कृषि

कुखुराबाट लाखौंलाख

पछिल्लो समय निकै लोकप्रिय रहेको यस व्यावसाय नेपालका करिब ६४ जिल्लामा सफलतापूर्वक संचालित छन् । ‘एग बास्केट’ मानिने जिल्ला चितवनमा मात्रै ब्रोईलर फार्म, लेयर्स फार्म र ह्याचरी गरि करिब दुई हजार कुखुरा फार्महरु संचालित छन् । केन्द्रिय तथ्यांक बिभागको पछिल्लो जानकारी अनुसार चितवनमा संचालित करिब ७५% कुखुरा फार्महरु नाफामा छन् । चितवन लगायत काभ्रेपलान्चोक, सुनसरी, दाङ, धादिङ, सिन्धुली आदि कुखुरा पालनको हिसाबले महत्त्वपूर्ण हिस्सा ओगटेका जिल्लाहरु हुन् ।

थोरै लगानीमै धेरै आम्दानी लिन सकिने यस व्यावसायप्रती पछिल्लो समय व्यावसायिहरु निकै उत्साहित छन् । करिब १० बर्ष देखि कुखुरा पालन गरिरहनु भएका चित्रवन नगरपालिका फूलबारी निवासी ५८ बर्षिय केशवराज आचार्य आफ्नो व्यावसायबाट निकै सन्तुष्ट हुनुहुन्छ । करिब १० कठ्ठामा व्यावसाय संचालन गरिरहनुभएका व्यावसायी आचार्यको खोरमा करिब नौ हजार लेयर्स कुखुरा छन् । उपयुक्त हेरचाह, हावापानी तथा अनुकुल वातावरण मिलाउन सके एक सिजनमा करिब १५ लाख सम्म आम्दानी मात्र हुने व्यावसायि बताउनुहुन्छ । व्यावसायी आचार्यको फार्ममा तीन जना व्यक्तिले रोजगार समेत पाएका छन् ।

त्यस्तै अनुभव छ रामपुर-०२ निवासी अर्का कुखुरा व्यावसायी ४९ बर्षिय प्रकाश अधिकारीको । करिब १७ बर्ष यस क्षेत्रमा बिताउनु भएका व्यावसायी अधिकारीको पनि करिब १० कठ्ठामै व्यावसाय संचालित छ । व्यावसायी अधिकारी पनि उपयुक्त स्याहार सुसार दिन सके एक सिजनमा करिब १० देखि १५ लाख आम्दानी लिन सकिने बताउनुहुन्छ । पूर्व पश्चिम मोड फर्केको जमीन कुखुरा पालनको लागि सुहाउने व्यावसायी बताउनुहुन्छ ।

सानो जग्गामै थोरै लगानीका साथ सफलतापूर्वक संचालन गर्न सकिने कुखुरा पालन व्यावसाय भरपर्दो पेशा हो । माथिका दुई व्यावसायिहरु त यसका केही उदाहरण मात्र हुन् । नियमित स्याहार सुसार, खोरको व्यवस्थापन, दानापानी तथा विभिन्न रोगप्रतिरोधात्मक भ्याक्सिनको उचित व्यवस्थापन गर्न सके कुखुरा पालन निकै फस्टाउन सक्छ । स्वदेशी सीप र श्रम बिदेशमा पोख्न आतुर युवाहरूलाई नेपालमै रोकि यस व्यावसाय तर्फ आकर्षित गर्न सके स्वदेशमै लाखौं लाख कमाउनेमा दुई मत नहोला ।

साभार : युवा कृषि डिजिटल पत्रीका

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!