धर्म-सस्कृति

पुजापाठ गर्दा एकदम ख्याल राख्नुपर्ने कुराहरु  

संसारमा सबैभन्दा बढी धार्मिक, भजन-चिन्तन गर्नेवाला, पूजा-पाठ गर्नेवाला हिन्दू नै हुन् । घरमा बिहान बेलुका पूजापाठ गर्दा धेरै कुरामा ध्यान दिनुपर्छ । यदि तपाई प्रत्येक दिन पुजापाठ गर्नुहुन्छ तर पनि तपाईको मन अशान्त रहेको हुन्छ भने यसको अर्थ यो हो की तपाईको पुजापाठमा कहिँ केही गलत भएको हुनुपर्छ । मनको शान्ति अनि जुन मनोकामनाले पुजा गरिएको छ, उसको प्राप्तिको लागी विधानपुर्वक पुजा गर्नु जरुरी हुन्छ । जान्नुहोस् पुजा गर्ने समयमा कुन कुराको ख्याल गर्ने र कुन नियमको कसरी पालना गर्नुपर्छ ।
१. शिव, गणेश अनी भैरवलाई तुलसी चढाउनु हुँदैन ।
२. सुर्यदेवलाई शंखको जलबाट अघ्र्य दिनु हुँदैन ।
३. दुवो (एक प्रकारको घाँस)लाई बिहिवार टिप्नु हुँदैन ।
४. बुधवार अनि बिहिवार पिपलको रुखमा जल चढाउनु हुँदैन ।
५. केतुकीको फुल शिवलिंगमा चढाउनु हुँदैन ।
६. कुनै पनि पुजामा मनोकामनाको सफलताको लागी दक्षिणा अवश्य चढाउनु पर्छ ।
७. बिहिवार, एकादशी द्धादशी, संक्रान्ति तथा साँझमा तुलसीको पात टिप्नु हुँदैन ।
८. घरको मन्दिरमा विहान अनी साँझ दिप अवश्य बाल्नुहोस् । एउटा दिप घिउको अनी एउटा तेलको बाल्नुपर्छ ।
९. माता लक्ष्मीको विशेष रुपले कमलको फुल अर्पित गरीन्छ । यस फुललाई पाँच दिनसम्म जल चढाएर पुन प्रयोग गर्न सकिन्छ ।
१०. तुलसीको पातहरुलाई ११ दिनसम्म बासी मानिँदैन । यसको पातहरुमा जल चढाएर पुन भगवानलाई अर्पित गर्न सकिन्छ ।
११. स्नान नगरी तुलसीको पातलाई टिप्नु हुँदैन । शास्त्र अनुसार यदि कुनै व्यक्ति ननुहाइ तुलसीको पात टिप्छ भने पुजा गर्दा यस्तो पात भगवानद्धारा स्वीकार हुँदैन ।
१२. प्लास्टिकको बोत्तल वा कुनै अपवित्र धातुको भाँडामा गंगाजल राख्नु हुँदैन । अपवित्र धातु जस्तै एल्मुनियम तथा फलामबाट बनेको भाँडाहरु । गंगाजल तामाको भाँडामा राख्नु सुभ मानिन्छ ।
१३. सुर्य, गणेश, दुर्गा, शिव तथा विष्णु यी पञ्चदेवता मानिन्छन् ।यिनको पुजा सबै कार्यमा अनिवार्य रुपमा हुनुपर्छ । प्रत्येक दिन पुजा गर्ने समयमा यि पञ्चदेवको ख्याल गर्नुपर्छ । यसले लक्ष्मी कृपा अनि समृद्धि प्राप्त हुन्छ ।

यो पनि पढ्नुहोस् 

धर्म संस्कृति किन आवश्यक छ ?

धर्म संस्कृति र यसको महत्व

धर्मको आस्था जगाउ र बलियो बनाउँ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!