स्वास्थ्य

लभ हर्मोन ‘अक्सिटोसिन’ बारे रोचक तथ्यहरु

अक्सिटोसिन हर्मोन स्तनधारी जीवमा हुन्छ । यो हर्मोनले नै हामीलाई प्रेम वा लगावको महसुस गराउँछ । अन्य व्यक्तिसँग मेलमिलापका लागि अक्सिटोसिन हर्मोनले प्रेरित गर्छ । यसले मानिसहरुबीच विश्वासको वातावरण सिर्जनामा सहयोग गर्ने पनि बताइन्छ । अक्सिटोसिनले नै आमा र बच्चाबीचको बलियो सम्बन्धलाई कायम राख्छ । त्यसकारण यसलाई ‘कडल केमिकल’ र ‘लभ हर्मोन’ पनि भनिन्छ । अन्य जीवमा पनि अक्सिटोसिनको रोचक असर देख्न पाइन्छ ।

यो पनि पढ्नुहोस्

साँचो माया पाएपछि केटाहरु के गर्छन् ?

मायालुको माया पाउने सुत्रहरु

पुरुषहरुको साँचो माया थाहा पाउने सुत्रहरु

अद्भूत प्रेमी Lovebug अर्थात प्रेमकिरोमा हुने समागम

विश्वका चर्चित ५ प्रेम प्रसँगहरु

कुन राशिका प्रेमी प्रेमिकाको कस्तो हुन्छ स्वभाव

१. अक्सिटोसिन हर्मोन कुकुरमा धेरै हुन्छ

जब कुकुर कुनै व्यक्तिको नजिक आउँछ उनीहरुको शरीरमा अक्सिटोसिनको अत्यधिक श्राव हुन्छ । उनीहरुको नजर कुनै मानिससँग जुध्ने बित्तिकै उनीहरुको शरीरमा अक्सिटोसिन निस्कने गर्छ । यसै कारण कुकुर र मानिसबीचको सम्बन्ध बलियो हुने गर्छ । अनुसन्धानमा पत्ता लागे अनुसार कुकुरमा बिरालोको तुलनामा पाँच गुणा बढी अक्सिटोसिन श्राव हुन्छ ।

२. बाँदरको तौल अक्सिटोसिनले बढाउँछ

मध्य र दक्षिणी अमेरिकामा पाइने मार्मोसेट र टमारिन बाँदरको तौल अक्सिटोसिनका कारण बढ्ने गर्छ । जब पोथी गर्भवती हुन्छन् तब भाले बाँदरको तौल उसको सहानुभूतिले बढ्ने गर्छ किनभने भाले आफ्नो साथीसँग नजिक भएको महसुस गर्छ । यो अक्सिटोसिनको नै कमाल हो । भाले बाँदरमा अक्सिटोसिनबाहेक ओएस्ट्रोजन र प्रोल्याक्टिन हर्मोनको पनि श्राव हुन्छ । यी हर्मोन स्तनपानसँग सम्बन्धित हुन्छ । बच्चाको आगमनपछि यसले भाले बाँदरलाई थप ममतामयी बनाउँछ । मार्मोसेट प्रजातीको बाँदरको पाखुरा मुनी निप्पल हुन्छ । जब पार्टनर गर्भवती हुन्छन् तब उनीहरुको निप्पल ठूलो हुने गर्छ ।

३. अक्सिटोसिन मियरक्याटलाई परोपकारी बनाउँछ

मियरक्याटलाई सामाजिक प्राणीको उत्कृष्ट स्थानमा राखिन्छ । उनीहरु ५० जनाको समूहमा बस्छन्, एकअर्कालाई खाल्डो खन्न सहयोग गर्छन् र सामाजिक खतराको सामना गर्छन् । उनीहरु एकअर्काको बच्चाको हेरबिचार गर्छन्, खाना खुवाउने र सिकाउने काम समेत गर्छन् । तर उनीहरुलाई थप सामाजिक बनाउन सकिन्छ । अफ्रिकामा केही वैज्ञानिकले जब अक्सिटोसिनका केही मात्रा उनीहरुलाई दिए तब उनीहरु अन्य मियरक्याटबारे थप चिन्तित पाइए । उनी अन्य मियरक्याटको हेरबिचारमा ध्यान दिन थाले । उनीहरुको रिस कम भएको पाइयो । बच्चाहरुसँग उनीहरु धेरै समय बिताउन थाले । आफ्नो भागको खाना पनि मियरक्याटले बच्चालाई दिने गर्दथे । उनीहरु आफ्नो साटो अरुका लागि खानाको प्रबन्ध मिलाइरहेको पाइयो ।

Like & Follow us on Facebook

४. अक्सिटोसिनको असर किरामाथि पनि हुन्छ

ब्रिटेनमा जब एक बिटलमाथि अक्सिटोसिनको असरको प्रयोग गरियो तब अचम्मित गरिदिने नतिजा देखियो । उनीहरु आफ्नो बच्चाको धेरै केयर गर्न थाले । जहाँ उनीहरुले खाना लुकाएका थिए उनीहरुले त्यहाँ आफ्ना गर्भवती साथीलाई लिएर गए । बच्चाको जन्मपछि तुरुन्त खाना पाउन सकियोस् भनेर उनीहरुले यसो गरे । किराका लार्भालाई भोक लाग्दा उनीहरु आफ्नो आमा–बुवालाई खुट्टाले चलाउँछन् । त्यसपछि आमा–बुवाले उनीहरुलाई खाना दिन्छन् ।

५. मुसाको व्यवहार परीवर्तन हुन्छ

अमेरिकाका चर्चित मैदानी इलाका प्रेयरीमा पाइने मुसा एकनिष्ठ हुन्छन् । उनीहरु एउटा साथीसँग जीवन बिताउँछन् । उनीहरुबाट पैदा हुने बच्चाको ख्याल राख्छन् । यस्तै, घाँसे मैदानमा पाइने मुसा थुप्रै पोथीसँग सम्बन्ध राख्छन् । बच्चाको अलिकति पनि हेरविचार गर्दैनन् ।उनीहरुलाई आफ्नो साथीको अलिकति पनि पर्वाह हुँदैन । वैज्ञानिक यसलाई अक्सिटोसिनको असर बताउँछन् ।

६. मुसालाई सुम्सुम्याउँदा रक्तचाप घट्छ

बन्द कोठामा पालेका मुसालाई खुवाउने बेला सुम्सुम्याउने बेला उनीहरुको रक्तचाप कम हुन्छ किनभने उनीहरु आफ्नो आमा–बुवाको छुवाईबाट टाढा हुन्छन् । यसलाई अक्सिटोसिनको असर भनिन्छ जसले रक्तचापलाई कम गर्न सहयोग गर्छ । अर्थात्, एउटा कसिलो अँगालोको असर निकै तगडा हुन्छ । (रातोपाटीको सहयोगमा)

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!