स्वास्थ्यहेल्थ टिप्स

जाडोमा बदाम खानुका फाइदै फाइदाहरु

जाडो मौसममा पाइने खानेकुरामध्ये बदाम पनि एक हो । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै खाँदा फाइदा पुग्छ । बदामको नियमित प्रयोगले क्यान्सरबाट बचाउँनदेखि तौल नियन्त्रण डायबिटिजबाट जोगाउन लगायतका बदाम निकै फाइदाजनक हुन्छ । यसका केही फाइदा यस्ता छन् :

१. क्यान्सरबाट बचाउँछ

बदामको नियमित प्रयोगले क्यान्सरबाट बचाउँछ । बदाममा पाइने फाइटोस्टेरोल नाम गरेको तत्वले ट्युमरलाई नियन्त्रण गर्छ जसका कारण क्यान्सर हुनबाट जोगाउँछ ।

२. डायबिटिजबाट जोगाउँछ

बदामले मधुमेहबाट पनि जोगाउन सहयोग गर्छ । बदाममा पाइने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगरको तह कायम राख्न सघाउँछ।

३. मुटुसम्बन्धी रोगमा कमी

बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्व हुन्छन् । जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।

४. वजन नियन्त्रण

बदाम खाँदा पेट छिट्टो डुम्म हुने भएकाले अन्य क्यालोरियुक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा हुँदैन । धेरै खाने इच्छा नहुँदा मोटा मानिसको तौल घट्न सक्छ । मोटा मानिसले नियमित बदाम खाँदा तौल घटाउन प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएका छन् ।

५. डिप्रेसनबाट जोगाउँछ

बदाममा हुने ‘ट्राइपटोफन’ नामक तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ । स्ट्रेस र तनाबबाट मुक्ति हुनका लागि दैनिक एक मुठी बदाम खानुहोस् ।

६. छालामा चमक

बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिजर्भेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउँछ । बदाममा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई निकालेर छालालाई नरम बनाउँछ । बदाममा छालालाई चाउरी पर्नबाट जोगाउने तत्व हुन्छ । नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन ।

७. कोलेस्टेरोल नियन्त्रण

बदाममा हुने ‘फ्याटी एसिड’ले शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गर्न सहयोग गर्छ ।

८. कपाल सुन्दर बनाउँछ

बदाममा कपाललाई सुन्दर बनाउने पोषणयुक्त तत्वहरु हुन्छन् । तीमध्येको एउटा तत्व ‘लार्जिनाईन’ हो, जसले कपाल बृद्धि गर्न सहयोग गर्छ । लार्जिनाईनले कपाल झर्नबाट जोगाउँछ ।

९. गर्भवती र शिशुलाई फाइदा

बदाममा हुने फोलिक एसिडले न्युरल ट्युब डिफेक्टस भएको शिशुलाई फाइदा पुर्याउँछ । तसर्थ, गर्भाधारणको सुरुदेखि नै यस्ता समस्याबाट बच्न महिलाले बदाम खानुपर्छ ।

यो पनि पढ्नुहोस् 

जाडो मौसममा खाने खानेकुराहरु के के हुन् ?

जाडोमा घाममा बस्नुका फाइदाहरु के के हुन् ?

जाडो समयमा शरीर किन काम्छ ?

जाडोमा कुर्कुच्चाको स्याहार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!