हेल्थ टिप्स

स्वास्थ्यको लागि गाजर खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

गाजर पौष्टिकतत्वले भरिपुर्ण छ । गाजरमा प्रशस्त भिटामिन ए लगायत अन्य तत्व पनि प्रशस्त पाइने भएकाले यो बहुउपयोगी देखिन्छ । सलादको रूपमा होस या गाजरको हलुवा होस या गाजरको खीर किन नहोस सवै पौष्टिक गुणले भरिपूर्ण छ । गाजरलाई अंग्रेजीमा केरट रूट (Caroot-Root) लेटिनमा डाकस कैरोट (Daucus Carota) भन्दछन् । गुप्त रोगमा यसको प्रयोग उत्तम मानिएको छ । गाजरलाई पुरूष शक्तिबर्धकको रूपमा प्रयोग गर्न सकिन्छ ।

गाजरको हलुवा बनाएर खानाले विर्य पुस्ट हुनाको सथै शरिर हृष्ट पुस्ट हुने कुरा उल्लेख गरेको छ । नयाँ खोजले यस्तो कुरा पत्तालागेको छकी हामीले गाजरलाई साधारण रूपमा हेर्ने गरेका छौं । गाजरमा भिटामिन ए,बी,सी, आएर,फासफोरस,प्रोटिन आदि तत्व गाजरमा विद्यमान छ ।

विश्व स्वास्थ्य संगठन (W.H.O) को कथन अनुसार हरेक बच्चालाई एदि दैनिक एउटामात्र गाजर खुवाउन सके अन्धोपनको समस्या नआउने भनेको छ । रातीमा नदेख्ने रोग रतंधो यस्को सेवनले निको हुने बताएको छ । गाजरको नियमित सेवनले रगतको कमिलाई समेत पूर्ति गर्दछ । आज हामीले विभिन्न रोगमा गाजरको प्रयोगबारे प्रकाश पार्ने जमर्को गर्दैछौं ।

१. मुखबाट रगत बग्ने रोगमा दैनिक गाजरलाई भुटेर खाएमा निको हुन्छ ।

२. नेत्र ज्योति बढाउन गाजरको रस सेवन गर्नाले यो समस्या हल गर्छ ।

३. स्तनमा दूध बढाउन परेमा गाजरको हलुवा खान दिनाले दूध पलाउदछ ।

४. सेक्समा अरूचि भएमा बढाउने काम गाजरको खिर बनाएर खानाले यो समस्या हल गर्दछ ।

५. गाजरको हलवा बनाएर खाएमा धातु रोग निको हुन्छ ।

६. कोलेस्ट्रोल कन्ट्रोल गर्न १५० ग्राम जती रस निकालेर सेवनले उपरोक्त फाइदा हुनेछ ।

७. स्मरणशक्ति बढाउनु परेमा गाजरको हलुवा नित्य सेवन गराउनाले फाइदा गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

गाजर खानुका यस्ता छन् फाइदै फाइदाहरु

महिलाको स्वास्थ्य समस्यामा गाजरको भूमिका

स्याउ र यसको फाइदाहरु

कुमारवर्ती औषधालय

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!