ।

गायत्री मन्त्र : ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्

गायत्री मन्त्रको अर्थ

ॐ = प्रणव (प्रभु)
भू = प्राणस्वरुप (मानवलाई प्राण दिने)
भुवः = दु:खनाशक (दु:खको नाश गर्ने)
स्वः = सुख स्वरुप (सुख प्रदान गर्ने)
तत् = त्यो
सवितु: = तेजस्वी (सुर्य जस्तै उज्वल)
वरेण्यं = श्रेष्ठ (सबैभन्दा उत्तम)
भर्गो = कर्मको उद्धार गर्ने,
देवस्य = प्रभु
धीमहि = धारण (धारण गर्ने)
धियो = बुद्धि
यो = जसले
नः = मलाई
प्रचोदयात् .= (प्रेरित ) असल मार्गमा प्रेरित गरून्

गायत्री मन्त्रको छोटकरी अर्थ

सजिलो गरी भन्दा, सृष्टिकर्ता प्रकाशमान परमात्माको प्रसिद्ध तेजको हामी ध्यान गर्छौं । ती परमात्माले हाम्रो बुद्धिलाई असल मार्गतर्फ प्रेरित गरून् ।

अर्थात प्राणस्वरूप, दुःखनाशक, सुखस्वरूप, श्रेष्ठ, तेजस्वी, पापनाशक, देवस्वरूप परमात्मालाई हामी अन्तःकरण धारण गरौं । परमात्मा हाम्रो बुद्धिलाई सत्मार्गमा प्रेरित गर्नुहोस् ।

गायत्री मन्त्रको महत्व

गायत्री साधनाद्वारा आत्माको शुद्ध स्वरूप प्रकट हुन्छ र अनेक ऋद्धि र सिद्धिहरू उपलब्ध हुन्छन् । गायत्री साधनामार्फत साधकले सांसारिक सुख एवं आत्मिक आनन्द प्राप्त गर्दछ । गायत्री मन्त्रका अक्षर यस्तो विचित्र र रहस्यमय छ कि यसको उच्चारण मात्रले पनि जिभ्रो, घाँटी एवं तालुमा भएका नाडी र तन्तु अद्भुत क्रममा सञ्चालन हुन थाल्छन् । गायत्रीको जपबाट अनायास एक महत्वपूर्ण योग साधना हुन थाल्छ र गोप्य शक्तिकेन्द्रको जागरणबाट साधकलाई आश्चर्यजनक लाभ हुन थाल्छ ।

गायत्री मन्त्रको प्रभाव हुनको लागि गायत्री मन्त्र जप गर्नैपर्छ भन्ने छैन यसलाई सुन्दा मात्र पनि मन्त्रको असर मानिसको जिवनमा पर्ने जर्मनका बैज्ञानिकहरु बताउँदछन् । गायत्री मन्त्रको विश्वासका साथ जप गर्दा हर किसिमको समस्याबाट छुटकारा मिल्न सक्दछ भन्ने विश्वास रहेको छ । गायत्री मन्त्रले सिधै मानिसको शारिरक र मानसिक स्वास्थमा प्रभाव पार्दछ । यदि कुनै मनुष्य यो मन्त्रलाई नियमित रुपमा जप गर्दछ भने उ भित्र उत्साह र सकारात्मकता पैदा हुन्छ भने अनुहारमा चमक बढाउँदछ । तामसिकतासंग घृणा लाग्न थाल्दछ। प्रभुमा रुचि जाग्दछ,पुर्व आभास हुन थाल्दछ, आँखामा तेज उत्पन्न हुन्छ, क्रोध शान्त हुन्छ, ज्ञानमा बृद्धि हुन्छ ।

गायत्री मन्त्र

यो पनि पढ्नुहोस्  

जनै किन लगाइन्छ ?

जनै धारण गर्नाका ९ फाइदाहरू

जनैलाई कानमा सिउरिनुको बैज्ञानिक कारण के ?

वैदिक हिन्दु धर्मावलम्बीले टुप्पी किन राख्छन ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!